Bikash Jung Shahi

Bikash Jung Shahi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bikash Jung Shahi, Youth Organization, Kathmandu.

लुसिफर भनेको के हो ?------------------🔏पश्चिमी सभ्यतामा लुसिफर भनेको सैतान (दानव) हुन् । लुसिफर ल्याटिन भाषाको शब्द हो ।...
01/01/2026

लुसिफर भनेको के हो ?
------------------
🔏पश्चिमी सभ्यतामा लुसिफर भनेको सैतान (दानव) हुन् । लुसिफर ल्याटिन भाषाको शब्द हो । ल्याटिन भाषामा लुसिफरको अर्थ ‘उज्यालो ल्याउने’ वा ‘बिहानीको तारा’ भन्ने हुन्छ । यो नाम रोमन संस्कृतिमा शुक्र ग्रह को लागि प्रयोग गरिन्थ्यो । जुन बिहान सुर्य उदाउनु अघि सबैभन्दा चम्किलो देखिन्छ ।�क्रिश्चियन धर्मग्रन्थमा लुसिफरलाई परमेश्वरको विरूद्ध विद्रोह गर्ने, स्वर्गबाट निष्कासित भएको एक पतित स्वर्गदूत र दानव भनेर चित्रण गरिएको छ । यसलाई प्रायः शैतानसँग जोडिएर हेरिन्छ । बाइबलको पुरानो नियमको यशैया १४ः२२ मा बेबिलोनका राजाको पतनलाई बिहानको ताराको पतनसँग तुलना गरिएको छ । त्यसलाई नै ल्याटिन भाषामा लुसिफर भनिएको थियो । यसै सन्दर्भबाट लुसिफर घमण्ड, विद्रोह र अन्धकारको प्रतिकको रूपमा स्थापित भयो ।

लुसिफर शब्दले मुलतः उज्यालो र तारालाई जनाए पनि इसाई धर्ममा यसको अर्थ गर्वको कारण पतन भएको परमेश्वरको शत्रु भन्ने बुझिन्छ । कुनै समय लुसिफर सुन्दर, शक्तिशाली स्वर्गदूत थिए । स्वर्गमा पनि उनको स्थान उच्च थियो । सौन्दर्य, शक्ति र बुद्धिमा उनी श्रेष्ठ थिए । तर आफ्ना यिनै कुरामा घमण्ड गरेर लुसिफरले आफूलाई ईश्वरको बराबरीमा राख्न खोजे । उनको यही चाहना स्वर्गमा विद्रोहको कारण बन्यो ।

लुसिफरको विद्रोहले स्वर्गमा द्वन्द्व निम्त्यायो । परम्परागत कथनअनुसार उनले स्वर्गका अन्य देवदूतलाई पनि आफ्नो साथमा ल्याएर र ठुलो विद्रोहको नेतृत्व गरे । ईश्वरले यो विद्रोहलाई पाप माने र लुसिफरलाई स्वर्गबाट खसालिदिए । उनी ‘फलन एन्जल’ अर्थात् पतित स्वर्गदूत बने । स्वर्गबाट खसालिएपछि लुसिफर नर्कमा पुगे । यहाँ उनले सैतानको रूप लिए । सैतानको स्वरूपमा लुसिफरले मान्छेलाई पथभ्रष्ट गर्ने, पाप कार्यतिर आकर्षित गर्ने, एडम र इभलाई वर्जित फल खान प्रेरित गर्ने सर्पलाई पनि लुसिफरको एक रूप मानिन्छ ।

लुसिफरको कथा केवल धार्मिक दृष्टिकोणबाट मात्र होइन, सांस्कृतिक र मनोवैज्ञानिक दृष्टिकोणबाट पनि महत्त्वपूर्ण छ । धेरै संस्कृतिमा यो कथालाई अहंकार र पतनको प्रतीक मानिन्छ । लुसिफरको विद्रोहलाई आत्मचिन्तनको प्रारम्भिक बिन्दु मानिन्छ । जहाँ एक प्राणीले आफ्नो अस्तित्वको सीमालाई पार गर्न खोज्छ र परिणमस्वरूप पतन हुन्छ ।
लुसिरफरको कथाले शक्ति, सौन्दर्य, र बुद्धिलाई नियन्त्रणमा राख्न सकिएन भने यो आफ्नै लागि कसरी खतरा बन्न सक्छ भन्ने पाठ पनि पढाउँछ ।
विश्व राजनीतिमा लुसिफरको प्रयोग किन हुन्छ ?
विश्व राजनीतिमा ’लुसिफर’ वा यसका पर्यायवाची शब्दहरू शैतान वा असुरको प्रत्यक्ष प्रयोग खासगरी प्रतीकात्मक र लाक्षणिक रूपमा हुने गर्दछ । यसका पछाडि मुख्यतया निम्न कारणहरू छन् :
१. विरोधीलाई ‘दानवीकरण’ (Demonization) गर्ने :
राजनीतिक विरोधीहरू, फरक विचारधारा वा शत्रु राष्ट्रहरूलाई पूर्ण रूपमा खराब र नैतिक रूपमा भ्रष्ट देखाउनका लागि यो शब्द प्रयोग गरिन्छ । ‎कसैलाई ‘लुसिफर’ वा ‘शैतान’ भन्नुको अर्थ उनीहरू मानव होइनन्, तर शुद्ध खलनायक (Evil) हुन् भनी आरोप लगाउनु हो । यसले आम जनतामा डर, घृणा र आक्रोश पैदा गर्छ र आफ्ना समर्थकहरूलाई एकजुट बनाउन मद्दत गर्छ ।
२. घमण्ड र निरङ्कुशताको आलोचना :
लुसिफरको पतनको कथा घमण्ड (Pride) को परिणाम थियो । राजनीतिमा, जब कुनै नेता वा शासन प्रणाली अत्याधिक आत्म–केन्द्रित, निरंकुश वा दमनकारी हुन्छ, तब यसलाई ‘लुसिफरियन’ शक्तिसँग तुलना गरेर उनीहरूको घमण्ड र अहंकारको पतन निश्चित छ भन्ने सन्देश दिइन्छ ।
३. षड्यन्त्र सिद्धान्त (Conspiracy Theories) :
कतिपय षड्यन्त्र सिद्धान्तहरू मा विश्वका शक्तिशाली र गोप्य संस्थाहरू वा कुलीन वर्गहरूले गोप्य रूपमा ‘लुसिफरियन’ दर्शन पछ्याउने वा शैतानी शक्तिसँग साँठगाँठ गर्ने दाबी गरिन्छ । यसको उद्देश्य ती शक्तिशाली समूहहरूलाई अमानवीय र खतरनाक देखाउनु हो, जसले उनीहरूको विरुद्ध जनमत सिर्जना गर्न सहयोग गर्छ ।
४. नैतिक युद्धको चित्रण :
‘लुसिफर’ को प्रयोग गरेर कुनै पनि राजनीतिक सङ्घर्षलाई असल (Good) र खराब (Evil) बीचको नैतिक वा धार्मिक युद्ध को रूपमा प्रस्तुत गरिन्छ । यसले आफ्ना कार्यहरूलाई सही, पवित्र र आवश्यक ठहराउन मद्दत गर्छ, र युद्ध, हस्तक्षेप वा कठोर नीतिहरूको औचित्य सिद्ध गर्छ ।�‎�‎संक्षेपमा, विश्व राजनीतिमा ‘लुसिफर’ को प्रयोग प्रायः भावात्मक भाषा (Emotional Language) र प्रतीकात्मकताको एक शक्तिशाली हतियारको रूपमा गरिन्छ । जसले आफ्ना विरोधीहरूलाई अन्धकारको शक्तिको प्रतिनिधि ठहयाउँदै जनतालाई भावनात्मक रूपमा आकर्षित गर्छ ।
प्रमुख स्रोत:-
(फरकपत्र संवाददाता कार्तिक ८ काठमण्डौं )
धन्यवाद

30/12/2025

Address

Kathmandu

Telephone

+9779851070456

Website

Alerts

Be the first to know and let us send you an email when Bikash Jung Shahi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share