17/06/2026
हार्दिक आभार तथा धन्यवाद
नेपाल नेत्रज्योति संघद्वारा लायन्स अन्तर्राष्ट्रिय मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपाललाई प्रदान गरिएको “नेत्रज्योति विशिष्ट सम्मान” प्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।
नेपालमा आँखा उपचार सेवा, दृष्टि संरक्षण तथा अन्धोपन निवारण अभियानमा लायन्स परिवारले पुर्याएको योगदानको कदरस्वरूप प्राप्त यो सम्मान सम्पूर्ण नेपाली लायन्स सदस्यहरूको साझा गौरव हो।
यस सम्मानका लागि नेपाल नेत्रज्योति संघका सम्पूर्ण पदाधिकारी तथा परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि मानव सेवाका कार्यहरूमा अझ समर्पित भई अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं।
लायन मिलन थापा
काउन्सिल चेयरपर्सन
मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपाल