15/07/2026
The recent Plastic Bag (Regulation and Control) Directive, 2082 introduces an Extended Producer Responsibility (EPR) component that mandates high-molecular (HM) plastic bag manufacturers to manage plastic waste equivalent to at least 10% of their total production. To discuss the implementation of this mandate and gather industry insights, Doko Foundation is organizing a series of Focus Group Discussions with HM plastic bag recyclers, manufacturers, collectors and relevant stakeholders. Below are glimpses from one of the discussions organized on July 8. This discussion is part of the Khumbu Loop Project, funded under the Basel, Rotterdam, and Stockholm (BRS) .meas Conventions, led by GRID-Arendal and Doko Foundation and implemented with support from the Sagarmatha Pollution Control Committee (SPCC) .nepal
नेपाल सरकारद्वारा हालै जारी गरिएको प्लाष्टिक झोला (नियमन तथा नियन्त्रण) निर्देशिका, २०८२ मा विस्तारित उत्पादक दायित्व (EPR) अवधारणा समावेश गरिएको छ जसअन्तर्गत एच.एम. (HM) प्लाष्टिक झोला उत्पादकहरुले आफुले उत्पादन गरेको प्लाष्टिक झोलाको कम्तिमा दश प्रतिशत मात्रा हुने गरी प्लाष्टिक फोहरको व्यवस्थापन गर्नुपर्ने व्यवस्था समावेश गरिएको छ। यसै विषयमा छलफल गर्न एवं उद्योग व्यवसायीहरुको रायसुझाव लिनका लागि डोको फाउण्डेशनले एच.एम प्लाष्टिक झोला पुनःप्रशोधनकर्ता, उत्पादक, संकलनकर्ता तथा अन्य सम्बन्धित सरोकारवालाहरूसँग केन्द्रित समूह छलफल कार्यक्रमहरू चरणवद्ध रुपमा आयोजना गरिरहेको छ। बासेल, रोटरड्याम र स्टकहोम (BRS) महासन्धिअन्तर्गत आर्थिक सहयोगमा ग्रिड ऐरेन्डल र डोको फाउण्डेशनको संयुक्त नेतृत्वमा र सगरमाथा प्रदुषण नियन्त्रण समितिको सहयोगमा सञ्चालित खुम्बु लुप (KhuMbu Loop) परियोजनाअन्तर्गत यो छलफल कार्यक्रम कार्यान्वयन गरिएको हो। उक्त छलफलमध्ये वि.सं. २०८२ साल असार २४ गते बुधबारका दिन आयोजना गरिएको एक कार्यक्रमका केही झलकहरू तल प्रस्तुत गरिएको छ।