18/05/2026
Maiti Nepal would like to clarify that the unfortunate news and rumors circulating on social media regarding our Founder/Chairperson, Anuradha Koirala, are completely false and misleading. Ms. Koirala is safe, healthy, and continues to actively work towards combating human trafficking and advocating for the rights, dignity, and protection of women and children. We kindly request everyone not to believe or spread false or misleading information, as such rumors create unnecessary concern, confusion, and distress among family members, well-wishers, supporters, and the wider community. Maiti Nepal sincerely appreciates the numerous calls, messages, concern, and well wishes received regarding Ms. Koirala’s health. We apologize for the stress and confusion this misinformation may have caused and thank everyone for their continued support and trust.
माइती नेपालका संस्थापक तथा अध्यक्ष आदरणीय अनुराधा कोइराला ज्यू सम्बन्धी सामाजिक सञ्जालमा फैलाइएका दुःखद समाचार तथा अफवाहहरू पूर्ण रूपमा असत्य र भ्रामक रहेको जानकारी गराउन चाहन्छौं ।
अनुराधा कोइराला ज्यू पूर्ण रूपमा सुरक्षित, स्वस्थ तथा सकुशल हुनुहुन्छ र मानव बेचबिखन विरुद्धको अभियानका साथै महिला तथा बालबालिकाको अधिकार, सम्मान र संरक्षणका लागि निरन्तर समर्पित भई सक्रिय रूपमा कृयाशिल हुनुहुन्छ ।
यस प्रकारका भ्रामक सूचनाले परिवारजन, शुभेच्छुक, समर्थक तथा आम समुदायमा अनावश्यक चिन्ता, अन्योल र दुःख सिर्जना गर्ने भएकाले यस्ता गलत सुचनाहरुमा विश्वास नगर्नहुन सबैमा विनम्र अनुरोध गर्दछौं ।
अनुराधा कोइराला ज्यूको स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गर्दै प्राप्त भएका असंख्य फोन, सन्देश, शुभेच्छा तथा सद्भावप्रति माइती नेपाल हार्दिक आभार व्यक्त गर्दछौ । यस भ्रामक सूचनाबाट सिर्जित तनाव तथा अन्योलप्रति हामी क्षमाप्रार्थी छौं । यहाँहरूको निरन्तर विश्वास, साथ र समर्थनप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।