बाल अधिकारको पुर्ण सम्मान राष्ट्रको आवश्यकता, जोखिममा रहेका बालबालिका हाम्रो प्राथमिकता भन्ने नारा सहित नेपाली बालबालिकाको लागी बाल दिवश २०७० को अवसरमा उपहार स्वरुप CROWN-NEPAL (Children Rescue and Welfare Organization Nationwide-Nepal) राष्ट्व्यापी बाल उद्दार तथा कल्याण संस्था-नेपाल स्थापना भएकोछ ।
विशेषत शारीरिक ,मानसिक ,सामाजिक र मनोवैज्ञानीक जोखिममा रहेका बालबालिकाको सेवार्थ स्थापना गरिएको यस
संस्थाको प्रमुख उदेश्यहरु जोखिममा रहेका बालबालिका लाई परिवार या समाजमा पुनः स्थापना गराउन उद्दार तथा कल्याण प्रकृयामा सहयोग गर्ने, सम्बन्धित अन्य संथा स“ग समन्वय गरि बाल हित मुलक कार्यक्रमहरु संचालन गर्ने, सम्बन्धित सरकारी निकाय तथा सरोकारवाला हरुसग बिचार– बिमर्श, छलफल, गोष्ठि, सेमिनार आदीको माध्यमबाट जनसचेतना मुलक कार्यक्रमहरु गर्ने, सम्बन्धित बालबालिकाहरुका लागी परामर्श शिपमुलक तालिम आदी उपलब्ध गराउने लगायत बालबालिकालाई जोखिमपूर्ण अवस्थामा पुग्न नदिन लक्षित समुदायमा Preventive Activities संचालन गर्ने आदी हुन ।
यस संस्थाको कार्यालय कोटेश्वर ३५ काठमान्डौ नेपालमा पर्दछ । यस संस्थाले करिव २ बर्ष आफ्नोसंस्थाको कोष स्थापनार्थ बिबिन्न खालका इभेन्टस्, अभियान, च्यारीटि तथा रचनात्मक कार्यक्रमको माध्यम बाट कोष संकलन गर्ने लक्ष्य लिएको छ । जोखिममा रहेका बालबालिकाका निम्ति कार्य गर्ने सन्दर्भमा क्राउन– नेपालको नजरमा सबै भन्दा बढि जोखिममा रहेका बालबालिका सडक बालबालिका पर्न गयो । त्यसैल जोखिममा रहेका कुनै एउटा ठाउ कोटेश्वर बाट सुरु गरि काठमाण्डौ, ललितपुर र भक्तपुर हुदै पुरै नेपाललाईनै सडक बालबालिका मुक्त राष्ट्रको रुपमा घोषणा गर्नु क्राउन नेपालको पहिलो तथा अत्यन्त चुनौती र जोखिमपुर्ण अभियान मुलक कार्यक्रम हो । यस संस्थाको प्रस्तुति तथा लोटश इन्टरटेनमेन्ट प्रा लि. कोनिर्माणमा सवाल सडक बालबालिकाको नामक टेलिभिजन कार्यक्रम छिटैनै सार्वजनिक हुदैछ ।
प्रस्तावना वाटः
“राष्ट्रका कर्णधार भनिने बालवालिकाहरु विविध कारणले गर्दा गास,वास,कपास,स्वास्थ्य,शिक्षा लगायत आधारभुत आवश्यक्ताहरुबाट समेत वन्चित भई जोखिम पूर्ण जीवनयापन गरिरहेका छन् । उनिहरुको बालअधिकारको लागी विभिन्न खाले प्रभावकारी कार्यक्रम तथा अभियानहरुको माध्यमबाट बालवालिकाप्रति परिवार,समाज र राष्ट्रलाई नै जिम्मेवारी बोध गराउने लक्ष्य र बालवालिकाहरुकोे अधिकारका निम्ति क्रियाशिल रहने प्रतिबद्धतासहित यो सामाजिक सस्थाको परिकल्पना गरिएको हो। बालवालिकाको वाच्न पाउने अधिकार, संरक्षण पाउने अधिकार, बिकासको अधिकार र सहभागिताको अधिकार लाई सुनिश्चित गर्नु हामि सबैको उत्तरदायित्व हो र यहि उत्तरदायित्वलाई मनन् गदै उनिहरुको हितका लागि संस्थागत रुपमा पहल तथा सरोकारवाला व्यक्ति तथा निकायको ध्यानार्कषण गर्ने लगायतका वालहितकारी कार्यक्रमहरुको माध्यमहरुवाट पुरै राष्ट्रलाई नै वालअधिकार मैत्रि राष्ट्कोरुपमा विश्वसामु उभ्याउने शंकल्प सहित,संस्था दर्ता ऐन, २०३४ बमोजिम यो संस्था विधिवत रुपमा स्थापना गर्न केहि उस्तै खाले सोच भएका व्यक्त्हिरुको भेलाले यो बिधान २०७० तयार पारेका छौ।े आफनो श्रोत साधन र विवेकले भ्याएसम्म अनेक समस्यावाट गुज्रिरहेका बालवालिकाको उद्दार तथा कल्याणका निमित्त सदैव तत्पर रहि उनिहरुलाई एक असल नागरिकको रुपमा उभ्याउन लागी हरसंभव प्रयत्नमा लागीरहने सन्र्दभमा आवश्यक्ता अनुरुप संबन्धित बालवालिकाकैे क्षेत्रमा कार्यरत अन्य संघ सस्थाहरुसंग समन्वय गरि कार्यक्रमहरु अगाडि बढाइने छ र राज्यलाइ पनि जिम्मेवार बोध गराउन सरकारी निकायहरुसंग छलफल तथा निति र्निमाणमा सहयोगी भुमिका र्निवाह गदै समय समयमा र्शिजनातमक ढंगले दबाब मुलक कार्यक्रमहरुका माध्यमबाट समेत बालबालिका प्रति राज्यको दायित्व निर्बाह गराउन कटिवद्द रहनेकुरा यसै विधानमा उल्लेख गर्दछौं । शारिरीक, मानसिक, सामाजिक तथा मनोवैज्ञानिक समस्यामा परेका बालबालिकाहरुको उद्दार तथा कल्याणका लागी सदैव उच्चदृढताका साथ अधिकारको पक्षमा वकालत गर्ने र कर्तव्यको पक्षमा पनि सचेत गराउन क्रियाशिल रहने उद्देश्य सहित बालबालिकालाई सम्मानजनक जिवनयापन गर्न सक्ने वातावरण निर्माणमा CROWN-NEPAL को भुमिका अपरिहार्य बनाउने भावि योजनाहरु सहित स्थापना गरिएको छ ।”
अध्यक्ष ः लक्ष्मी थापा (नानी थापा)
उपाध्यक्ष ः पवन के.सी .
महा सचिव ः कमल कोइराला
कोषाध्यक्ष ः सविता पौडेल
सदस्यहरु ः
हिमाल भटराई
जितेन्द्र विष्ट
सुवास लामा
शर्मिला शिवाकोटी
तुलसी घिमिरे