25/08/2026
*** आधारभूत तहमा शैक्षिक नेतृत्व सम्बन्धी कार्यशाला ***
कोलाबोरेटिभ स्कूल्स नेटवर्क (CSN) र आँबुखैरेनी गाउँपालिकाको आयोजनामा मिति २०८३ भाद्र ८ गते आधारभूत तहमा शैक्षिक नेतृत्व सम्बन्धी एकदिने अन्तरक्रियात्मक कार्यशाला “चिन्तनदेखि नेतृत्वसम्म” सफलतापूर्वक सम्पन्न भयो।
उक्त कार्यक्रममा आँबुखैरेनी गाउँपालिका अन्तर्गत CSN सँग आबद्ध विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, पाठ्यक्रम व्यवस्थापक, सूचना अधिकारीहरू, शिक्षा शाखा प्रमुख; निर्मला कुँवर, CSN का निर्देशक राजन महर्जन तथा CSN आँबुखैरेनी टिमको उपस्थिति रहेको थियो।
कार्यशालामा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, प्रभावकारी व्यवस्थापन, र सिकाइ उपलब्धि सुधारका लागि आवश्यक नेतृत्वदायी भूमिकामाथि केन्द्रित रहँदै शैक्षिक सुधारका असल अभ्यास, चुनौती र आगामी कार्यदिशाका विषयमा गहन छलफल गरियो।
यस कार्यशालालाई सहजकीकरण गरिदिनु भएकोमा काठमाडौंमा अवस्थित सरस्वती निकेतन माध्यमिक विद्यालयकी प्रधानाध्यापक एवं सहजकर्ता रबीना महर्जनप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौँ।
*** ᴏɴᴇ-ᴅᴀʏ ᴡᴏʀᴋꜱʜᴏᴘ ᴏɴ ᴇᴅᴜᴄᴀᴛɪᴏɴᴀʟ ʟᴇᴀᴅᴇʀꜱʜɪᴘ ***
Collaborative Schools Network (CSN), in partnership with Aanboo Khaireni Rural Municipality, successfully hosted a one-day interactive workshop titled "From Reflection to Leadership" on August 24, 2026 (Bhadra 8, 2083).
The event brought together CSN team, CSN Director; Rajan Maharjan, Education Officer of Aanboo Khaireni Rural Municipality; Nirmala Kunwar, Headteachers, Assistant Headteachers, Curriculum Managers, and Information Officers from CSN-partnered schools across the municipality.
We extend our heartfelt gratitude to Ms.Rabina Maharjan, Headteacher of Saraswati Niketan Secondary School, Kathmandu for her facilitation and for making this workshop insightful.
With:आँबुखैरेनी गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखा