26/02/2026
आज म लेख्दैछू:
राष्टिय दहि चिउरे पार्टीको प्रतिज्ञा पत्र :
यस्ले चाहि देश बनाउछ कि भनेर कहिले कॅाग्रेसलाइ , कहिले एमालेलाइ ,कहिले माओबादी , राप्रपा हूदै सबै पार्टीमा भोट ठोकि सकेका ,बेला बखत सबैका भजन पनि गाइ सकेका ,दिक्क भएका , पछुतायका , पछुताउन सुरू गरेका , कहिले खुट्टा यता उचाल्ने ,कहिले खुट्टा उता उचाल्नेहरू मिलेर एउटा दहि चिउरेहरू दस्ता खोलि ,गोलबन्द हूदै एउटा निष्कर्षमा पुग्दै निर्वाचनमा आधारित एउटा प्रतिज्ञापत्र जारि गरेका छौ :
पूरानाले केहि गर्दै गरेनन भन्ने कुरामा चाहि हामी दहि चिउरेहरू फिटिक्कै सहमत छैनौ !
३० बर्ष अघि र अहिले देशको र जनताको जीवन स्तरमा आकाश जमिनको अन्तर भएकै छ!
भौगोलिक कठिनताका बावजूद पनि गॅाउ गॅाउमा बाटो पनि पुगेकै हो ,दूर्गम ठॅाउहरूमा बत्ति पुग्या छ
स्वास्थ्य चौकि छ , हात हातमा स्मार्ट फोनहरू छन्
हाम्रा गॅाउघरमा ३० बर्ष अघि २ छाक खान पनि धौ धौ हुने ठॅाउमा आज त्यो अबस्था छैन !
अनि यस्तो भाको था पाउदा पॅाउदै किन दहि चिउरेहरू भएर
यता र उता गरीराको त भन्ने प्रश्न आउला
यसमा हामी समस्त दहि चिउरेहरूको निष्कर्ष यस्तो रह्यो :
१)यहॅा एउटा पिएनले हाकिम थर्काउछ!
२)एउटा बिद्यार्थीले शिक्षक ठटाउछ !
३)विरामी कुरूवाले डाक्टर भकुर्छ !
४)अधिकार टेबुल ठोकेर मागिन्छ कर्तब्य मस्यू ( था छैन)
४ )प्रबिधिले यति फड्को मार्दा पनि हामि फाइल बोकेर यो टेबल बाट अर्को टेबल जाने पूरानै ढॅाचा जिन्दाबाद छ
५)पैसा नदिए ५ दिन ,पैसा दिए ५ मिनेटमै काम हुन्छ , चिनेको मान्छे भएन भने अस्पताल देखि सिडियो कार्यालय सम्म हन्डहर खानु पर्छ ! ६) यूवाहरू बिदेश गए भनेर चिन्ता मात्रै गरिन्छ , यूवा पलायन लाइ रोक्ने कुनै ठोस नीति र कार्यक्रम छैन !
यस्तो चाहि किन भा रहेछ त ? दहि चिउरे निष्कर्ष:
१)दलहरूले कर्मचारी लगायत बिभिन्न पेशागत संगठन खोलेर त्यस्को नाममा दादागिरी गर्ने छुट दिए ,
२)पार्टी र पार्टीका कार्यकर्ताको हितमा काम गर्नाले दन्डहीनता , ढिलासुस्ती र भ्रष्टाचार बढ्यो ! ३)पूरानो दलहरू लाइ अलोकप्रिय बनाएको पनि त्यहि कुराले नै थियो जस्ले गर्दा , पूरानाले गरेका राम्रा काम पनि छोपियो बिद्रोह पनि भयो र हामि जस्ता दहिचिरे हरू पनि जन्मिए!
अत: हामि राष्ट्रिय दहिचिउरेको भेलाले के पनि निष्कर्ष निकालेको छ भने यदि यहि अबस्थामा दलहरू बिच यो बिसंगतीलाइ हटाउने प्रतिबद्दता भएन भने चुनाबमा बालेन,गगन , ओली त के स्वयं महादेबले नै जिते पनि केहि हुने वाला छैन …त्यसैले नेपाल दहि चिउरे पार्टीले निम्न लिखित बूदॅाहरू समाबेश गरेर एउटा प्रतिज्ञापत्र जारि गरेका छौ :
१ )बिगतमा एउटै पार्टीको धेरै भजन गाएर घॅाटी सुकेकोले आइन्दा भजन गाउदै नगाउने ,वरू त्यसको सट्टा गीत गाउन थाल्ने ,परिस्थिति हेर्ने त्यसै अनुसार कहिले पप गीत ,कहिले लोकगीत त कहिले आधुनिक गीत गाउने
२) दलहरूले नून चटाएर , झोला भिराउने र भजन गाउन लगाउने पूरानो चलन बाट सचेत भएर कसैको नूनै नखाने नीति अपनाउने , जस अनुसार मासु भातमा नून र गुनको मात्रा धेरै हुने हुनाले मासु भात छूंदै नछुने र दहि चिउरालाइ नै
हाम्रो राष्टिय भोजनको रूपमा ग्रहण गर्ने !
३) पद ,पैसा र प्रतिष्ठा यी “प” शब्दहरूले लोभ्याएर नै मासु भात खॅाउ खॅाउ लाग्ने हुनाले “प “ भन्ने शब्द बाट परै बसेर
गुण र दोषका आधारमा “स “ बाट समर्थन गर्ने !
४ ) फरक फरक पसल जाने बुझ्ने र जुन पसलमा छिर्दा परिवर्तनको सम्भावना देखिन्छ जस्तो लाग्छ त्यतै छिर्ने र ढुक्क संग मतदान गर्ने !
५) भोट हाल्दा मेरो भोट खेर जाला भनेर नडराउने , आफ्ले हाल्या मान्छेले हारेर भोट खेर जॅादैन ,वरू गलत मान्छेले जित्यो भने चाहि भोट खेर जान्छ !
५) होइन, सबै मैले लेख्दिनु पर्ने ?केहि त अरू दहि चिउरे साथिहरूले पनि थप्नु नि ! शुभप्रभात!