17/07/2026
यस सिप्रदीयन सहायता संस्था मार्फत रास्ट्रिय खेलकुद परिसद अन्तर्गतको नेपाल योग खेलकुदको कार्यालयलाई योग खेलाडीहरुको योग अभ्यासको सहजताको निम्ति ४० थान योगा म्याट हस्तान्तरण गरियो। कार्यक्रममा सिप्रदीयन सहायता संस्थाको तर्फबाट तुलसी जंग बस्नेत, रजत श्रेष्ठ, बिमल गौतम र योग खेलकुदको तर्फबाट नेपाल योग खेलकुद संघका प्राविधिक प्रमुख तथा उपाध्यक्ष डा. संग्राम पुरी,बागमती प्रदेश योग खेलकुद संघका अध्यक्ष केदारनाथ बास्ताकोटी र भक्तपुर जिल्ला योग खेलकुद संघका अध्यक्ष राजकुमार ओडारीको उपस्थिति रहेको थियो। यसै सन्धर्भमा कुलेश्वोर योग केन्द्रलाइ पनि योग केन्द्रकी संयोजक श्री बिद्या लक्ष्मी श्रेष्ठको रोहोबरमा ४० थान योगा म्याट हस्तान्तरण गरियो।