30/07/2026
मानवता भन्दा ठूलो कुनै धर्म हुँदैन।कुनै जात हुँदैन।कुनै भूगोल हुँदैन। मान्छेमा मानवता मर्यो र धर्म मात्र जीवित रह्यो भने त्यो मान्छे,मान्छे हुँदैन। संसारमै नेपालीको पहिचान भनेकै मिलेको समाज र राष्ट्रिय एकता हो । मिलेको समाज र राष्ट्रिय एकता कायम राख्न हामी सबैमा सद्भाव,आपसी विश्वास कायम रहनु आवश्यक छ। सहिष्णुता र सहअस्तित्व नै हामी नेपालीको पहिचान हो। त्यसैले आपसी सद्भाव कायम गरौं ।
हामी नेपाली हो । नेपाली बन्नु पर्छ र नेपाली रहनु पर्छ। त्यसैले सहिष्णुता र सहअस्तित्व सहितको एकता कायम राखौ।