02/10/2026
सिन्धुपाल्चोक–२ का लागि क्षेत्रीय सभापति पदमा संस्कारयुक्त पारिवारिक राजनीतिक इतिहास बोकेका तथा राजनीतिक सुझबुझ भएका जुझारु जेनजी युवा प्रिय करुणा सागर सिग्देल भाइको उम्मेदवारीले उत्साह थपिएको छ।
तपाईंको जित–हार, परिवर्तनको पक्षमा उभिएका क्षेत्रीय प्रतिनिधिहरूको विवेक र मतमा निर्भर रहनेछ। तर, विशेष महाधिवेशनको भावनाअनुसार सिन्धुपाल्चोक–२ ले उम्मेदवार पाएनन् भनेर त्यहाँका आम कार्यकर्ताले गुनासो गर्नुपर्ने अवस्था भने अब रहने छैन।
आशा गरौँ, तपाईंको यो अठोट र साहसलाई त्यहाँका क्षेत्रीय प्रतिनिधिहरूले नजरअन्दाज गर्ने छैनन्। बरु, तपाईं मार्फत बदलिन चाहेको कांग्रेसको मर्मलाई मलजल गर्दै देशकै सबैभन्दा पुरानो लोकतान्त्रिक दललाई ऊर्जावान् राख्न विवेकपूर्ण मत प्रदान गर्नेछन् र आफ्नै भविष्यप्रतिको विश्वास कायम राख्नेछन्। देशको परिवर्तित आवाजले विशेष महाधिवेशनमार्फत नेपाली कांग्रेसलाई पनि परिवर्तन हुन बाध्य बनाएको तथ्यलाई सिन्धुपाल्चोक–२ क्षेत्रीय प्रतिनिधिज्युहरुले मत खसाल्नु अघि स्मरण गर्नेछन्।
क्षेत्रीय प्रतिनिधिहरू कुनै समूह वा स्वार्थको गोठी होइनन्। यदि त्यस्तो अवस्था छ भने पनि त्यो विस्तारै हट्दै जानेछ वा हट्नैपर्छ। तसर्थ, गर्विलो छातीका साथ स्पष्ट अडान राख्दै अग्रजहरूको सम्मान गर्दै ढुक्कसँग अघि बढ्नुहोस्।
जे जति कारणले अधिवेशन रोकियो वा स्थगन भयो, त्यस्तो प्रवृति विरुद्ध लड्दै पुन मतदान हुन गहिरहेको भोलिको अधिवेशनमा तपाईंको उम्मेदवारीलाई थप साथ र विश्वास मिलोस् भनि मुरीमुरी शुभकामना दिंदै वीवेकशील र परिवर्तनको पक्षमा उभिएका क्षेत्रीय प्रतिनिधिहरूमा हार्दिक आवहान गर्दछु।