14/06/2026
हरेक बालबालिकाको सपना रंगीन बनाउने हाम्रो प्रयास।
भक्तपुर जिल्ला, मध्यपुर थिमी नगरपालिका–१ मा सञ्चालित रेन्बो अस्थायी सिकाइ केन्द्र केवल पढाई हुने स्थान मात्र नभई, यो बालबालिकाको भविष्य उज्यालो बनाउने आशाको घर हो। यहाँ हामीले विद्यालयबाहिर रहेका बालबालिका, गृहकार्य सहयोग आवश्यक पर्ने बालबालिका तथा दिवा स्याहार केन्द्रका नानीबाबुहरूलाई माया, सुरक्षा, शिक्षा र अवसर प्रदान गर्दै आएका छौँ।
हामीसँग हाल १० प्रमुख उद्देश्यसहित सञ्चालन भइरहेको यस केन्द्रबाट सयौँ बालबालिकाले प्रत्यक्ष लाभ लिइरहेका छन्।
१) दैनिक पौष्टिक खाना
२) गृहकार्य सहयोग कक्षा
३) प्रारम्भिक बाल विकास सहयोग कक्षा
४) विद्यालय बाहिरका बालबालिकालाई शिक्षा
५) अभिभावक सहभागिता कार्यक्रम
६) स्वास्थ्य परीक्षण कार्यक्रम
७) मासिक जन्म उत्सव कार्यक्रम
८) सहर अवलोकन कार्यक्रम
९) सचेतना तथा क्षमता अभिवृद्धि
१०) श्री सरस्वती आधारभुत विद्यालयमा बालबालिकाहरुलाई सहयोग
यी कार्यक्रमहरूले उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याइरहेका छन्। एउटा बालबालिकाको अनुहारमा मुस्कान ल्याउनु भनेको एउटा उज्यालो भविष्य निर्माण गर्नु हो। हामी यही उद्देश्यका साथ निरन्तर अगाडि बढिरहेका छौँ। रेन्बो अस्थाई सिकाइ केन्द्र जहाँ हरेक बालबालिकाको सपना, क्षमता र भविष्यलाई सम्मान गरिन्छ।