विमर्श युवा प्रतिष्ठान
देश बदल्ने अभियानमा
विभन्न विश्वविद्यालयबाट दिक्षीत नेपाली युवाहरू विमर्श युवा प्रतिष्ठान नेपाल (विमर्श नेपाल) मार्फत एकताको मालाका गाँसिएका छन्, र उनीहरूको उद्देश्य हो : देशको ज्ञानकोषलाई अझ सम्पन्न बनाउनु, र नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउनु ।
विमर्श नेपालको अवधारणा
१. यो प्रतिष्ठान दलगत राजनीतिभन्दा माथि छ, र राजनीतिलाई चासोका साथ देशहितमा प्रयोग गरिएको–नगरिएको ब
ारेमा निगरानी राख्तछ ।
२. यसमा १९ देखि ३० वर्षका सिर्जनशील, कर्मठ र देशभक्त युवा सामेल छन् । ईच्छुक र कर्मठ सबैलाई समेल गराइने छ ।
३. यसले नेपाली साहित्यलाई नेपालको राष्ट्रिय गौरवको अन्तर्राष्ट्रिय प्रक्षेपणको एक प्रमखु माध्यम मानेको छ । त्यसले, यसले युवाहरूका बीच साहित्यक सम्मेलन, कार्यशाला गोष्ठ र विमर्शहरूको आयोजना गर्दै आएको छ, अझ घनिभूत रुपमा गर्नेछ ।
४. साहित्यका अतिरिक्त यसले अनुसन्धान, राजनैतिक अध्ययन, युवा मामला, इतिहास अध्ययन र मीडिया क्षेत्रमा पनि युवाहरूलाई सँग्लग्न गर्दै राष्ट्रहितमा काम गर्नैछ ।
युवा लेकखलाई के फाइदा?
— देशका कुना कुनामा बसेर साहित्य लेखिरहेका युवाहरूलाई, अग्रज र स्थापित साहित्यकारहरूसँग गरिने प्रतक्ष विमर्शमार्फत् दीक्षित गर्ने ।
— उनीहरूका प्रकाशित पुस्तक पाए, तिनीहरूमाथि राष्ट्रिय सञ्चारमाध्यमबाट समीक्षा वा समालोचना गराउने ।
— पाण्डुलिपि तयार पारेर बसेका युवा लेखकको पाण्डुलिपिलाई विज्ञबाट निःशुल्क सम्पादन गरी प्रकाशनयोग्न बनाउने ।
— प्रकाशनका लागि उचित परामर्श र सल्लाह दिने, र प्रकाशन गृहसँग पनि समन्वय गराउने ।
— लेखन प्रशिक्षण चाहिने ठाउँमा त्यो पनि गराउने ।
— विमर्श नेपालसँग जोडिएका लेखकहरूका कृति प्रकाशित भएको खण्डमा देशभरि चर्चा, परिचर्चा र विमर्श गराउने ।
— विमर्श नेपालसँग जोडिएका युवालाई देशका विभिन्न ठाउँमा भ्रमण गराउने ।
— युवाका राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने ।
— युवासँगका प्रकाशनका सामेल गरिने ।