Nepal Sewa kendra - NSC

Nepal Sewa kendra - NSC Service Goodwill and Help

14/04/2026

नव वर्ष २०८३ प्रवेशको पावन अवसरमा सेवा केन्द्रका शुभचिन्तक, सदस्य लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुहुने महानुभावमा हार्दिक मङ्गलमय शुभकामना!

14/04/2026

नव वर्ष २०८३ प्रवेशको पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना !

09/02/2026

-:हार्दिक आभार:-
सेवा केन्द्र स्थापनाका प्रेरणा स्रोत एवं आजीवन सदस्य, नेपाल कुल वंश परम्पराका अथक साधिका एवं अदम्य साहस र धैर्यताका प्रतिमूर्ती, समस्त जिव जगतकी स्नेही, हामी सबैका मातातुल्य सामाजसेवी आदरणीय व्यक्तित्व स्व. डम्बरकुमारी नेपाल (भागवती दासी) यो धराधाम छोडि गोलोकधाम प्रस्थान भएको आज २० दिन भैसकेछ । उहाॅको परिवारमा आइपरेको यो अकल्पनीय पिडादायक घटनाका कारण परिवार शोकमा डुबेको अवस्थामा समवेदना प्रकट गर्दै ब्रहिमलिन आत्माको चिर शान्तिको कामना अर्पण गर्न उपस्थित रहनुहुने यस केन्द्रका सदस्य एवं शुभचिन्तक महानुभावहरु, स्टमित्र, दाजुभाइ, आफन्तजन तथा विभिन्न संघसंस्थाका प्रतिनिधिज्यूहरु प्रति सेवा केन्द्र परिवार अनुग्रहित छ । यस दुखको घडीमा प्रत्यक्ष उपस्थित भै वा सामाजिक सञ्जाल लगायतका माध्यमबाट परिवार प्रति समवेदना र दिवङ्गत व्यक्तित्व प्रति श्रद्धाञ्जली अर्पण गर्ने सबै महानुभाव प्रति सेवा केन्द्र परिवार ह्रृदय देखि नै आभार प्रकट गर्दछ !

वीरबहादुर मगर
का.वा. अध्यक्ष
एवं नेपाल सेवा केन्द्र परिवार
चावहिल, काठमाडौँ

हार्दिक श्रद्धासुमन अर्पण !नेपाल सेवा केन्द्र स्थापना एवं सञ्चालनका प्रेरणा स्रोत, आदर्श अद्यात्मिक व्यक्तित्व, यस केन्द...
22/01/2026

हार्दिक श्रद्धासुमन अर्पण !
नेपाल सेवा केन्द्र स्थापना एवं सञ्चालनका प्रेरणा स्रोत, आदर्श अद्यात्मिक व्यक्तित्व, यस केन्द्रका अध्यक्षज्यूका धर्मपत्नी विराटनगर निवासी माता डम्बरकुमारी नेपाल (भागवत दासी) मिति २०८२ साल माघ ७ गतेका दिन ८१ वर्षको उमेरमा भगवत धाम प्रस्थान भएको खबरले सेवा केन्द्र परिवार स्तव्ध भएको छ । यस अकल्पनीय शोकको घडिमा गोलोकधाम गमन गर्नुहुने माताजीमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा भावपूर्ण समवेदना अर्पण गर्दछौॅ !
नेपाल सेवा केन्द्र परिवार
चावहिल, काठमाडौं

हार्दिक श्रद्धाञ्जली------------------       भोजपुर साविक वासिङ् थर्पु गाउं पञ्चायत हाल आमचोक दयाला -१ का पूर्व प्रधानपन...
28/12/2025

हार्दिक श्रद्धाञ्जली
------------------
भोजपुर साविक वासिङ् थर्पु गाउं पञ्चायत हाल आमचोक दयाला -१ का पूर्व प्रधानपनञ्च, देबऋषि पराजुली बंश समाजका केन्द्रीय अध्यक्ष साविक महेन्द्रनगर २, सुनसरी कर्म क्षेत्र बनाई पछिल्लो समय इटहरी निवास गर्नु भएका सताब्दी पुरुष श्रद्धेय डिल्ली प्रसाद पराजुली १०३ बर्षको उमेरमा मिति २०८२/०९/१० गते बिहिवारका दिन बैकुण्ठ धाम गमन भएको खबरले स्तब्ध बनाएको छ । नेपाल सेवा केन्द्र स्थापनाका प्रेरणा स्रोत समाजसेवी व्यक्तित्व पराजुली बुबा प्रति सेवा केन्द्र परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै यस शोकको घडीमा उहाँका सुपुत्र पुण्य,केदार,एकराज,इन्द्र र डम्बर पराजुली लगायत सम्पूर्ण पराजुली परिवार जनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।
देवीप्रसाद नेपाल
अध्यक्ष
एवं नेपाल सेवा केन्द्र परिवार
चावहिल, काठमाण्डौ

Address

Kathmandu
44602

Alerts

Be the first to know and let us send you an email when Nepal Sewa kendra - NSC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share