Kantipur Clinic Pvt.ltd.

Kantipur Clinic Pvt.ltd. boudha 6

14/04/2026

नयाँ वर्ष २०८३ को अवसरमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना !🎉🙏
- कान्तिपुर किल्निक परिवार
बौद्ध -६ ,काठमाडौ

बडा दशैंको२०८२को शुभ उपलक्ष्यमा  सम्पुर्ण ग्राहक बर्ग  सुभचिन्तक जनमा सुख, शान्ति र समृद्धितथा उतरोत्तर प्रगतिको हार्दिक...
30/09/2025

बडा दशैंको२०८२को शुभ उपलक्ष्यमा सम्पुर्ण ग्राहक बर्ग सुभचिन्तक जनमा सुख, शान्ति र समृद्धि
तथा उतरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं !🙏
लक्ष्मण पाण्डेय
कान्तिपुर किल्निक परिवार

आयू ,आरोग्य, ऐश्वर्य एवं आनन्दमय जीवनको कामनासहित डाक्टर बुवालाई जन्मदिनको हार्दिक शुभकामना🎂💕💐शुभकामना- शुभेच्छा  प्रकट ...
13/02/2025

आयू ,आरोग्य, ऐश्वर्य एवं आनन्दमय जीवनको कामनासहित डाक्टर बुवालाई जन्मदिनको हार्दिक शुभकामना🎂💕💐
शुभकामना- शुभेच्छा प्रकट गर्नु हुने सम्पुर्णमा धन्यवाद 🙏

26/11/2024

ब्लड प्रेसर नाप्ने सही तरिका के हो ?
हतारमा क्लिनिक वा अस्पताल पुग्ने बित्तिकै रक्तचाप जाँच गराउनु हुँदैन । हिंडडुल, दौडिएको वा व्यायाम गर्ने बित्तिकै तुरुन्त रक्तचाप परीक्षण गर्नुहुँदैन । केही समय पनि आराम गरिसकेपछि मात्र रक्तचाप जाँच गर्नुपर्छ ।
प्रेसर नाप्नु भन्दा लगभग आधा घण्टा अगाडि चिया, कफी वा चुरोट सेवन गरेको हुनु हुँदैन । यसले प्रेसर बढेको देखिन सक्छ । चिकित्सकले रक्तचाप नापिरहेको बेला कुराकानी गर्नु हुँदैन । रक्तचाप नाप्दा निहुरिएर वा उत्तानो परेर बस्नु हुँदैन, सिधा बस्नुपर्छ ।
पिसाब लागेको बेला रक्तचाप नाप्नु हुँदैन । खुट्टालाई उपरखुट्टी लगाउनु हुँदैन । यी कुरा गरेमा रक्तचापको सही मापन देखाउँदैन । यस्तो अवस्था रक्तचाप जाँच गर्दा उच्च वा गलत मापन देखाउने सम्भावना हुन्छ । घरमा जाँच गर्दा पनि यी कुरामा ध्यान दिनुपर्छ । सकेसम्म खुट्टाले जमिन टेकेको वा बसेको स्टुलको टेक्ने ठाउँमा आड लागेको हुनुपर्छ ।
रक्तचाप परीक्षण गर्नुअघि पाँच मिनेट शान्तसँग बस्नुपर्छ । रक्तचाप परीक्षणका क्रममा शान्त बस्न नबोलीकन र शरीर सिधा बनाएर बस्नुपर्छ । रक्तचाप परीक्षण गराउँदा बीपी कफले रक्तचाप नापिने व्यक्तिको पाखुराको छाला छोएको हुनुपर्छ । लुगाबाहिर रक्तचाप नाप्ने मेसिनको कफ (बीपी कफ)लाई बाँध्नु हुँदैन । त्यसमाथि बीपी कप बाँधियो भने सही मापन नआउन सक्छ ।
रक्तचाप जाँच्दा आरामसँग कुर्सीमा बस्नुपर्छ । कुर्सीमा बस्दा खुट्टाले भुईं टेकेको हुनुपर्छ भने दुवै हात टेबलमा मुटुको उचाई हाराहारीमा राखिएको हुनुपर्छ । दायाँ वा बायाँ दुवै हातबाट रक्तचाप जाँच्न सकिन्छ । यो पोजिसनमा केही समय बसेपछि मात्रै रक्तचाप जाँच गर्नुपर्छ । यसो गर्दा बीपीको मापन सही हुन्छ ।
रिङ्गटा लाग्ने व्यक्तिले सुतेरै रक्तचाप जँचाउन सक्छन् । सुतेर ब्लड प्रेसर जाँच्दा बसेको तुलनामा कम देखाउँछ । तसर्थ रक्तचाप नाप्दा सटिक नतिजा आओस् भन्ने चाहनुहुन्छ भने कुर्सीमा बसेरै नाप्नुपर्छ । बसाइ स्थिति गलत छ भने रक्तचाप मापनमा तलमाथि हुनसक्छ ।
प्रेसर जाँच गर्दा जुन हात बढी प्रयोग हुन्छ त्यो हातमा जाँच गर्नुपर्छ । यदि दाहिने हात धेरै चलाइन्छ भने दाहिने हातमा र देब्रे हात बढी चलाइन्छ भने देब्रे हातमा प्रेसर जाँच गर्नुपर्छ । किनकि कम प्रयोग हुने हातमा प्रेसर कम हुन्छ ।
डिजिटल मेसिनले घरमा प्रेसर नाप्ने हो भने पहिलो मापनलाई छोडेर दोस्रो पटक त्यही हातमा नापेर निस्किएको मापनलाई सही मान्नुपर्छ ।
उपवास बसेको दिन प्रेसर नापियो भने पनि कम आउँछ । कुनै बिरामीले व्रत बसेको दिन प्रेसर नापेर कम आएको छ अब औषधि छोड्न मिल्छ भनेर पनि प्रश्न गर्छन् । तर व्रत बसेको दिन भन्दा अन्य सामान्य दिनमा नापेर मात्र सही नतिजा आउँछ ।श्रोत : डा. अभिषेक ठाकुर

    2024/11/14
15/11/2024



2024/11/14

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Kantipur Clinic Pvt.ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share