01/10/2026
सम्पूर्ण कफीको मूल्य शृंखलाका क्षेत्रहरुमा आवद्ध कफी किसान ,उत्पादक , प्रशोधक , उद्धमी , उधोगी , प्राविधिक, उत्पादक सहकारी , क्याफे, आयात निर्यातकर्ता, ट्रेडर एव उपभोग उपभोक्ताहरुमा १४२ औ अन्तरास्ट्रिय कफी दिवसको धेरै धेरै शुभकामना।
रास्ट्रिय एव अन्तरास्ट्रिय बजारको माग आपूर्तिमा हाम्रो रास्ट्रीय उत्पादनको परिमाण आकार सानो रहेता पनि नेपाली कफी खेतिको विधि र प्रणाली, मुख्यतय साना किसान वाट प्रवर्दित ,कफीको उत्पादनमा पुर्ण रुपमा प्राङ्गारिक पद्दतिको अवलम्वन ,विसिष्ठ मौलिक स्वाद , गुणस्तर र पहिचान स्थापित हिमालयन अराविका नेपाली स्पेसयालिटि कफी ब्राण्डका कारण नेपाली कफीको साख इज्यत र प्रतिष्ठाको गाथा गरिमामय रहेको सम्पूर्णमा अवगत नै छ।
वर्तमान अवस्था
बिगत दसक देखि नेपालमा कफीको व्यवसायिक उत्पादन विस्तार कार्यमा नेपाल सरकार मातहतको तालुकदार निकाय हरु, रास्ट्रिय चिया तथा कफी विकास बोर्ड , कफी खेति सम्भाव्य रहेका स्थानिय जिल्ला स्थित नगरपालिका , गाऊ पालिका , कफी उत्पादक सहकारी ,नेपाल कफी व्यवसायी महासंघ , विभिन्न अन्तरास्ट्रिय सहयोग निकाय , प्राइभेट सेक्टरवाट आर्थिक , प्राविधिक , परियोजनागत समन्वय सहकार्य र निरन्तर कफी खेति विस्तारमा पहलकदमी रहदा पनि नेपाल सरकारको कफी खेति तथा व्यवसाय प्रवर्धनमा स्पस्ट ऐन ,नीति तथा कानुनको अभाव ( कफी विसयगत विज्ञ , आवस्यकिय तालिम , विउ , उत्पादन , रोग किरा अनुसन्धान एव गुणस्तर प्रयोगशाला र सोको व्यवस्थापन , ब्रान्ड ट्रेडमार्क , कफी खेती उद्देस्य उपभोग जग्गाको हदवन्दी तथा स्वामित्वगत भुमि बैक नीति , बैंक वित्तिय पहुच र सहभागिता , लिज तथा करार खेतिको स्पस्ट प्रावधान , कफी बालि बिमा , आयात निर्यातको नीतिगत जटिलता अन्तर्गत निर्यात प्रोत्साहन र आयातमा मूल्य भन्सार नीति , FDI तथा बहुरास्ट्रिय कम्पनीको लगानी भित्र्याउने नीति लगायतमा समस्या निराकरण नहुदाको अबस्था )का कारण अपेक्षा अनुरूप कफीको तुलनात्मक उत्पादन विस्तार र कफीमा आत्मनिर्भरता हुन नसकी आयातमुखी परनिर्भर हुनु परेको अवस्थामा कार्य प्रगति नभएको प्रस्ट नै छ यद्धपि कफी पिउने संस्कृति र क्याफे कल्चरको विकास भने पछिल्लो ५वर्ष यता उल्लेखनिय रुपमा नेपाल भरका प्रमुख शहर ,पर्यटकीय स्थान देखि ग्रामिण तहसम्म विस्तार भएको छ।
यस नेपाल कफी व्यवसायी महासंघ सङ्गको निरन्तर छलफल, समन्वय र सहकार्य रहने गरि वर्तमान नेपाल सरकारको पुर्ण साथ सरोकार र समर्थनको प्रतिवद्दता अनुरुप साथै सम्माननीय प्रधानमन्त्री ज्यूको चासो र प्रतिनिधि शभाका प्रत्यक्ष्य निर्वाचित ११ जना माननीय सांसद ज्युहरुको सामुहिक प्रतिवद्दता र सहकार्य हस्ताक्षर - सुपर क्लस्टर ( विशेष व्यवसायिक कफी खेति विस्तार क्षेत्र पहिचान र कार्यावन्यन बाचा अठोट महा-अभियान) र नेपाल कफी व्यवसायी महासंघबाट प्रस्तुति भएको सुधार , संसोधन, परिमार्जन , खारेज एव पुन संरचना गर्न आवस्यक नीति , ऐन , कानून सुधारका लागि ३ महले १६ बुदे सुझाव सम्बोधन प्रतिवद्दता सम्बन्धमा।
माननिय प्रतिनिधि सभा सदस्य सांसद - श्री सागर ढकाल , गुल्मी निर्वाचन क्षेत्र न. १ ( परियोजना पहिचान , माननिय ज्युहरुको बिच अनिवार्य समन्वय र सहकार्य एव नीति ऐन कानून पैरवी तथा आवस्यकिय विशेष नेतृत्व र जिम्मेवारी बहन ) बिशेश धन्यवाद र आभार अर्पणका साथ सम्पुर्ण माननिय ज्यूहरुमा यस महाअभियान सार्थकताको लागि नेपाल कफी वायासायी महासंघ हार्दिक शुभकामना ब्यक्त गर्दछौ।
माननिय प्रतिनिधि सभा सदस्य सांसद - श्री गोबिन्द पन्थी ,गुल्मी निर्वाचन क्षेत्र न. २
माननिय प्रतिनिधि सभा सदस्य सांसद - श्री सन्दीप राना ,पाल्पा निर्वाचन क्षेत्र न. १
माननिय प्रतिनिधि सभा सदस्य सांसद - श्री डा. माधब थापा ,पाल्पा निर्वाचन क्षेत्र न. २
माननिय प्रतिनिधि सभा सदस्य सांसद - श्री डा. धनन्जय रेग्मी ,स्याङ्गजा निर्वाचन क्षेत्र न. १
माननिय प्रतिनिधि सभा सदस्य सांसद - श्री जबिलाल डुम्रे ,स्याङ्गजा निर्वाचन क्षेत्र न. २
माननिय प्रतिनिधि सभा सदस्य सांसद - श्री हरि भुसाल , अर्घाखाची
माननिय प्रतिनिधि सभा सदस्य सांसद - श्री सुशान्त वैदिक प्युठान
माननिय प्रतिनिधि सभा सदस्य सांसद - श्री शुशिल खड्का ,बाग्लुङ्ग निर्वाचन क्षेत्र न. १
माननिय प्रतिनिधि सभा सदस्य सांसद - श्री सोम शर्मा ,बाग्लुङ्ग निर्वाचन क्षेत्र न. २
माननिय प्रतिनिधि सभा सदस्य सांसद - श्री सागर भुसाल ,पर्वत
विशेष व्यवसायिक कफी खेति विस्तार क्षेत्र ( सुपर क्लस्टर ) का जिल्ला हरु - गुल्मी , पाल्पा , स्याङ्गजा, अर्घाखाची , प्युठान ,बाग्लुङ्ग , पर्वत
विशेष व्यवसायिक कफी खेति विस्तार क्षेत्रफल योजना - ११०००० रोपनी ( प्रति निर्वाचन क्षेत्र बराबर १०००० रोपनी जग्गा क्षेत्रफल लक्षित)
महासंघको समन्वय र पहलकदमी परियोजना संयोजन - नेपाल कफी व्यवसायी महासंघ - महासचिव, सन्तोष पोखरेल (परियोजना पहिचान , परियोजनाको लागि आवस्यकिय सम्भाव्यता अध्ययन , माननिय ज्युहरुको बिच अनिवार्य समन्वय र सहकार्य एव नीति ऐन कानून पैरवी तथा आवस्यकिय लगानीकर्ता पहिचान, अन्तरास्ट्रिय सहयोग निकाय , प्राइभेट सेक्टर लगायत संग समन्वय सहकार्य प्रस्ताब छलफल अन्तरक्रिया लगायत विविध )
नोट - यस परियोजना कार्यक्रम का लागि प्रत्यक्ष एव अप्रत्यक्ष रुपमा खट्नुहुने सम्पूर्ण जिल्ला बासि प्रतिनिधि, व्यक्ति विशेष , विषयविज्ञ, महासंघका अध्यक्ष्य ज्यु, पदाधिकारी लगायत सम्पूर्णमा धन्यबादका साथ माथि उल्लेखित क्षेत्रमा कार्यगर्न चाहनुहुने सम्पूर्ण सरोकारगत स्वदेशी एव विदेशी कम्पनी , फर्म, संघ , सस्था , बैंक , इक्युटि इन्भेस्टर , प्राइभेट सेक्टर ,सम्पूर्णमा सहकार्य हातेमालोको लागि आग्रह गर्दछौ।
थप जानकारी र अभियानमा जोडिन चाहनु हुनेले महासंघ वा आफुले जोडिन चाहनु भएको क्षेत्रको माननीय ज्यू हरुसंग समन्वय गर्न सक्नु हुनेछ।