TiGeR GaNg

TiGeR GaNg We r Da TiGeR, ....raise to born the world and lead the people .

Kosle rokirako yasari …..
12/09/2025

Kosle rokirako yasari
…..

भ्रष्टाचार र दमनबिरुद्ध छानबिन गर्न नमानेपछि कार्कीको अस्वीकार : “हातखुट्टा बाँधेर जिम्मेवारी चाहिँदैन”

काठमाडौं, २७ भदौ – जेनजी आन्दोलनकारीको मागअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउन सहमति भएको भए पनि भ्रष्टाचार र आन्दोलनका क्रममा भएको दमनबारे उच्चस्तरीय छानबिन गर्न दलहरू असहमत भएपछि प्रक्रिया रोकिएको छ।

शीतलनिवासमा बसेको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रत्यक्ष सहभागी थिए भने कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली फोनमार्फत सम्पर्कमा थिए। उनीहरूले आन्दोलनमा भएको अत्यधिक बल प्रयोग, ३४ जनाको मृत्यु र भ्रष्टाचारसम्बन्धी घटनामा उच्चस्तरीय छानबिन गर्न अस्वीकार गरेका छन्।

उच्च स्रोतका अनुसार दलहरूले यस्तो आयोग गठन गर्दा दलविरुद्ध जनआक्रोश बढ्ने ठहर गर्दै छानबिन अस्वीकार गरेका हुन्।

दलहरूको अस्वीकारपछि प्रस्तावित प्रधानमन्त्री कार्की बैठकबाट उठ्दै भनिन्, “हातखुट्टा बाँधेर काम गर्न नपाउने जिम्मेवारी चाहिएन।”

राष्ट्रपति रामचन्द्र पौडेल संविधानको दायरामै रहेर समाधान खोज्न प्रयासरत रहेको भन्दै बिहीबार दिनभरि र शुक्रबार बिहान ४ बजेसम्म कार्की, दलका शीर्ष नेताहरू र सभामुख देवराज घिमिरेसँग निरन्तर छलफल भएको थियो। तर, अन्तरिम सरकार गठनबारे स्पष्ट प्रगति हुन सकेको छैन।

शुक्रबार दिउँसो फेरि छलफल गर्ने भनिए पनि प्रक्रिया अझै रोकिएको अवस्थामा छ।

10/09/2025
12/02/2025
12/02/2025
Did you notice this🤣🤣
13/12/2024

Did you notice this🤣🤣

Address

Samkahusi/29
Kathmandu
07185

Telephone

9813996950

Website

Alerts

Be the first to know and let us send you an email when TiGeR GaNg posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to TiGeR GaNg:

Share