06/10/2023
आउँदै गरेको चाडपर्बहरु बडा दशै, दीपावली, नेपाल सम्बत्, तथा छठ पर्वमा यस् क्षेत्रमा किनमेल गर्ने ग्राहकको भिडभाड ब्यवस्थापन ,पार्किङ् तथा ट्राफिक ब्यवस्थापन लगायत कार्यको लागि खिचापोखरी युथ क्लबको बिशेष पहलमा खिचापोखरी न्युरोड ब्यापार संघ र वडा कार्यालय २२ मार्फत निम्न बमोजिमको कार्य भएको यहाँहरू समक्ष जानकारी गराउन चाहन्छौ|
१.खिचापोखरी न्युरोड क्षेत्रमा ६ जना दिवा सुरक्षा गार्ड परिचालन गरिएको छ |आस्विन १९ गते बाट duty सुरु गरिसकेका छन |
२.निर्मणाधिन धरहरा पार्किङ्लाई असोज २१ गते बाट नि:शुल्क प्रयोग गर्न पाइने भएको छ |यसले गर्दा अहिलेको मन्दिमा यस क्षेत्रको ब्यापार ब्यवसायमा सकारात्मक प्रभाब पर्ने अपेक्षा गरिएको छ | ब्यावसायी ज्युहरु लगायत आफ्नो कर्मचारी तथा छरछिमेक साथी भाईहरुको निजी सबारी साधन धरहरामा पार्किङ् गर्नु हुन अनुरोध गर्दछौ, ता कि पार्किङ्को ब्यापक रुपमा प्रयोग गरेर यस् क्षेत्रमा ट्राफिक तथा पार्किङ् ब्यावस्थापन सहज रुपले गर्न सकियोस |
३.शान्ती सुरक्षा तथा चोरि चकारी नियन्त्रण गर्न जनसेवा तथा ट्राफिक प्रहरी सँग समन्वय गरिएको छ |
४.CC camera नभएको क्षेत्रमा जडान कार्य सुरु गरिएको छ |
५.सडक बत्ती थप्ने कार्य सुरु भएको छ |
६.का म न पा द्वारा सन्चालित पार्किङ्को अब्यवस्थित लाई ब्यवस्थित रुपमा सन्चालन गर्न पहल गरिएको छ |