Rato Ghar रातो घर (The Red House)

Directions Website

Rato Ghar रातो घर  (The Red House) Art , Literature and Culture Rato Ghar is the umbrella house of art,literature and culture.

While Ratoghar also organizes Film and Documentray Show, dialogue forum and poem reciting programs.

01/07/2026
रातोघर साहित्य उत्सवले सहयोग पाएको एक उम्दा युवा कवि चन्द्र लामा हुनुहुन्छ । त्यतिखेर वाचित कविताको अंग्रेजीमा अनुवाद गर...
01/07/2026

रातोघर साहित्य उत्सवले सहयोग पाएको एक उम्दा युवा कवि चन्द्र लामा हुनुहुन्छ । त्यतिखेर वाचित कविताको अंग्रेजीमा अनुवाद गर्ने जिम्मेवारी उहाँको छ । चुपचाप काम गर्ने उहाँको सरल स्वभाव छ । उहाँले यस पटक तामाङ भाषामा कविता वाचन गर्नु भयो । हार्दिक धन्यवाद कवि चन्द्र !

30/06/2026
30/06/2026
कवि रमी प्रिया नेपाल भाषा र नेपाली भाषामा समानान्तर रूपमा कविता लेखिरहनु भएको छ । उहाँका छोटा तर प्रभावशाली कविता सुनेपछ...
30/06/2026

कवि रमी प्रिया नेपाल भाषा र नेपाली भाषामा समानान्तर रूपमा कविता लेखिरहनु भएको छ । उहाँका छोटा तर प्रभावशाली कविता सुनेपछि प्रभाव नपार्ने कुरै छैन । रातोघर साहित्य उत्सवमा उहांले अति छोटो समयमा पूर्ण कार्यक्रम संचालन गरेर ठूलो गुण लगाउनु भएको छ । तपाईको सहभागिता को लागि हार्दिक धन्यवाद कवि रमी प्रिया ! !

प्रोल्लास सिन्धुलिय चर्चित त छन तर जति प्रतिभावान छन त्यति चर्चित छैनन । किनकी उनी  चर्चा हैन, खंदिला लेखनमा विश्वास गर्...
30/06/2026

प्रोल्लास सिन्धुलिय चर्चित त छन तर जति प्रतिभावान छन त्यति चर्चित छैनन । किनकी उनी चर्चा हैन,
खंदिला लेखनमा विश्वास गर्छन । रातोघर साहित्य उत्सवले उहाँको विज्ञता अनुभव गर्ने अवसर प्राप्त गर्यो । उहाँको मीठो भाषा , सौन्दर्यता , सुद्धासुद्धी सबै उत्सवका लागि अमूल्य योगदान रह्यो । उहाँको तत्परता, सक्रियता, सरलता संधै रहिरहोस । धेरै सहकार्य गर्नु छ ।
हार्दिक आभार प्रिय प्रोल्लास ।

वर्तमान कविता समूहसंग सहकार्य गर्दा गर्दै कवि विश्व सिग्देल रातोघर साहित्य महोत्सवको एक महत्वपूर्ण सहयात्री भएर उभिनु भय...
30/06/2026

वर्तमान कविता समूहसंग सहकार्य गर्दा गर्दै कवि विश्व सिग्देल रातोघर साहित्य महोत्सवको एक महत्वपूर्ण सहयात्री भएर उभिनु भयो । उहाँका सरल र सक्रिय सहभागिताले कार्यक्रमलाई सफलताको बाटोतिर अग्रसर गराउन सजिलो भयो । यो सहयात्रा अझै रहोस । नेपाली भाषाका कविहरु संग सम्पर्क गर्ने सम्पदा र सहर विषयक कविता लेख्न अनुरोध गर्ने देखि बिहान देखि अबेर रातसम्म खट्ने एक जिम्मेवार सहयात्री पाउनु रातोघरको लागि खुशीको कुरा हो !हार्दिक धन्यवाद कवि विश्व !

30/06/2026

वर्तमान कविता समूह र रातोघर छोटो समयमैं सहयात्री भयौं । केही कार्यक्रम संगै गरिरहेकै थियौं । यस पटक मूल आयोजक रातोघर देखिए पनि वर्तमान कविता समूहको उत्तिकै साथ सक्रियता रहयो । यदि साना तिना गल्ती ,कमजोरी ,भ्रम भएपनि माझेर जानु पर्छ । वर्तमान कविता समूहलाई धन्यवाद दिन्छौं र फेरि फेरि कुम मिलाउँदै हिँड्छौ ।

नेपाल भाषामा एउटा उखान छ - अगः चा माला देगः चा लुयावल । एक जना सहयोगी खोजि नै रहेका थियौं । मोहन अभिलाषी आइपुग्नु भयो  क...
30/06/2026

नेपाल भाषामा एउटा उखान छ - अगः चा माला देगः चा लुयावल । एक जना सहयोगी खोजि नै रहेका थियौं । मोहन अभिलाषी आइपुग्नु भयो कार्यक्रमको ४ दिन अघि । ती पाँच दिन मोहन मेहनती , मृदुभाषी, आज्ञाकारी , ब्यवस्थित पायौं । मोहन भाईलाई मित्रताको झोला बनाएर धन्यवाद कोचि कोचि उहाँको मोटर साइकलको पछाडी बाँधेर पठाउनु छ । हार्दिक आभार मोहन भाई

Address

634 Chunne Bhairab Marg , Ratoghar Rabibhawan/13
Kathmandu
POSTBOX3026KATHMANDU

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Rato Ghar रातो घर (The Red House) posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share