Federation of Nepali Journalists

Federation of Nepali Journalists The headquarters of the Federaton of Nepali Journalists (FNJ) is located at Media Village, Tilganga, Kathmandu.

The Federation of Nepali Journalists is the umbrella organization of Nepali journalists, dedicated to protecting freedom of the press and expression, the professional and physical safety of journalists. Federation of Nepali Journalists (FNJ) is a full member of International Federation of Journalists (IFJ) and International Freedom of Expression Exchange (IFEX).

अनलाइन सञ्चारमाध्यम र पत्रकारको प्रेस पास नवीकरणमा  देखाएको उदासिनताप्रति महासंघको आपत्ति : यथाशीघ्र सुरु गर्न माग मिति ...
15/07/2026

अनलाइन सञ्चारमाध्यम र पत्रकारको प्रेस पास नवीकरणमा देखाएको उदासिनताप्रति महासंघको आपत्ति : यथाशीघ्र सुरु गर्न माग

मिति : २०८३।०३।३१
बागमती प्रदेश सरकारअन्तर्गतको सञ्चार रजिष्ट्रार कार्यालयले अनलाइन सञ्चारमाध्यम र पत्रकारको प्रेस पास नवीकरणमा देखाएको उदासिनताप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु हुनै लाग्दासमेत ३२७ अनलाइन र पत्रकारको प्रेस पास नवीकरण प्रक्रिया सुरु नभएको महासंघको बागमती प्रदेश समितिले जनाएको छ ।

प्रदेश कानुनबमोजिम दर्ता भएका अनलाइन र प्रेस पास नवीकरण नगर्नुले सञ्चारमाध्यम बन्द नहुने संवैधानिक प्रावधानमा आघात पुग्ने र प्रेस स्वतन्त्रतामा आँच आउने महासंघको ठहर छ ।

महासंघ सञ्चारमाध्यमको निर्वाध सञ्चालन र प्रेस पास नवीकरणमा प्रदेश सरकारले देखाएको उदासिनताप्रति आपत्ति प्रकट गर्दछ । र, नवीकरण कार्य यथाशीघ्र सुरु गर्न महासंघ जोडदार माग गर्दछ ।

रामप्रसाद दाहाल
महासचिव

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २०८२ चैत १८ गते गरेको निर्णय र परिपत्र खारेज गर्ने सर्वोच्च अदालतको फैसलालाई ...
14/07/2026

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २०८२ चैत १८ गते गरेको निर्णय र परिपत्र खारेज गर्ने सर्वोच्च अदालतको फैसलालाई महासंघकाे स्वागत

मिति : २०८३।०३।३०
निजी र सामुदायिक सञ्चारमाध्यमलाई आर्थिक नाकाबन्दी लगाउने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २०८२ चैत १८ गते गरेको निर्णय र परिपत्र खारेज गर्ने सर्वोच्च अदालतको फैसलाको नेपाल पत्रकार महासंघ स्वागत गर्दछ ।

न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले असार ३० गते मंगलबार तीन तहको सरकारी विज्ञापन र सार्वजनिक सूचना सरकारी सञ्चारमाध्यमलाईमात्र दिने विभेदकारी निर्णय उत्प्रेषणको आदेशद्वारा खारेज गरेबाट पत्रकारिता जगतले न्यायको अनुभूति गरेको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, संघीयता र उदार अर्थ नीतिविपरित हुने गरी भएको सरकारी निर्णय खारेजीको माग गर्दै महासंघ तीन महिनादेखि निरन्तर आन्दोलनमा थियो ।

यही असार २१ गते राजधानीमा भएको महासंघको राष्ट्रिय सम्मेलनले सरकारले एक साताभित्र निर्णय खारेज नगरे सिंहदरबारकेन्द्रित आन्दोलन गर्न र अन्तर्राष्ट्रिय मिडिया मिसन बोलााउन अग्रसर हुने निर्णय लिएको थियो ।

उक्त निर्णय खारेजीले महासंघको आन्दोलनले परिणाम प्राप्त भएको छ । आन्दोलनमा साथ र सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दछ ।

महासंघ अदालतको फैसला अक्षरस पालना गर्न नेपाल सरकारसँग माग गर्दछ ।

रामप्रसाद दाहाल
महासचिव

आज बिहानैदेखि काठमाडौंका केही सञ्चारगृहको गेट अगाडि पत्रकार र पत्रकारका सवारी साधन अवरोध गर्ने उद्देश्यले शंकास्पद रूपमा...
13/07/2026

आज बिहानैदेखि काठमाडौंका केही सञ्चारगृहको गेट अगाडि पत्रकार र पत्रकारका सवारी साधन अवरोध गर्ने उद्देश्यले शंकास्पद रूपमा गाडी राखिएको घटनाको नेपाल पत्रकार महासंघले स्थलगत अध्ययन गरेको छ।

महासंघका अध्यक्ष निर्मला शर्मा, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र सचिव रमेश खतिवडाको टोलीले आज बिहान ७ बजेदेखि नै तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरस्थित अनलाइन खबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको गेटमा शंकास्पद रूपमा छोडिएको गाडी दिउँसो २ बजेसम्म पनि राज्यले हटाउन पहल नगरेको तथा प्रहरी मुकदर्शक भएर बसेको अवस्थाले राज्यकै संलग्नतामा यो आतंक सिर्जना गरिएको आशंका उत्पन्न भएको छ ।

राज्यले मिडियामाथि नियन्त्रण कायम गर्ने र मुख थुन्ने प्रयास गरेको भन्दै महासंघ घोर भत्र्सना गर्दछ । यसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गरिएको यो भौतिक हमलाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दछ।

महासंघ तत्काल गाडीको अवरोध हटाई सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न सम्बद्ध निकायसँग जोडदार माग गर्दछ।

महासंघ सञ्चारमाध्यम र पत्रकारले आफ्नो अधिकारको प्रयोग गर्न पाउने वातावरणमा अवरोध पु¥याउने यस निन्दनीय र रहस्यमय घटनाको तत्काल छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ।

मिति : २०८३/०३/२९

पत्रकार शिवाकोटीको  निधनले  महासंघ स्तब्धमिति : २०८३।०३।२९पत्रकार प्रिमेश शिवाकोटीको ३६ वर्षको अल्पायुमै भएको असामयिक नि...
13/07/2026

पत्रकार शिवाकोटीको निधनले महासंघ स्तब्ध

मिति : २०८३।०३।२९
पत्रकार प्रिमेश शिवाकोटीको ३६ वर्षको अल्पायुमै भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका–७ स्थित निवासमा असार २९ गते सोमबार बिहान शिवाकोटीको निधन भएको महासंघको रौतहट शाखाले जनाएको छ ।

लामो समयदेखि पत्रकारितामा सक्रिय शिवाकोटी अन्नपूर्ण पोष्ट दैनिकको रौतहट संवाददाताका रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको छ ।

महासंघ स्वर्गीय शिवाकोटीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ ।

साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।

रामप्रसाद दाहाल
महासचिव

विभिन्न सञ्चारमाध्यमको कार्यालयको गेटमै शंकाश्पद रुपमा गाडी पार्किङ गरिएकाेमा महासंघको विराेध :  छानबिनकाे मागमिति : २०८...
13/07/2026

विभिन्न सञ्चारमाध्यमको कार्यालयको गेटमै शंकाश्पद रुपमा गाडी पार्किङ गरिएकाेमा महासंघको विराेध : छानबिनकाे माग

मिति : २०८३।०३।२९
विभिन्न सञ्चारमाध्यमको कार्यालयको गेटमै शंकाश्पद रुपमा गाडी पार्किङ गरी त्यहाँ कार्यरत पत्रकारलाई सञ्चारकर्ममा जान अवरोध र आतंक सिर्जना गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

आज बिहान ७ बजेदेखि नै तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरको अनलाइन खबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको गेटमा शंकास्पद गाडी पार्किङ गरी पत्रकारलाई आवत–जावत गर्न समस्या सिर्जना गरिएको पाइएको छ ।

महासंघ तत्काल गाडीको अवरोध हटाई संचारकर्मी र संचारगृहको सुरक्षा गर्न सम्बद्ध निकायसंग जोडदार माग गर्दछ ।

महासंघ सञ्चारमाध्यम र पत्रकारको अधिकार उपभोगमा अवरोध पुर्‍याउने यो निन्दनीय र रहस्यमय घटनाको तत्काल छानबिन गर्न र दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

अवरोध हटाउन महासंघले सुरक्षा निकायसंग समन्वय गरिरहेको जानकारी पनि गराइन्छ ।

रामप्रसाद दाहाल
महासचिव

लामो समयदेखि कार्यरत श्रमजीवी पत्रकारहरूलाई निष्कासन गर्ने नियतका साथ  सरकारका पछिल्ला गतिविधिप्रति  महासंघको गम्भीर ध्य...
10/07/2026

लामो समयदेखि कार्यरत श्रमजीवी पत्रकारहरूलाई निष्कासन गर्ने नियतका साथ सरकारका पछिल्ला गतिविधिप्रति महासंघको गम्भीर ध्यानाकर्षण

मिति : २०८३।०३।२६
सरकारी सञ्चारमाध्यमहरूमा लामो समयदेखि कार्यरत श्रमजीवी पत्रकारहरूलाई निष्कासन गर्ने नियतका साथ भइरहेका सरकारका पछिल्ला गतिविधिप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

गोरखापत्र संस्थानमा २०औं वर्षदेखि करार सेवामा कार्यरत पत्रकारहरूको म्याद यही असार मसान्तमा सकिँदैछ । ’गोरखापत्र संस्थान सेवा शर्त विनियमावली २०८२’ अनुसार करार नियुक्ति गर्दा कार्यविधि बनाएरमात्र गर्नुपर्ने स्पष्ट व्यवस्था छ । तर, संस्थान प्रशासनले उक्त व्यवस्थाको बर्खिलाप गर्दै वर्षौँदेखि कार्यरत पत्रकारहरूको करार नवीकरण गर्नुको सट्टा कानुन मिचेर ५ दिनको मात्र म्याद राखी ठूलो संख्यामा करारमा नयाँ भर्ना गर्नका लागि आहृवान गरेको छ । श्रमको सम्मान र विनियमावलीको व्यवस्थाविपरीत गरिएको यो कार्य पूर्णतःगलत र निन्दनीय छ । तसर्थ २०८३ असार २६ गते प्रकाशित नयाँ भर्नाको सूचना स्थगित गरी, हाल करारमा कार्यरत पत्रकारहरूको पेशागत सुरक्षा सुनिश्चितता गर्न आग्रह गर्दछौं ।

यस्तै प्रकृतिको श्रमशोषण राष्ट्रिय समाचार समिति (रासस) मा पनि लामो समयदेखि जारी छ । जहाँ कार्यरत विशेष सम्वाददातासहित श्रमजीवी पत्रकारहरूको म्याद थप नगर्ने नियतका साथ नयाँ विज्ञापन खुलाइएको छ । रेडियो नेपाल र नेपाल टेलिभिजनमा समेत ठूलो संख्यामा कार्यरत नवीकरणको प्रक्रिया प्रारम्भ गरिएको छैन । यसले सरकारी सञ्चारमाध्यमहरूमा कार्यरत ५ सय बढी श्रमजीवी पत्रकार र कर्मचारीहरूमाझ अन्यौल र असुरक्षा बढाएको छ ।

श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गराउन र श्रमको सम्मान गर्न नेतृत्वदायी भूमिका खेल्नुपर्ने सरकार र मातहतका सरकारी सञ्चारमाध्यमहरू नै पत्रकार विस्थापनको खेलमा लाग्नु, ऐनको ठाडो उल्लंघन गर्नु र वर्षौँदेखि सञ्चारगृहलाई रगत–पसिना दिएका पत्रकारहरूलाई सेवा–सुविधाबाट बञ्चित गर्नु अत्यन्तै दुःखद, अमानवीय गैरकानुनी र गैरजिम्मेवार कदम हो ।

अतः महासंघ तत्काल नयाँ खोलिएका सम्पूर्ण विज्ञापनहरू रद्द गरी वर्षौँदेखि कार्यरत श्रमजीवी साथीहरूको न्यायोचित व्यवस्थापन र करार नवीकरण गर्न जोडदार माग गर्दछ ।

राज्य पक्ष आफ्‌नो यो हठ र गलत निर्णयबाट पछि नहटेमा महासंघ श्रमजीवी पत्रकारहरूको पेसागत सुरक्षाका लागि चरणवद्ध कडा संघर्षका कार्यक्रमसहित आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिन चाहन्छ ।
……………….
रमेश खतिवडा
सचिव

फोटो पत्रकार ओझाको  निधनले महासंघ स्तब्ध मिति : २०८३।०३।२४फोटो पत्रकार भास्वर ओझाको ४६ वर्षको उमेरमा भएको असामयिक निधनको...
08/07/2026

फोटो पत्रकार ओझाको निधनले महासंघ स्तब्ध

मिति : २०८३।०३।२४
फोटो पत्रकार भास्वर ओझाको ४६ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ ।

जन्डिसको संक्रमण बढेपछि उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका ओझाको उपचारकै क्ममा २०८३ असार २२ गते सोमबार निधन भएको महासंघको एसोसिएट संस्था फोटो पत्रकार क्लवले जनाएको हो । स्वर्गीय ओझाका श्रीमती र एक छोरी हुनुहन्छ ।

दुई दशकभन्दा बढी फोटो पत्रकारितामा सक्रिय रहेका ओझाले नागरिक, रिपब्लिका र कान्तिपुर दैनिकलगायतमा काम गर्नुभएको थियो । पछिल्लो समय स्वतन्त्र फोटो पत्रकारका रुपमा सक्रिय रहेका ओझाको निधनले नेपाली फोटो पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु पत्रकार गुमाएको छ ।

महासंघ स्वर्गीय ओझाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।

रामप्रसाद दाहाल
महासचिव

मिति : २०८३।०३।२२नेपाल पत्रकार महासंघकोप्रदेश पदाधिकारी तथा शाखा, प्रतिष्ठान र एसोसिएट अध्यक्षहरूकोराष्ट्र्रिय सम्मेलनबा...
06/07/2026

मिति : २०८३।०३।२२

नेपाल पत्रकार महासंघको
प्रदेश पदाधिकारी तथा शाखा, प्रतिष्ठान र एसोसिएट अध्यक्षहरूको
राष्ट्र्रिय सम्मेलनबाट जारी ॅललितपुर घोषणापत्र–२०८३’
२१ असार २०८३

१.नागरिक सर्वोच्चता, विधिको शासन, मानवअधिकार, लोकतन्त्र, संघीयता, पूर्ण प्रेस स्वतन्त्रता र विचार तथा अभिव्यक्तिको स्वतन्त्रताप्रति महासंघ प्रतिवद्ध रही आएको पुनःस्मरण गराउँदै यसमा आँच आउन नदिन सरकारलाई ध्यानाकर्षण गराउँछौं ।

२. पछिल्लो समय सूचना संकुचन, सेल्फ सेन्सरसीप, सरकारी सूचना तथा विज्ञापनमा विभेद, पत्रकारको भौतिक असुरक्षा, विद्युतीय कारोवार ऐनअन्तर्गत पत्रकारलाई धरपकड गर्ने, धम्की दिनेजस्ता कार्यहरू विरुद्ध जारी महासंघको आन्दोलन थप सशक्त बनाउने घोषणा सम्मेलन गर्दछ । सरकारी सूचनामा विभेद गर्ने सरकारी निर्णय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, निजी क्षेत्र र संघीयताको मर्मअनुकूल नरहेको ठहर गर्दै यो सम्मेलन यस प्रकारको विभेदकारी निर्णय फिर्ता लिन जोड गर्दछ । यस सन्दर्भमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सम्मेलनको उद्घाटन सत्रमा महासंघसहित सरोकारवाला पक्षसँग छलफलका लागि आतुर रहेको भनी दिएको अभिव्यक्तिलाई सकारात्मक रुपमा लिँदै ७ दिनभित्र महासंघका मागको यथोचित सम्बोधन गर्न सरकारलाई आग्रह गर्दै माग सुनुवाई नभए सिंहदरबार केन्द्रित आन्दोलनका साथै अन्तर्राष्ट्रिय मिडिया मिसनका विषयमा अग्रसर हुने घोषणा यो सम्मेलन गर्दछ ।

३. लोकतन्त्रको मूल आत्मा राज्यमा शक्ति पृथकीकरणको सिद्धान्तअनुरुप व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका स्वतन्त्र र स्वायत्त ढंगले सञ्चालन हुनुपर्नेमा कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकालाई आफ्‌नो छाँया बनाएको ठहर गर्दै यो सम्मेलन संवैधानिक प्रवन्धबमोजिम नै राज्य शक्ति पृथकीकरणको सिद्धान्तअनुरुप चल्ने वातावरण बनाउन जोडदार माग गर्दछ ।

४. आर्थिक संकटको बहानामा सञ्चारगृहहरूले श्रमजीवी पत्रकारलाई नियमित पारिश्रमिक नदिएको, सञ्चारगृहहरूले करकापमा राजीनामा दिन बाध्य पारेको, अपमानजनक व्यवहार गरेको र निलम्बनसम्म गर्ने श्रम अधिकारविरोधी गतिविधि भइरहेकोप्रति यो सम्मेलन गम्भीर आपत्ति जनाउँदै श्रमजीवी पत्रकारहरूलाई नियमित पारिश्रमिक उपलब्ध गराउन र बाँकी वक्यौता तत्काल भुक्तानी गर्न सबै सञ्चारगृहहरूसँग माग गर्दछ ।

५. श्रमजीवी पत्रकार ऐन संशोधन गरी सबै सञ्चारगृहहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने बाध्यकारी कानुनी प्रवन्ध मिलाउन तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसबमोजिम श्रमजीवी पत्रकारहरूको पारिश्रमिक तत्काल वृद्धि गर्न यो सम्मेलन सरकारसँग माग गर्दछ । सरकारी सञ्चारमाध्यममा करार, सेवाकालीन करार, ज्यालादारी र स्ट्रिन्जरको रुपमा कार्यरत पत्रकारहरूलाई लामो समयसम्मको योगदानको सम्मान गर्दै सामाजिक सुरक्षा कोषमा आवद्ध गराइ पेशागत सुरक्षाको उचित प्रवन्ध गर्नसमेत यो सम्मेलन माग गर्दछ । यस्तै न्यून तलब, अस्थिर रोजगारी, श्रमजीवी पत्रकारको अधिकार प्राप्तिमा समस्या, सामाजिक सुरक्षाको अभाव, महिला पत्रकारमाथिको अनलाइन हिंसा, स्थानीय पत्रकारको पेशागत असुरक्षा गम्भीर समस्याका रुपमा देखा परेको ठहर गर्दै यो सम्मेलन श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको माग गर्दछ ।

६. सरकारबाट संविधान संशोधन कार्यदल गठन भई प्रक्रिया अगाडि बढिरहेकोतर्फ सम्मेलनको गम्भीर ध्यानाकर्षण भएको छ । संविधानसभाले निर्माण गरेको संविधान जननिर्वाचित सभाबाटै सबैको प्रतिनिधित्व हुनेगरी उच्चस्तरीय कार्यदलमार्फत अघि बढाउनु पर्ने मान्यता यो सम्मेलन राख्दछ ।

७. विद्यमान सञ्चारसम्बन्धी कानुनहरू समय सापेक्ष, प्रेसमैत्री र संघीयताको मर्मअनुरुप बनाउन र संविधानले प्रदत्त गरेका अधिकारलाई पूर्ण कार्यान्वयन गर्न नयाँ नीति निर्माण कार्यलाई तदारुकताका साथ अघि बढाउन माग गर्दै यस प्रक्रियामा महासंघलगायत सरोकारवाला पक्षहरूसँग गहन छलफल गरी सहमति निर्माण गर्न यो सम्मेलन जोड गर्दछ ।

८. पत्रकार र सञ्चारमाध्यमहरूलाई जवाफदेही पत्रकारिता गर्न ध्यानाकर्षण गराउँदै पत्रकार आचारसंहिताको समयानुकूल परिमार्जन तथा यसको पालनातर्फ प्रेरित गर्न अभियान नै सञ्चालन गर्न माग गर्दछौं । पछिल्लो समय पत्रकार आचारसंहिता उल्लंघन बढ्दो क्रममा रहेकोमा चिन्ता व्यक्त गर्दै यो सम्मेलन आचारसंहिता पालनामा अझ सशक्त भूमिका खेल्न महासंघ अग्रसर हुने र गम्भीर प्रकृतिका आचारसंहिता उल्लंघनका घटनामा निर्मम हुने घोषणा गर्दछ ।

९. अनलाइन दर्ता र नवीकरणमा भएको झन्झटिलो व्यवस्था अन्त्य गर्दै सहज बनाउन, नवीकरणमा लाग्ने शुल्क छुट गर्न, प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयमा दर्ता भएका अनलाइनको अविलम्ब नवीकरणको व्यवस्था मिलाउन यो सम्मेलन माग गर्दछ ।

रामप्रसाद दाहाल
महासचिव

नेपाल पत्रकार महासंघकाे राष्ट्रिय सम्मेलनकाे बन्दसत्रमा महासंघ प्रदेश समितिका अध्यक्ष तथा पदाधिकारीहरूकाे रिपोर्टिङ लगाय...
05/07/2026

नेपाल पत्रकार महासंघकाे राष्ट्रिय सम्मेलनकाे बन्दसत्रमा महासंघ प्रदेश समितिका अध्यक्ष तथा पदाधिकारीहरूकाे रिपोर्टिङ लगायतका तस्विर ।

नेपाल पत्रकार महासंघकाे राष्ट्रिय सम्मेलनमा सञ्चार कानुनका बारेमा प्रस्तुतीकरण लगायतका तस्विरहरू ।
05/07/2026

नेपाल पत्रकार महासंघकाे राष्ट्रिय सम्मेलनमा सञ्चार कानुनका बारेमा प्रस्तुतीकरण लगायतका तस्विरहरू ।

Address

Media Village, Tilganga
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97714112763

Alerts

Be the first to know and let us send you an email when Federation of Nepali Journalists posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Federation of Nepali Journalists:

Shortcuts

Share