Manabkalyan Saving & Credit Cooperative Ltd.

Manabkalyan Saving & Credit Cooperative Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Manabkalyan Saving & Credit Cooperative Ltd., Community Organization, babu chheri chowk, Kathmandu.

जोगाऔं थोपा थोपा गरेर, निकालौं घैला भरेर...
Manab Kalyan Saving & Credit Co-operative Ltd deals with Saving & Credit movement among the members around Kathmandu, Nepal "हाम्रो राष्ट्रमा छरिएर रहेका कृषक, निम्नवर्गिय श्रमिक, कालिगड, भूमीहिन एवं वेरोजगारको जञ्जालमा हुडलिईरहेका सदस्यहरुको आर्थिक तथा सामाजिक अवस्थालाई उकास्दै पारस्पारिक सहयोगको भावना जगाएर आयमूलक एवं सीपमूलक व्यवसाय सञ्चालन गराउँदै आ

त्मास्वावलम्वि बनाउनको निम्ति यस राष्ट्रलाई निस्वार्थ भावनाले ओतप्रोत भएका सहकारी संस्थाहरुको स्पर्श जरुरी रहेको अवस्था छ ।आर्थिक दृष्टिकोणले पिछडिएका, समान समस्या र स्वार्थ भएका जनसमुदाय, वर्ग वा व्यक्तिको समान जिम्मेवारी, दायित्व र अधिकारको आधारमा उत्पादन, उपभोग, वितरण तथा विनिमय प्रक्रियामा हुने संस्थागत प्रयास नै सहकारीको वास्तविक परिचय हो । Manab Kalyan Saving & Credit Cooperative Ltd is one of the best Saving & Credit Co-operative located at Shantinagar, New Baneshwor 31, Kathmandu, Nepal"

सहकारी संस्थाका ऋणी सदस्यहरुलाई ऋण भुक्तान गर्ने सम्बन्धी जरुरी सूचना !संस्थाबाट प्राप्त ऋणको स्रोत भनेको संस्थामा आबद्ध...
14/07/2026

सहकारी संस्थाका ऋणी सदस्यहरुलाई ऋण भुक्तान गर्ने सम्बन्धी जरुरी सूचना !
संस्थाबाट प्राप्त ऋणको स्रोत भनेको संस्थामा आबद्ध सम्पूर्ण शेयर सदस्यहरूले आफ्नो मेहनत र पसिनाबाट खाई–नखाई बचत गरेको रकम हो। त्यसैले प्रत्येक ऋणी सदस्यले अन्य सदस्यहरूको योगदान र विश्वासको सम्मान गर्दै ऋण सम्झौताअनुसार किस्ता तथा दायित्व समयमै पूरा गर्नु आवश्यक छ।
सम्झौता अनुसार नियमित रूपमा किस्ता भुक्तानी गर्दा कुनै समस्या उत्पन्न हुँदैन। तर, पटक–पटक सम्झौताको उल्लङ्घन गरी किस्ता नतिरेमा अन्ततः कानुनी तथा संस्थागत प्रक्रिया अवलम्बन गर्नु संस्थाको बाध्यता बन्न सक्छ। त्यसैले सबै सदस्यहरूलाई आफ्नो आर्थिक दायित्व समयमै पूरा गरी संस्थाप्रतिको विश्वास र अनुशासन कायम राख्न हार्दिक अनुरोध गर्दछौं।

मानव कल्याण बचत तथा ऋण सहकारी संस्था लि.मिति: २०८३/०३/०१शान्तिनगर, काठमाडौँ ।अत्यन्त जरुरी – ऋण असुली सम्बन्धी अन्तिम पट...
15/06/2026

मानव कल्याण बचत तथा ऋण सहकारी संस्था लि.
मिति: २०८३/०३/०१
शान्तिनगर, काठमाडौँ ।
अत्यन्त जरुरी – ऋण असुली सम्बन्धी अन्तिम पटक जानकारी गरार्ईको बारेमा!
सम्बन्धित सम्पूर्ण ऋणी सदस्यहरूको ध्यानाकर्षणार्थ,
यस सहकारी संस्था अन्तर्गत ऋण लिई पटक–पटक मौखिक तथा लिखित सूचना, अनुरोध तथा सम्झौताको अवसर दिइसकिँदा समेत आफ्नो बक्यौता ऋण दायित्व हालसम्म चुक्ता नगर्नु भएका सम्पूर्ण ऋणी सदस्यहरूलाई यो अन्तिम तथा अत्यन्त जरुरी सूचना जारी गरिएको छ।
दीर्घ समयदेखि ऋण असुली नहुनुका कारण संस्थाको वित्तीय सन्तुलन गम्भीर रूपमा प्रभावित भएको, नियमित सेवा प्रवाहमा अवरोध सिर्जना भएको तथा इमानदार सदस्यहरूको हितमा प्रतिकूल असर परेको कुरा यसै सूचनामार्फत स्पष्ट रूपमा जानकारी गराइन्छ।
अतः सम्बन्धित सम्पूर्ण ऋणी सदस्यहरूलाई यो सूचना प्रकाशित भएको मितिदेखि अन्तिम १५ (पन्ध्र) दिनभित्र आफ्नो सम्पूर्ण बक्यौता ऋण रकम अनिवार्य रूपमा चुक्ता गर्न कडा निर्देशन दिइन्छ। तोकिएको समयभित्र ऋण चुक्ता नगरेमा यस संस्थाले कुनै थप सूचना बिना नै कडा कानुनी कारबाही प्रक्रिया अघि बढाउने जानकारी गराइन्छ।
तोकिएको समयसीमा भित्र ऋण चुक्ता नगरेमा निम्न कानुनी तथा संस्थागत कारबाहीहरू लागू गरिनेछन्:
• प्रचलित सहकारी ऐन, नियम तथा नेपाल सरकारका सम्बन्धित कानुन बमोजिम अनिवार्य कानुनी असुली प्रक्रिया (Court/Legal Recovery)
• बक्यौता रकममा अतिरिक्त जरिवाना, ब्याज तथा कानुनी शुल्क वृद्धि
• सम्बन्धित ऋणी सदस्यलाई कालोसूची (Blacklisting) मा समावेश गरी भविष्यमा कुनै पनि सेवा सुविधा बन्द गरिने
• आवश्यक परेमा सम्पत्ति रोक्का, जफत तथा कानुनी असुली प्रक्रिया अघि बढाइने
यसका साथै, ऋण समाधान, पुनःतालिकीकरण वा छलफलका लागि इच्छुक ऋणी सदस्यहरूले यो सूचनाको समयावधिभित्र अनिवार्य रूपमा संस्थाको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिन्छ। समयसीमा पश्चात कुनै पनि प्रकारको सहुलियत वा वार्ताको अवसर उपलब्ध नहुने जानकारी समेत गराइन्छ।
सम्पूर्ण सदस्यहरूको हित, संस्थाको स्थायित्व तथा वित्तीय अनुशासन कायम राख्न सबै पक्षबाट पूर्ण सहयोग रहने अपेक्षा यस संस्थाले गरेको छ।
आदेशानुसार,
सञ्चालक समिति
मानव कल्याण बचत तथा ऋण सहकारी संस्था लि.
शान्तिनगर, काठमाडौँ

🌸 मातातीर्थ औंसीको हार्दिक शुभकामना 🌸मानव कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तर्फबाट सम्पूर्ण शेयर सदस्यहरू, कर्म...
17/04/2026

🌸 मातातीर्थ औंसीको हार्दिक शुभकामना 🌸
मानव कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तर्फबाट सम्पूर्ण शेयर सदस्यहरू, कर्मचारीवर्ग तथा सम्पूर्ण शुभचिन्तकहरूमा मातातीर्थ औंसीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

आमाको माया, त्याग र समर्पणप्रति सम्मान प्रकट गर्ने यस पवित्र दिनले हामी सबैमा मातृप्रेमको भावना अझ प्रगाढ बनाओस्। आमाको माया जस्तो निस्वार्थ भावनाले समाजलाई एकताबद्ध र सशक्त बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछौं।

स्वर्गीय आमाप्रति श्रद्धाञ्जली अर्पण गर्दै तथा जीवित आमाको दीर्घायु, सुस्वास्थ्य र सुख-समृद्धिको कामना गर्दै, यस अवसरले सबैको जीवनमा शान्ति, समृद्धि र खुशीयाली ल्याओस्।
🙏 — मानव कल्याण साकोस परिवार

🌸 नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!मानव कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तर्फबाट यस संस्थासँग आबद्ध सम...
14/04/2026

🌸 नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!

मानव कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तर्फबाट यस संस्थासँग आबद्ध सम्पूर्ण शेयर सदस्यज्यूहरू, कर्मचारी वर्ग, संघसंस्था तथा आदरणीय शुभचिन्तक महानुभावहरूमा नयाँ वर्ष २०८३ को सुखद अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।

नयाँ वर्षले यहाँहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको नयाँ आयाम थपोस् भन्ने हाम्रो कामना छ। यस वर्षले सहकार्य, विश्वास र आपसी सद्भावलाई अझ मजबुत बनाउँदै संस्थाको दिगो विकासमा महत्वपूर्ण योगदान पुर्‍याओस् भन्ने अपेक्षा राख्दछौं।

आउनुहोस्, नयाँ वर्ष २०८३ लाई सकारात्मक सोच, जिम्मेवारीपूर्ण सहकार्य र सामूहिक समृद्धिको यात्रामा रूपान्तरण गरौं।

शुभकामना सहित,
मानव कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड
Manabkalyan Saving & Credit Cooperative Ltd.

03/04/2026

"उद्यमशीलता र पारदर्शिताः सहकारीको प्राथमिकता"
६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा समस्त सहकारीकर्मीहरुमा हार्दिक शुभकामना ।
मानव कल्याण साकोस परिवार

अधर्ममाथि धर्मको विजयको प्रतीक, रामनवमीको सबैमा हार्दिक शुभकामना! भगवान श्री रामको आशीर्वादले हाम्रो समाजमा सद्भाव र मान...
27/03/2026

अधर्ममाथि धर्मको विजयको प्रतीक, रामनवमीको सबैमा हार्दिक शुभकामना! भगवान श्री रामको आशीर्वादले हाम्रो समाजमा सद्भाव र मानव कल्याणको भावना सदैव जागृत रहोस्।
— मानव कल्याण साकोस परिवार

अब महिला आशन र भाषणमा मात्र होइन, शासनमा पनि सशक्त सहभागिता होस् 🍀अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा, यस वर्षको मूल सन्...
08/03/2026

अब महिला आशन र भाषणमा मात्र होइन, शासनमा पनि सशक्त सहभागिता होस् 🍀

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा, यस वर्षको मूल सन्देश महिला तथा बालिकाको न्यायमा पहुँच सुनिश्चित गर्नु भन्ने भावनालाई स्मरण गर्दै, हामी सबैले समानता, अधिकार र मर्यादाप्रति पुनः प्रतिबद्ध हुन आवश्यक छ।

जब महिलाहरूले बिना डर आफ्नो अधिकारको प्रयोग गर्न सक्छन् र न्याय सहज रूपमा प्राप्त गर्न सक्छन्, तब मात्र न्यायपूर्ण, समतामूलक र समृद्ध समाजको निर्माण सम्भव हुन्छ।

अन्तर्राष्ट्रिय महिला दिवसको हार्दिक शुभकामना। 🙏🌸
मानव कल्याण साकोस परिवार

02/03/2026
रंगहरूको उल्लासमय तथा हर्षोल्लासपूर्ण पर्व फागु पूर्णिमा (होली) को पावन अवसरमा मानव कल्याण बचत तथा ऋण सहकारी संस्थाका सम...
02/03/2026

रंगहरूको उल्लासमय तथा हर्षोल्लासपूर्ण पर्व फागु पूर्णिमा (होली) को पावन अवसरमा मानव कल्याण बचत तथा ऋण सहकारी संस्थाका सम्पूर्ण शेयर सदस्यहरू, बचतकर्ताहरू, सेवाग्राहीहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।🫟🎊🎉।

यस पावन पर्वले यहाँहरूको जीवनमा सुख, शान्ति, समृद्धि, उत्तम स्वास्थ्य र दीर्घायु प्रदान गरोस्। आपसी विश्वास, सहकार्य, एकता र सहकारी भावनालाई अझ मजबुत बनाउँदै संस्थागत विकास तथा सामूहिक समृद्धिको मार्गमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछौं।🫟🎊🎉

रंगहरूको यस पर्वले विगतका सबै दुःख, तनाव र निराशालाई हटाई नयाँ उत्साह, सकारात्मक ऊर्जा र सफलताको उज्यालो भविष्य ल्याओस्।🌸🎨🫟

सुखद, सुरक्षित र उल्लासमय होलीको हार्दिक शुभकामना!

– मानव कल्याण बचत तथा ऋण सहकारी संस्था परिवार 🌸🎊🎉

🌸🎨🫟🎊🎉।💥🫟🎊🎉

Address

Babu Chheri Chowk
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Manabkalyan Saving & Credit Cooperative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Manabkalyan Saving & Credit Cooperative Ltd.:

Shortcuts

Share