03/07/2024
मेरो अन्तिम चाहना भनेको आफूसँग नेपाली खेलकुदसँग सम्बन्धित प्रमाण र तस्वीरहरु सरकारलाई बुझाउन चाहन्छु । जो मसँग छन् । ति प्रमाणहरु नेपालको राष्ट्रिय खेलकुद परिषद, सूचना विभाग र खेलकुद मन्त्रालयसँग पनि छैन ।
मैले जोगाएर राखिदिएका ऐतिहासिक फोटोहरु राज्यले भावी पुस्ताका लागि जोगाइदिओस् । खेलकुद क्षेत्रको इतिहास मैंले फोटोको रुपमा सुरक्षित राखेको छु । म सँग जति सामग्री र फोटोहरु छन् ति नेपालका कोही व्यक्ति र संस्थासँग छैनन्, यो मेरो दावी हो । तर यसका लागि सरकार र मातहतका निकायहरुले सम्झौता गरुन, मेरो योगदान र श्रमको सम्मान गरुन् ।
वि.स. २०३८ सालमा भएको पहिलो राष्ट्रिय खेलकुदको फोटो र भिडियो पनि मसँग सुरक्षित छ । नेपाली खेलकुद इतिहासको धरोहर मसँग छ । यसलाई अब कसरी संरक्षण गर्ने त ? मेरो त उमेर गइसक्यो । मेरो छोरा पनि छैन, मेरो कतिबेला के हुन्छ थाहा त्यो पनि छैन ।त्यसैले सरकारले म सँग भएको अर्काइभको जिम्मा लिएर राखिदियो भने म ढुक्क हुन्थें । तर, सरकारलाइ यस्तो कुरामा वास्ता नै छैन ।
बैकुण्ठ मानन्धरलगायतका अन्तर्वार्ता तत्कालिन समयका महत्वपूर्ण खेलाडीहरुले बोलेका कुरा रेकर्ड गरेर राखेको छु । राखेपलाई मैले यसका लागि प्रस्ताव गरेको छु । सकरात्मक हुनुहुन्छ । अब के गर्नुहुन्छ हेरौं ।
८३ वर्षका नेपालका पहिलो खेलकुद एवं टेलिभिजन फोटो पत्रकार श्याम चित्रकार । Age is just a number 🔥🫡🇳🇵
Image Credits: All Rights Reserved to Kathmandu Post
Content Credits: ARR to Pradesh Khabar