29/01/2023
हिमालयन रिजन वेलफेयर फाउन्डेसन नेपालले विद्यार्थी, शिक्षक र अभिभावकहरूको लागि शिक्षा सम्मन्धि जिवनोपयोगी उत्प्रेरणात्मक कार्यक्रम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त उत्प्रेरक ईश्वर श्रेष्ठबाट निम्न मिति, समय र स्थानमा प्रशिक्षण गरिने भएकोले उक्त कार्यक्रममा उपस्थितीको लागी सम्पूर्ण मा हार्दिक अनुरोध गरिन्छ ।
कार्यक्रम माघ २३ देखि माघ २७ गतेसम्म लामाबर, ओराङ, बुलुङ, लादुक र सिंगटीका उच्च माध्यमिक विद्यालयमा हुनेछ । मौकाको फाइदा उठाउन नबिर्सनुहोस्। बिगु वडा 5-8 बाट गत वर्षको कार्यक्रममा उपस्थित सबै इच्छुक विद्यार्थी, शिक्षक र अभिभावकहरूले पनि माघ २७ गते सिंगटीमा हुने कार्यक्रममा उपस्थित हुन सक्नेछन्।
कार्यक्रमः
२३ माघ – बिगु १, गौरीशंकर मावि
२४ माघ - बिगु ४, सन्ति आदर्श उच्च मावि
२५ माघ - बिगु - ३, शारदा मावि
२६ माघ – बिगु – २, देव लिंगेश्वर मावि
२७ माघ - बिगु - ४, सिंगटी, बिगु पोली प्राविधिक विद्यालय