01/04/2026
नीलकण्ठवर्णी १०८ फिट मूर्ति प्रतिष्ठा महोत्सव - दिल्ली अक्षरधाम 🇳🇵🇮🇳
"सेवा र समर्पणको मार्गमा दिव्य आशीर्वाद"
दिल्ली स्थित स्वामीनारायण अक्षरधाममा आयोजित भगवान श्री नीलकण्ठवर्णी महाराजको १०८ फिट अग्लो भव्य मूर्ति प्रतिष्ठा महोत्सवको पावन अवसरमा, नेपालको बुटवल क्षेत्रका उत्साही BAPS युवा कार्यकर्ता कृतन देवकोटाले BAPS संस्थाका वरिष्ठ सन्तहरूको सामीप्य र आशीर्वाद प्राप्त गर्नुभएको छ।
यस विशेष भ्रमणका क्रममा उहाँले BAPS संस्थाका वरिष्ठ एवं परम पूज्य ब्रह्मविहारी स्वामीको सामिप्यमा पुगी उहाँको दिव्य आशीर्वाद ग्रहण गर्नुभयो।
[पूज्य ब्रह्मविहारी स्वामी BAPS संस्थाका एक दूरदर्शी, प्रखर वक्ता र अन्तर्राष्ट्रिय सम्बन्धका कुशल व्यवस्थापक हुनुहुन्छ। उहाँले नै संयुक्त अरब इमिरेट्सको अबु धाबीमा निर्मित ऐतिहासिक र भव्य हिन्दू मन्दिर (BAPS Hindu Mandir) को निर्माण र व्यवस्थापनमा मुख्य नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो। उहाँको अगाध ज्ञान, आध्यात्मिक ऊर्जा र सेवाप्रतिको निष्ठाले विश्वभरका लाखौँ युवाहरूलाई सदैव सही मार्गमा लाग्न प्रेरणा दिँदै आएको छ।]
साथै, दिल्ली अक्षरधामका कोठारी पूज्य मुनिवत्सल स्वामी गान्धीनगर अक्षरधामका विद्वान सन्त पूज्य श्रुतिप्रकाशदासजीस्वामी लगायत अन्य पूज्य सन्तहरूको पनि दर्शन गरी आशीर्वाद लिने सौभाग्य प्राप्त गर्नुभएको छ। वरिष्ठ सन्तहरूको यो सामिप्य र मार्गदर्शनले उहाँलाई सेवाको मार्गमा अझ दृढ बनाएको छ।
बुटवलबाट यस ऐतिहासिक महोत्सवमा सहभागी हुन पुग्नुभएका युवा साथी कृतनलाई पूज्य सन्तहरूले प्रदान गर्नुभएको यो विशेष आशीर्वादले आगामी दिनमा नेपालमा सत्संग, संस्कार र समाजसेवाको कार्यलाई अझ नयाँ उचाइमा पुर्याउन ठूलो ऊर्जा प्रदान गर्नेछ।
जय स्वामीनारायण! 🙏🌸