29/03/2024
ुक्रबार :- असल शुक्रबार भनेको सारा मानव जातिको पापको लागि येशू ख्रीष्ट कलवरीको क्रूशमा मर्नुभयो।जुन सारा संसारको सबै मानिसको पाप धुनको निम्ति पूर्ण बलिदान थियो ।सबै मानिस पापी भएको कारणले गर्दा येशू मात्र पवित्र र सिद्ध हुनुहुन्थ्यो र उहाँको रगत बगाईन अवस्यक थियो ।येशूको पवित्र रगत सारा संसारको सबै हरेक मानवजाति र मानिसको निम्ति कलवरीको क्रूशमा बगाउनु भयो ।उहाँ हामी सबै पापीको निम्ति कलवरीको क्रूशमा मर्नुभयो। तपाई र म आज त्यो पापको भारी बोकेर त्यो खपरे डाडामा गएर कलवरीको क्रूशमा मर्नुपर्ने थियो, तर हामी सबैको पापको खातिर येशू ख्रीष्ट कलवरीमा आफै लाई क्रूशमा अर्पण गर्नुभयो । तपाई र मलाई मुक्ती र अनन्त जीवन दिनलाई ।हामी सबै पापीले भोग्नुपर्ने दण्ड येशूले आफै भोग्नुभयो।यसलाई नै ुक्रबार भनिन्छ।
#हिब्रू९:२२-रगत नबगाईकन पापको क्षमा हुनै सक्दैन।
हिब्रू१०:४-किनकि साढ़े र बोकाहरूको रगतले पाप हरण गर्न असम्भव छ।
#इष्टर :-इष्टरलाई हामी पुनस्र्त्थान भन्छौ हामी येशू मारिनुभयो,गाडिनु भयो र तेस्रो दिनमा धर्मशास्त्रले भनेझैं येशू ख्रीष्ट बौरी उठ्नुभयो।
# १कोरन्थी१५:३-४
-किनभने मैले जे पाएँ त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिएँ, अर्थात् पवित्र धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो।
उहाँ गाडिनुभयो, र पवित्र धर्मशास्त्रअनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो।
#यूहन्न११:२५-येशूले तिनलाई भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ।
येशू मरेको मरे भएन उहाँ मृत्यु लाई जित्नु भयो ।उहाँ पुनरुथान हुनुभयो ।एक दिन हामीलाई पनि आश छ हामी शरीरमा मरेपनी एकदिन अबशे उहाँ संगै महिमित शरीरमा पुनरुथान हुनेछौ।
विशेष गरि तीनवटा कुराहरुले येशू ख्रीष्ट जीवित भई उठ्नुभएको कुरालाई प्रमाणित गर्द्छ:-
१)आँखाको साक्षी - मर्कूस १६:९,१२-१३, यूहन्न२०:११-१८
लूका २४:३०-३५.
२)रित्तो चिहान -
मर्कूस१५:४०-४६,लूका २४ अध्याय यूहन्न१९,२०,२१ अध्यायहरु।
३)मण्डलीको जन्म :प्रेरित २:३७-४७,१७:६।
#रवि_श्रेष्ठ