21/10/2024
"राजा अरू कुनै महिलाभन्दा एस्तरतर्फ बढी आकर्षित भए, र उनले राजा र उनको कृपा जितिन्। ... त्यसपछि उनले उनको टाउकोमा शाही मुकुट राखे र उनलाई रानी बनाइदिए।" एस्तर २:१७ (NIV)
प्रिय पास्टर, परमेश्वरले आफ्नो उद्देश्य पूरा गर्नका लागि तपाईका बलियापन मात्र होइन, तपाईका सीमा अर्थात कम्जोरीहरू पनि प्रयोग गर्नुहुनेछ।
एस्तरलाई मात्र हेरौँ, उनीसँग थुप्रै "सीमा अर्थात कम्जोरीहरू" थिए, जसले उनलाई परमेश्वरले चाहनुभएको भूमिका पूरा गर्नको लागि उत्तम बनायो:
उनी अनाथ थिइन्, त्यसैले मोर्दकैले पालनपोषण गर्नुभयो। उनी फारसी देशमा बसोबास गर्न बाध्य एक यहुदी थिए। उनी पुरुषप्रधान समाजमा शुन्य अधिकार भएको एकल महिला थिए।
तर परमेश्वरले यी सबै कुराहरूलाई उहाँको योजना पूरा गर्न प्रयोग गर्नुभयो।
कहिलेकाँही तपाईको जीवनमा देखिने विपत्ति वास्तवमा धेरै ठूलो योजनाको एक हिस्सा हुन सक्छ।
प्रिय पास्टर, हाम्रो आफ्नै सीमाहरूलाई हेर्दा तिनीहरूलाई बाधाहरूको रूपमा हेर्न सजिलो हुन्छ र हामी विचार गर्दछौ कि: "मसँग अझ धेरै शिक्षा भएको भए . . . मेरो ठूलो मण्डली भएको भए . . . म अझ राम्रो वक्ता भएको भए हुन्थ्यो।"
यदि तपाईंसँग यस्तो सोच छ भने, तपाईले आफ्नो सेवामा परमेश्वरको उद्देश्य कहिल्यै पूरा गर्न सक्नुहुन्न। तपाईले बुझ्न जरूरी छ कि तपाईको जीवनमा रहेका अप्रिय बाधाहरू अक्सर ठूलो परिवर्तन वा प्रभाव पार्नका लागि परमेश्वरले दिनुभएको अवसरहरू हुन्।
तर, दुखाइ महसुस गर्दा त्यो बुझ्न कठिन हुन्छ।
अय्यूबलाई हेरौँ। उहाँ संसारकै सबैभन्दा धनी व्यक्ति हुनुहुन्थ्यो, अनि परमेश्वरले उहाँको सबै कुरा खोस्न दिनुभयो—उनको परिवार, सम्पत्ति, तथा स्वास्थ्य।
त्यसपछि, जब अय्यूबले परमेश्वरलाई प्रश्न गर्न थाल्नुभयो, परमेश्वर मौन हुनुहुन्थ्यो।
अय्यूबले भने, "म उहाँलाई उत्तरतिर देख्दिनँ, उहाँ लुकेर बस्नुभएको छ। म दक्षिणतिर हेर्छु, तर उहाँ त्यहाँ देखिनुहुन्न। तर उहाँलाई थाहा छ कि म कहाँ जाँदैछु... एकपटक उहाँले निर्णय लिनुभयो भने, उहाँको विचार कसैले परिवर्तन गर्न सक्दैन। उहाँ जे चाहनुहुन्छ, त्यो गर्नुहुन्छ। त्यसैले उहाँले मलाई जे योजना गर्नुभएको छ, त्यो गर्नुहुनेछ। उहाँले मेरो नियति नियन्त्रण गर्नुहुन्छ” (अय्यूब २३:९-१०, १३-१४ NLT)।
हामी कठिन समयबाट गुज्रिरहेका छौँ, र कहिलेकाहीं, तपाईले पनि अय्यूबजस्तै, सबै कुरा बुझ्न सक्नुहुने छैन। तर परमेश्वरलाई थाहा छ के भइरहेको छ। सुख र दुख, अवसर र बाधाहरू—परमेश्वर यी सबैलाई प्रयोग गर्न सक्नुहुन्छ।