Kathmandu Photographer Association

Kathmandu Photographer Association United Photographers from Kathmandu Valley!

पवित्र चाड रक्षाबन्धन तथा जनैपूर्णिमाको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त ग...
28/08/2026

पवित्र चाड रक्षाबन्धन तथा जनैपूर्णिमाको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
​दाजुभाइ र दिदीबहिनी बीचको अगाध प्रेम, विश्वास र समर्पणको प्रतीक यस पर्वले यहाँहरूको जीवनमा सुख, शान्ति, र समृद्धि ल्याओस्। हामी फोटोग्राफरहरू जसरी लेन्सको माध्यमबाट तपाइँका सुन्दर र आत्मीय पलहरूलाई सधैंको लागि कैद गर्छौं, त्यसैगरी यस पर्वले तपाइँको पारिवारिक सम्बन्ध र स्नेहलाई जीवनभर अझ प्रगाढ बनाइराखोस् भन्ने हाम्रो कामना छ।

शाेक विज्ञप्ति
27/08/2026

शाेक विज्ञप्ति

साधारण सभामा उपस्थित हुने सम्बन्धी जरुरी सूचना!
25/08/2026

साधारण सभामा उपस्थित हुने सम्बन्धी जरुरी सूचना!

साधारण सभामा उपस्थित हुने सम्बन्धी जरुरी सूचना
24/08/2026

साधारण सभामा उपस्थित हुने सम्बन्धी जरुरी सूचना

फाेटाेवाक कार्यक्रमकाे प्रतियाेगितामा फाेटाे पठाउन छुट्नु भएका  सहभागीहरूले आफ्ना तस्बिरहरू २०८३ भदौ ८ गते साेमबार राति ...
23/08/2026

फाेटाेवाक कार्यक्रमकाे प्रतियाेगितामा फाेटाे पठाउन छुट्नु भएका सहभागीहरूले आफ्ना तस्बिरहरू २०८३ भदौ ८ गते साेमबार राति १२:०० बजेभित्र इमेल [email protected] मा पठाउन सक्ने गरि संघले 2 दिन समय थप गरेको छ।

काठमाडौँ फोटोग्राफर संघको सुझाव संकलन सम्बन्धी जरूरी सूचना​आदरणीय फोटोग्राफर तथा स्टूडियो व्यवसायी साथीहरू,​फोटोग्राफी व...
23/08/2026

काठमाडौँ फोटोग्राफर संघको सुझाव संकलन सम्बन्धी जरूरी सूचना
​आदरणीय फोटोग्राफर तथा स्टूडियो व्यवसायी साथीहरू,
​फोटोग्राफी व्यवसायलाई थप मर्यादित र व्यवस्थित बनाउन काठमाडौँ फोटोग्राफर संघको कार्यसमिति तथा एरिया समितिका प्रतिनिधिहरू प्रत्यक्ष भेटघाटका लागि तपाईंको स्टूडियोमै आउँदै हुनुहुन्छ।
​मुख्य छलफलका विषयहरू:
​मुल्यसूचि निर्धारण (Rate List): लागत र सेवा अनुसार उपयुक्त बजार मूल्यबारे सुझाव।
​व्यावसायिक समस्या: व्यवसाय सञ्चालनमा देखिएका चुनौती तथा गुनासाहरू।
​रचनात्मक सल्लाह: संघलाई थप प्रभावकारी बनाउन आवश्यक मार्गदर्शन।
​आफ्नो स्टूडियोमा पाल्नुहुने प्रतिनिधिहरूलाई रचनात्मक सल्लाह र स्पष्ट सुझाव उपलब्ध गराई यस अभियानलाई सफल बनाइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
​भवदीय,
काठमाडौँ फोटोग्राफर संघ

आदरणीय सदस्य महानुभावहरू,हार्दिक नमस्कार।​काठमाडौँ फोटोग्राफर संघको विकास, विस्तार तथा फोटोग्राफी पेसालाई थप मर्यादित र ...
22/08/2026

आदरणीय सदस्य महानुभावहरू,
हार्दिक नमस्कार।
​काठमाडौँ फोटोग्राफर संघको विकास, विस्तार तथा फोटोग्राफी पेसालाई थप मर्यादित र व्यवस्थित बनाउन यहाँहरूले पुर्‍याउनुभएको निरन्तर सहयोग र सहकार्यप्रति संघ हार्दिक आभार व्यक्त गर्दछ।
​नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भइसकेको सन्दर्भमा संघको विधान अनुसार सबै साधारण सदस्यहरूले तोकिएको समयभित्र सदस्यता नवीकरण गर्नुपर्ने व्यवस्था रहेको छ। संघका आगामी कार्यक्रमहरूमा सक्रिय सहभागिता सुनिश्चित गर्नका लागि समयमै सदस्यता नवीकरण गरिदिनुहुन सबै सदस्यज्यूहरूमा यहाँशरुकाे अमुल्य सल्लाह र सुझाबकाे अपेक्षा गर्दै हार्दिक अनुरोध गर्दछाैं ।

काठमाडौँ फोटोग्राफर संघले आफ्नो १९औँ स्थापना दिवसको अवसर पारेर ललितपुरको धापाखेलस्थित मानव सेवा आश्रममा खाद्यान्न सहयोग ...
22/08/2026

काठमाडौँ फोटोग्राफर संघले आफ्नो १९औँ स्थापना दिवसको अवसर पारेर ललितपुरको धापाखेलस्थित मानव सेवा आश्रममा खाद्यान्न सहयोग हस्तान्तरण गरेको छ।
​मिति २०८३ साल भदौ ४ गते बिहीबार साँझ ४:०० बजे आयोजित एक संक्षिप्त कार्यक्रमका बीच संघका अध्यक्ष श्री आनन्द प्रभाकर घिमिरेज्यूको अध्यक्षतामा उक्त खाद्यान्न सामग्री आश्रमलाई हस्तान्तरण गरिएको हो। सामाजिक उत्तरदायित्व बहन गर्दै संघले आफ्नो स्थापना दिवस सेवामूलक कार्य गरी मनाएको छ।
​कार्यक्रममा उपस्थित पदाधिकारी तथा सदस्यहरू:
​श्री आनन्द प्रभाकर घिमिरे (अध्यक्ष)
​श्री हरि प्रसाद घिमिरे (निवर्तमान अध्यक्ष)
​श्री हरि ज्ञवाली (उपाध्यक्ष)
​श्री भोजराज घिमिरे (पूर्व उपाध्यक्ष)
​श्री कालिका प्रसाद रिमाल (सचिव)
​श्री चन्द्रलाल राई (कोषाध्यक्ष)
​श्री देवराज गुरुङ (संयोजक)
​श्री बासुदेव घिमिरे (सदस्य)
​श्री सुजन तिमसिना (सदस्य)
​श्री बिनोद ढकाल (सदस्य)
​श्री बासु थापा (सदस्य)
​श्री राजेश थापा
​श्रीमती ललिता थापा
​कार्यक्रममा उपस्थित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूले आश्रममा रहेका आश्रित व्यक्तिहरूको सेवा तथा सहयोगका लागि यस्ता मानवीय कार्यलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

काठमाडौं फोटोग्राफर संघको  १९ औं स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रम (२०८३ भदौ ४ गते, बिहीबार) का केहि झलक
22/08/2026

काठमाडौं फोटोग्राफर संघको १९ औं स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रम
(२०८३ भदौ ४ गते, बिहीबार) का केहि झलक

काठमाडौँ फोटोग्राफर संघ (KPA)द्वारा आयाेजित " Light and Texture" बिषयमा फाेटाे वाक ( Photo Walk) तथा फाेटाे प्रतियाेगिता...
22/08/2026

काठमाडौँ फोटोग्राफर संघ (KPA)द्वारा आयाेजित " Light and Texture" बिषयमा फाेटाे वाक ( Photo Walk) तथा फाेटाे प्रतियाेगिता २०८३ साल भदौ ३ गते बुधबार सम्पन्न कार्यक्रमकाे झलक ।

Address

Newroad
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Kathmandu Photographer Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share