नयाँ नेपाल Better Nepal अभियान

नयाँ नेपाल Better Nepal अभियान Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नयाँ नेपाल Better Nepal अभियान, Community Organization, Anamnagar, Ghattekulo, Kathmandu.

नागरिक मुद्दामा १४ वर्ष अघिदेखिको प्रखर निरन्तरता
30/01/2025

नागरिक मुद्दामा १४ वर्ष अघिदेखिको प्रखर निरन्तरता

29/04/2024

फस्ल्याङ फुस्लुङ पारेर विदेशी लगानीकर्ता भित्र्याउने निहुँमा ढुकुटिको पैसा खर्च गर्नुभन्दा खटेर काम गर्ने स्वदेशी लगानीकर्ताको वास्तविक समस्याको समाधानार्थ तत्काल Help Desk बनाउन राम्रो होला। Neupane

03/02/2024

बिना एजेन्डा, बिना नोट एउटै कुरा दोहोर्‍याएर, तेहेर्याएर, चौर्याएर लामो भाषण गर्नेलाई अरुको भाषणको observation गरेर सुझाव दिने काम दिम अब देखि ।

वीर सहिदहरु अमर रहुन ।
30/01/2024

वीर सहिदहरु अमर रहुन ।

28/01/2024

केही मानिसहरु आशाको " दियो " फुकेर निभाउन खोज्दैछन्,
अव " दियो " जोगाउने जिम्मेवारी हामी जनताले लिनुपर्छ ।

बाँदर आतंक र सांसदको भ्रमणःनेपालमा उजाड बन क्षेत्र र घट्दो कृषि क्षेत्रका कारण किसानहरुको खेतीबारीमा बाँदरको आतंक बढ्दो ...
25/01/2024

बाँदर आतंक र सांसदको भ्रमणः

नेपालमा उजाड बन क्षेत्र र घट्दो कृषि क्षेत्रका कारण किसानहरुको खेतीबारीमा बाँदरको आतंक बढ्दो छ । कृषकको संख्या नै घटेको छ, त्यसमा पनि किसानलाई आवश्यक मल, विउ, औजार र प्राविधिक सहायता पुर्याउन सकिएको छ्रैन् । बाँदरहरुले धान, मकै, गहुँ, तरकारी लगाएत अधिकांश खेतीपाति खाने र नष्ट गर्ने गरेका कारण किसानहरु आजित भईसकेका छन् । केही अघि तनहुँमा एक किसानले बाँदरले गरेको नोक्सान सहन नसकेर आत्महत्या गरेको समेत खबर बाहिर आएको थियो । त्यसैले बाँदर नियन्त्रण र ब्यवस्थापनको लागि सरकारले राष्ट्रिय स्तरमै प्राविधिक र प्रविधि तयार गर्ने, बजेट विनियोजन गर्ने, नोक्सानी पुर्याएको खेतीको अनुपातमा विमा मार्फत क्षतिपूर्ति दिने र कृषकहरुलाई सरकार साथ साथ नै छ भन्ने सन्देश दिनु आवश्यक छ । तर सरकार र संसदले बाँदर नियन्त्रण र ब्यवस्थापनको लागि अध्ययन भ्रमणमा जाने टोलीमा कृषि समितिका सबै सांसदलाई पठाउने निर्णय लिनु अत्यन्तै अब्यवहारिक छ । प्रतिनिधिमुलक सहभागिता हुनु संसदको लागि पनि महत्व राख्ला तर प्रविधिक कम र सांसद धेरै यस्तो अध्ययनमा जानु अशोभनिय देखिएको छ । त्यसैले यस्ता पत्रहरु संसद सम्म आईपुग्छन् । यो माग प्रति ब्यक्तिगत रुपमा मेरो पूर्ण समर्थन छ । विगत देखि बाँदर नियन्त्रण र ब्यवस्थापनमा खटेका ब्यक्ति, संस्था, समुहलाई यसको उपयुक्त भ्रमणमा सहभागि गराउन अपिल गर्दछु ।

ठगीएको महसुस गर्न नपाई:सार्बजनिक क्षेत्रमा २ मिनेट छिरेको रु. ४०/-
25/01/2024

ठगीएको महसुस गर्न नपाई:

सार्बजनिक क्षेत्रमा २ मिनेट छिरेको रु. ४०/-

22/01/2024

सबै पालिकाहरुमा भेला आयोजना गर्ने:

७५३ पालिका मध्ये ३१४ वटा पालिकामा पालिका भेला भई रास्वपा पालिका समिति गठन भएको जानकारी प्रदेशको तर्फबाट प्राप्त भएको छ, त्यसको विवरण प्रदेशबाट प्राप्त हुने चरणमा छ । बाँकी रहेका ४३९ पालिकाहरु मध्ये न्यूनतम पार्टी सदस्य संख्या (गाउँपालिकामा न्यूनतम ५५ जना, नगरपालिकामा न्यूनतम ६६ जना र उपमहानगर र महानगरपालिकामा (काठमाण्डौ महानगर बाहेक) न्यूनतम ७७ जना) पुगेका पालिकाहरुमा तत्काल पालिका भेला गरी पालिका समिति गठन गर्न अनुरोध छ ।

धेरै पालिका गठन बाँकी भएका जिल्लाहरुले पालिका भेला गर्न तालिका बनाई पठाउन जिल्ला संयोजकहरुलाई प्रदेश महामन्त्री मार्फत अनुरोध गर्दछु । जिल्ला संयोजकले भेलाको तालिका बनाउनका लागि जिल्ला उपसंयोजक, संबन्धित भुगोलबाट प्रतिनिधित्व गर्ने सक्रिय सदस्यहरु, निर्वाचन क्षेत्र समितिका सदस्यहरु, प्रदेश समिति सदस्यहरु, अन्य जिम्मेवारी लिएका ब्यक्तिहरु समेतसंग परामर्श लिन अनुरोध गरिन्छ ।

अद्यावधिक भएका वडाहरुको अधिवेशन आयोजना हुँदै गर्दा पालिका समिति गठन गर्न न्यूनतम सदस्यसंख्या पुगेका पालिकाहरुमा संगठन निर्माणको गतिविधि गर्न पत्राचार समेत गरिएको ब्यहोरा जानकारी गर्दछु । धन्यवाद ।

कविन्द्र बुर्लाकोटी
सहमहामन्त्री/संगठन विभाग प्रमुख

१५ लाख घुस सहित वार्ड अध्यक्ष पक्राउ
18/01/2024

१५ लाख घुस सहित वार्ड अध्यक्ष पक्राउ

रास्वपाकाे केन्द्रीय समिति बैठक पार्टी कार्यालय 'घन्टीघर' वनस्थलीमा जारी छ।
17/01/2024

रास्वपाकाे केन्द्रीय समिति बैठक पार्टी कार्यालय 'घन्टीघर' वनस्थलीमा जारी छ।

17/01/2024

पार्टीले केही महत्वपूर्ण र ठूला घोषणाहरु गर्दैछ,
जो देशको आवश्यकता र जनताको चाहना हो ।
तयारीमा ब्यापक जुट्नुभएको छ साथीहरु,
परिणाम जो ल्याउनु छ र युवामा आशा भर्नेहो ।

घण्टीघरको पुस्तकालयमा आज ६ पुस्तक Donate गरेको छुः१. दण्डहीनता र जवाफदेहीता२. अन्तराष्ट्रिय फौजदारी अदालत एक चिनारी३. प्...
16/01/2024

घण्टीघरको पुस्तकालयमा आज ६ पुस्तक Donate गरेको छुः

१. दण्डहीनता र जवाफदेहीता
२. अन्तराष्ट्रिय फौजदारी अदालत एक चिनारी
३. प्रस्तावित दण्डहीनता निषेध गर्ने विधेयक २०६४
४. स्वामी विवेकानन्दका वैश्विक दर्शन
5. Vimarsh, New Forntiers in Public Debate
6. One Earth, One family: Vedic Prayers

ईच्छुक सदस्यहरुले पुस्तक Donate गर्न सक्नुहुन्छ । धन्यवाद ।

Address

Anamnagar, Ghattekulo
Kathmandu

Alerts

Be the first to know and let us send you an email when नयाँ नेपाल Better Nepal अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नयाँ नेपाल Better Nepal अभियान:

Share