Nepal Police Wives Association-NPWA

Nepal Police Wives Association-NPWA Service as our religion with this motto Nepal Police wives association was established for social purpose. It is completely non-profit, committed to service

It is completely non-profit, committed to service during national calamities, consolidate humanitarian efforts & other good works of human welfare in the filed of education, health & sports through the use of internal resources. It is human welfare motivated organization, established on 20th August, 1984, the head office is located in Bhrikutimandap, Kathmandu. From its genesis it has been continuously working notably for police wives but also overall women empowerment, skill development, capacity building & awareness campaigns. Similarly it also looks after family of martyr and wounded police & their kid’s education, Stiffen with smooth coordination along with hospital it has been coordinating wealth campaigns also.

निःशुल्क स्वास्थ्य शिविर तथा खानेपानी वितरण कार्यक्रम सम्पन्न ।काठमाडौं, २०८३ भाद्र २९ गते सोमबार ।*********************...
14/09/2026

निःशुल्क स्वास्थ्य शिविर तथा खानेपानी वितरण कार्यक्रम सम्पन्न ।
काठमाडौं, २०८३ भाद्र २९ गते सोमबार ।
********************************************************
नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना तथा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंको प्राविधिक सहयोगमा नारीहरुको महान चाड “हरितालिक तीज २०८३” को पावन अवसरमा श्रीपशुपतिनाथ मन्दिरमा पाल्नु हुने श्रद्धालु भक्तजनहरुलाई लक्षित गरी नि:शुल्क स्वास्थ्य शिविर तथा खानेपानी वितरण कार्यक्रम सम्पन्न ।
धार्मिक आस्था र भक्तिभावका साथ श्रीपशुपतिनाथ मन्दिरमा उपस्थित श्रद्धालु भक्तजनहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै आयोजित उक्त कार्यक्रममा विशेषज्ञ चिकित्सकसहितको प्राविधिक टोलीद्वारा स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान गर्नुको साथै भक्तजनहरूलाई खानेपानी वितरण गरिएको थियो ।
कार्यक्रममा यस संघका पदाधिकारीज्यूहरू, आसरा सुधार केन्द्र, रानीबारीका पदाधिकारीज्यूहरू, नेपाल प्रहरी अस्पतालका विशेषज्ञसहितको प्राविधिक टोली तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा २३५ जना श्रद्धालु भक्तजनहरूले निःशुल्क प्राथमिक स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श सेवा प्राप्त गरी लाभान्वित हुनुभएको थियो ।

नेपाली नारीहरुको महान पर्व हरितालिका तीज २०८३ को हार्दिक शुभकामना !
14/09/2026

नेपाली नारीहरुको महान पर्व हरितालिका तीज २०८३ को हार्दिक शुभकामना !

राहत सामग्री वितरणमिति २०८३।०५।१५ गते सोमबार ।*********************************भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरुलाई रा...
01/09/2026

राहत सामग्री वितरण
मिति २०८३।०५।१५ गते सोमबार ।
*********************************
भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरुलाई राहत तथा पून : स्थापनामा सहयोग पुर्याउने उद्देश्यले यस नेपाल प्रहरी श्रीमती संघद्धारा राहत सामाग्री (खाद्यान्न, आवश्यक औजार, टेन्ट, म्याट) लगायतका सामाग्रीहरु वितरण गर्नुको साथै विपद उद्धारमा अग्र पंत्तिमा खटिने सुरक्षाकर्मीहरुको स्वास्थ्यलाई मध्य नजर गर्दे जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई आवश्यक मेडिकल सामाग्रीहरु समेत हस्तान्तरण गरिएको छ ।

नेपाल प्रहरी श्रीमती संघ र निजी तथा आवसीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) बीच शैक्षिक सहकार्यको आपसी समझदारी पत्रम...
27/08/2026

नेपाल प्रहरी श्रीमती संघ र निजी तथा आवसीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) बीच शैक्षिक सहकार्यको आपसी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा सम्पन्न ।
मिति २०८३।०५।११ गते, विहीबार
******************************************************************
नेपाल प्रहरी श्रीमती संघ र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (PABSON) बीच प्रहरी परिवारका सन्ततीको शैक्षिक अवसर विस्तार, छात्रवृत्ति तथा विद्यार्थी सुरक्षा, अनुशासन र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले समझदारी–पत्र (MoU) मा हस्ताक्षर सम्पन्न भएको छ ।
यस समझदारी पत्रले नेपाल प्रहरीमा कार्यरत बहालवाला प्रहरी परिवार, अमर/अशक्त प्रहरी परिवार तथा पूर्व प्रहरी परिवारका सन्ततीहरूलाई PABSON आवद्ध विद्यालयमार्फत छात्रवृत्ति तथा शैक्षिक अवसर उपलब्ध गराउन सहयोग पुग्नुका साथै विद्यार्थीहरूमा अनुशासन, नैतिक शिक्षा, सामाजिक उत्तरदायित्व, साइबर सुरक्षा, लागूऔषध दुव्र्यसन नियन्त्रण, ट्राफिक सुरक्षा तथा बाल सुरक्षा सम्बन्धी सचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालनमा सहकार्य गरिनेछ साथै विद्यालय बसका चालक तथा सहचालकहरूका लागि ट्राफिक नियम, विद्यार्थी सुरक्षा, प्राथमिक उपचार तथा आपतकालीन व्यवस्थापन सम्बन्धी सचेतना तथा तालिमको समेत सहकार्य गरिनेछ ।
संघका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यू तथा PABSON का अध्यक्ष श्री कृष्णप्रसाद अधिकारीज्यूले समझदारी–पत्रमा हस्ताक्षर गर्नुभएको उक्त कार्यक्रममा संघका पदाधिकारीज्यूहरु, PABSON का पदाधिकारीज्युरहरु र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ‍ ।

४२ औं वार्षिकोत्सव विशेष समारोह सम्पन्न काठमाडौं, २०८३ भाद्र ४ गते  बिहिबार ***************************यस नेपाल  प्रहरी ...
20/08/2026

४२ औं वार्षिकोत्सव विशेष समारोह सम्पन्न
काठमाडौं, २०८३ भाद्र ४ गते बिहिबार
***************************
यस नेपाल प्रहरी श्रीमती संघको ४२ औं वार्षिकोत्सव विशेष समारोह कार्यक्रम नेपाल पुलिस क्लव The Blue Pavilion को सभाहलमा “सहचरी स्मारिका २०८३” को विमोचन सहित सम्पन्न भएको छ ।
माननीय महिला बालबालिका , लैङ्गिक तथा यौनिक अल्पसख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष कमला पराजुलीज्यू, नेपाल प्रहरी संगठन प्रमुख श्रद्धेय श्रीमान् प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यू, यस संघका संस्थापक अध्यक्ष श्रीमती बशुन्धरा लामाज्यू, निजामती कर्मचारी श्रीमती संघका अध्यक्ष श्रीमती संजिवी कार्कीज्यू, सशस्त्र प्रहरी परिवार महिला संघका अध्यक्ष श्रीमती सावित्रा कुमारी जैसीज्यू, श्रीमती जानकी महत कार्कीज्यू, प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरु, संघका उपाध्यक्षज्यूहरु, पूर्व उपाध्यक्षज्यूहरु, प्रहरी नायव महानिरीक्षकज्यूहरु, संघका सल्लाहकारज्यूहरु, पूर्व सल्लाहकारज्यूहरु, प्रहरी वरिष्ठ उपरीक्षकज्यूहरु, नेपाल प्रहरी श्रीमती संघका कार्यसमितिका पदाधिकारीज्यूहरु, निजामती कर्मचारी श्रीमती संघ, सैनिक श्रीमती संघ, सशस्त्र प्रहरी परिवार महिला संघका कार्यसमितिका पदाधिकारीज्यूहरु, सिनियर तथा जुनियर प्रहरी अधिकृतज्यूहरु अन्य प्रहरी कर्मचारीहरु तथा अतिथि महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमममा प्रमुख अतिथिज्यूबाट समाजसेवी ECDC/पुतली घरका अध्यक्ष पुष्पा बस्नेतज्यू, समाजसेवी नविन जोशी, तेक्वान्दो खेलाडी पलेशा गोबर्धन, प्रहरी जवान साहना बोहरा र प्रहरी कार्यालय सहयोगी नारिका राईलाई सम्मान पत्र प्रदान गर्नु भई सम्बोधन मन्तव्य समेत प्रदान गर्नु भएको थियो भने विशिष्ट अतिथि नेपाल प्रहरीका संगठन प्रमुख श्रद्धेय श्रीमान् प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूले समाजसेवी पूजा विश्वकर्मा बस्नेतज्यू, कलाकार सरोज ओलीज्यू, सहचरी नाटकका रचनाकार पूर्व प्र.ना.उ. शिवराज बस्नेतज्यू गोपाल गौरीदिगो विकास प्रतिष्ठानका अध्यक्ष इन्दिरा गौतमज्यूलाई कदर प्रत्र प्रदान गर्नु भई नेपाल प्रहरी श्रीमती संघलाई शुभकामना मन्तव्य समेत प्रदान गर्नु भएको थियो ।
साथै उक्त कार्यक्रमका सभा अध्यक्ष नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूले CBM College का अध्यक्ष लेखनाथ कोइरालाज्यू, Lord Buddha Education Foundation का अध्यक्ष पंकज जलानज्यू, नेपाल एस.वि.आई. बैंक लि.का. प्रमुख व्यवसाय विकास अधिकृत प्रविनमूनी बज्राचार्यज्यू , नेपाल प्रहरी अस्पतालका प्रा.डा. जयन्ती ढुङ्गानाज्यू, नेपाल प्रहरी संगित विद्यालयका प्र.ना.उ. रमन बहादुर पल्लि मगरज्यू, साहारा असहाय बाल सुधार गृहका सञ्चालक इश्वरी गुरुङज्यू, नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखाका प्र.व.ना.नि. सन्तोष लामाज्यू, नेपाल प्रहरी प्रधान कार्यालय फोटोग्राफी शाखाका प्रहरी जवान बिरेन्द्र बुढाज्यू , नेपाल प्रहरी अस्पतालका प्रहरी कार्यालय सहयोगी भावनी सापकोटालाई समेत प्रशंसा पत्र प्रदान गर्दै संघको ४२ औं वार्षिकोत्सवको पावन अवसरमा संघलाई स्थापना कालदेखि हाल सम्मको अवस्थामा पुर्याउन महत्वपूर्ण योगदान दिनु हुने संस्थापक अध्यक्षज्यू, पूर्व अध्यक्षज्यूहरु लगायत संघका पदाधिकारीज्यूहरु, पूर्व पदाधिकारीज्यूहरुप्रति उहाँहरुले निर्वाह गर्नु भएको भूमिका र योगदानको विशेष महत्वका साथ स्मरण गर्दै संघको सामाजिक सेवा क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हने नेपाल प्रहरी संगठन , विभिन्न संघ संस्था तथा व्यक्तित्वहरुलाई उहाँहरुको साथ, समर्थन र सहयोगको लागि विशेष धन्यवाद अर्पण गर्नु भएको थियो । त्यसै गरी नेपाल प्रहरी श्रीमती संघका सचिव (प्रशासन) श्रीमती वरुणा वडाल थपलियाज्यूले स्वागत मन्तव्य प्रस्तुत गर्नु भएको थियो ।
उक्त समारोहमा संघ तथा प्रदेशद्वारा सम्पन्न गरिएका कार्यक्रम गतिविधि समेटिएको वृत्त वित्र तथा विभिन्न साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो भने उक्त कार्यक्रमको सञ्चालन प्रहरी नायव निरीक्षक एलिजा गिरीज्यू र प्रहरी सहायक निरीक्षक विद्या घलेज्यूले गर्नु भएको थियो ।

मिति २०८३ साल साउन २९ गते शुक्रबार आसरा सुधार केन्द्र रानीबारी परिसरमा केन्द्रकी समादरणीय अध्यक्ष श्रीमती नबिना खत्री का...
16/08/2026

मिति २०८३ साल साउन २९ गते शुक्रबार आसरा सुधार केन्द्र रानीबारी परिसरमा केन्द्रकी समादरणीय अध्यक्ष श्रीमती नबिना खत्री कार्कीज्यूको सभाध्यक्षतामा बसेको केन्द्रको २८ औं वार्षिक साधारण सभामा केन्द्रका श्रद्धेय सल्लाहकारज्यूहरु, केन्द्रकी आदरणीय उपाध्यक्षज्यू, नेपाल प्रहरी श्रीमती संघका महासचिवज्यू, प्रहरी नायव महानिरीक्षकज्यू, नेपाल प्रहरी श्रीमती संघ तथा यस केन्द्रका पदाधिकारीज्यूहरु, प्रहरी बरिष्ठ उपरीक्षकज्यूहरु, अन्य प्रहरी अधिकृतज्यूहरु र केन्द्रमा कार्यरत कर्मचारीहरुको उपस्थितीमा केन्द्रकी समादरणीय अध्यक्षज्यूद्धारा सभालाई सम्बोधन एवं धन्यबाद ज्ञापन, केन्द्रकी आदरणीय सचिव रोजी तुलाधर अधिकारीज्यूबाट आर्थिक वर्ष २०८२।०८३ सालको वार्षिक कार्य प्रतिवेदन तथा केन्द्रकी आदरणीय कोषाध्यक्ष ममता दाहालज्यूबाट आर्थिक बर्ष २०८२।०८३ सालको आर्थिक प्रतिवेदन प्रस्तुत भई प्रस्तुत गरिएको वार्षिक कार्य प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्ताव सर्वसम्मत निर्णयबाट अनुमोदन गरी यस आर्थिक बर्ष २०८३/०८४ सालको लागि वार्षिक बजेट तथा कार्यक्रम पारित गर्नुका साथै सभामा पेश गरिएका प्रस्तावहरु सर्वसम्मतिले अनुमोदन भएको कार्यक्रमका केही झलकहरु ।

12/08/2026

नेपाल प्रहरी श्रीमती संघद्वारा ४२ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रमका केही झलकहरु

विद्यालय पोशाक वितरण कार्यक्रम सम्पन्न ।काठमाडौं, २०८३ श्रावण २७ गते, बुधबार नेपाल प्रहरी श्रीमती संघको ४२ औं वार्षिकोत्...
12/08/2026

विद्यालय पोशाक वितरण कार्यक्रम सम्पन्न ।
काठमाडौं, २०८३ श्रावण २७ गते, बुधबार

नेपाल प्रहरी श्रीमती संघको ४२ औं वार्षिकोत्सवको अवसरमा बाल सारथी एकेडेमी गुह्येश्वरी काठमाडौंमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरुलाई १५० थान विद्यालय पोशाक वितरण कार्यक्रम सम्पन्न भएको ।

नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा संघका महासचिव श्रीमती अन्जु कार्कीज्यू, सचिव (प्रशासन) श्रीमती वरुणा थपलियाज्यू, कार्यसमितिका पदाधिकारीज्यूहरु, सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।

12/08/2026

निःशुल्क स्वास्थ्य शिविर तथा रक्त्दान कार्यक्रमको एक झलक

पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न ।काठमाडौं, २०८३ श्रावण २६ गते, ...
11/08/2026

पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न ।
काठमाडौं, २०८३ श्रावण २६ गते, मंगलबार
****************************************
नेपाल प्रहरी श्रीमती संघको ४२ औं वार्षिकोत्सवको अवसरमा आयोजित महिला प्रहरी कर्मचारीहरूलाई लक्षित गरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंको प्राङ्गणमा महिलाहरुमा हुने पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती नविना खत्री कार्कीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंका कार्यकारी निर्देशक राजन अधिकारीज्यू, उपाध्यक्ष श्रीमती सुस्मिता के.सी.ज्यू, प्रतिष्ठानका निर्देशक दिनेश कुमार आचार्यज्यू, नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेज्यू, सचिव(कार्यक्रम) श्रीमती संगिता लम्सालज्यू, कार्यसमितिका पदाधिकारीज्यूहरु, आसरा सुधार केन्द्रका पदाधिकारीज्यूहरु, सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा ११९ जना महिला प्रहरी कर्मचारीज्यूहरुले स्वास्थ्य परीक्षण गराई लाभान्वित हुनु भएको थियो भने ७० जना प्रहरी कर्मचारीहरुले रक्तदान गर्नु भएको थियो ।

Address

Bhrikutimandap
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepal Police Wives Association-NPWA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Police Wives Association-NPWA:

Shortcuts

Share