11/05/2026
मनराम पुस्तकालय, चन्द्रगढी विमानस्थलका लागि पुस्तक हस्तान्तरण
==================================
लायन्स मनराम प्रतिष्ठान २००५ नेपाल र नेपाल नागरिक उड्डयन प्राधिकरण, चन्द्रगढी विमानस्थल कार्यालयको सहकार्यमा विमानस्थलको यात्रु प्रस्थान कक्षमा स्थापना गरिएको “मनराम पुस्तकालय” का लागि थप पुस्तकहरू हस्तान्तरण गरिएको छ।
प्रतिष्ठानका संस्थापक उपाध्यक्ष तथा मनराम हिमालयन ह्याण्डीक्राफ्ट प्रालि का प्रमुख विकास अधिकृत श्री राजेन्द्र कुमार श्रेष्ठले २०८३ साल बैशाख ८ गते आयोजित एक संक्षिप्त कार्यक्रममा पुस्तकहरू हस्तान्तरण गर्नुभएको हो।
उक्त कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरण चन्द्रगढी कार्यालयका प्रमुख किशोर कुमार खत्री तथा विमानस्थल सुरक्षामा कार्यरत प्रहरी नायव निरीक्षक खड्ग बहादुर गिरीज्यूको उपस्थिति रहेको थियो।
हाल “मनराम पुस्तकालय” मा साहित्य, इतिहास, संस्कृति, बालसाहित्य तथा व्यक्तित्व विकासलगायत विभिन्न विधाका करिब एक सय पुस्तकहरू अध्ययनका लागि उपलब्ध रहेका छन्। यात्रु तथा पाठकहरूले विमानस्थल प्रस्थान कक्षमा रहँदा उक्त पुस्तकहरु अध्ययन गर्न सक्ने व्यवस्था मिलाइएको छ।