Radha Paudel Foundation

Radha Paudel Foundation Mission: All people are special, regardless of caste, class, or gender. Discrimination against anyone, is discrimination against everyone.

Radha Paudel Foundation is non-profit organization for peace, human rights, equity, and empowerment through policy advocacy, education, training and research by Miteri approach. Goals: The RP Foundation seeks to end discrimination and disparity between people, especially those in remote and rural areas who stick to outdated and unfair cultural practices. Violence against women, restricting women to cowsheds during menstruation and childbirth, and barring children from education are not the Nepali way.

लालबन्दी नगरपालिका वडा नं. १० नेपालको दोस्रो मर्यादित महिनावारीमैत्री वडा घोषणा! 🌸लालबन्दी नगरपालिका वडा नं. १०, सर्लाही...
10/09/2026

लालबन्दी नगरपालिका वडा नं. १० नेपालको दोस्रो मर्यादित महिनावारीमैत्री वडा घोषणा! 🌸

लालबन्दी नगरपालिका वडा नं. १०, सर्लाहीलाई मर्यादित महिनावारीमैत्री वडा घोषणा गरिएको छ।
“यौन तथा प्रजनन स्वास्थ्यका लागि मर्यादित महिनावारी” परियोजना अन्तर्गत राधा पौडेल फाउण्डेशन र बाल संरक्षण संस्था लालबन्दीको सहकार्यमा विभिन्न विद्यालय, समुदाय तथा समूहहरूसँगको निरन्तर प्रयासबाट यो महत्वपूर्ण उपलब्धि हासिल भएको हो।

महिनावारीलाई अधिकार, समानता, सम्मान र सामाजिक न्यायसँग जोड्दै विभेदरहित र मर्यादित महिनावारीमैत्री समाज निर्माणतर्फ वडा नं. १० ले महत्वपूर्ण कदम अघि बढाएको छ।

लालबन्दी–१० मर्यादित महिनावारीमैत्री वडा घोषणा हुँदै!
08/09/2026

लालबन्दी–१० मर्यादित महिनावारीमैत्री वडा घोषणा हुँदै!

लालबन्दी, भदौ २३। लालबन्दी नगरपालिका–१० लाई मर्यादित महिनावारीमैत्री वडा घोषणा गरिने भएको छ। महिनावारीसँग जोडि...

🌸 लालबन्दी नगरपालिका वडा नं. १० नेपालको दोस्रो मर्यादित महिनावारीमैत्री वडा घोषणा हुने तयारीमा! 🌸लालबन्दी नगरपालिका वडा ...
07/09/2026

🌸 लालबन्दी नगरपालिका वडा नं. १० नेपालको दोस्रो मर्यादित महिनावारीमैत्री वडा घोषणा हुने तयारीमा! 🌸

लालबन्दी नगरपालिका वडा नं. १०, सर्लाही नेपालको दोस्रो मर्यादित महिनावारीमैत्री वडा घोषणा गर्ने ऐतिहासिक यात्रामा अघि बढिरहेको छ। 💙

मर्यादित महिनावारीलाई अधिकार, समानता र सामाजिक न्ययासँग जोड्दै वडा नं. १० ले नयाँ उदाहरण स्थापित गर्ने दिशामा महत्वपूर्ण कदम चालिरहेको छ।

04/09/2026

💙 Stand With Flood-Affected Communities in Rasuwa & Nuwakot

The devastating flash flood has left families displaced, livelihoods destroyed, and communities facing urgent humanitarian needs.

From the field, we have seen that the needs are not the same for everyone. Children, pregnant and postpartum women, adolescent girls, older people, persons with disabilities, and marginalized communities require specific care, protection, and dignity.

The Radha Paudel Foundation (RPF) and Global South Coalition for Dignified Menstruation (GSCDM) are continuing our dignity-centred emergency response in coordination with government authorities and local stakeholders.

🙏 We urgently call for your support.

Your contribution can help us provide food, safe shelter, and menstrual dignity kits.

Let us stand together, respond together, and ensure that no one is left behind.

हालैको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको पीडा अत्यन्तै हृदयविदारक छ। आफ्नो घर, सम्पत्ति र दैनिक जीवनका आवश्यक सामग्...
01/09/2026

हालैको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको पीडा अत्यन्तै हृदयविदारक छ। आफ्नो घर, सम्पत्ति र दैनिक जीवनका आवश्यक सामग्री गुमाएका परिवारहरू अहिले कठिन परिस्थितिमा जीवन बिताइरहेका छन्।

यस कठिन समयमा प्रभावित परिवारहरूको तत्काल आवश्यकतालाई ध्यानमा राख्दै राहत सामग्री वितरण गर्यौ ।राहत सामग्रीले सबै पीडा र क्षति पूर्ति गर्न नसके पनि, यो कठिन घडीमा केही सहयोग र आशा प्रदान गर्न सक्यौं कि भन्ने हाम्रो विश्वास छ।

यस कार्यमा सहयोग, विश्वास र साथ दिनुहुने सम्पूर्ण सहयोगी हातहरूप्रति हार्दिक धन्यवाद। 🙏❤️

#नेपाल #मानवीयसेवा

31/08/2026

बाढीबाट प्रभावित परिवारसम्म राहत सामग्री पुर्‍याउनु आफैंमा ठूलो चुनौती बन्यो। ठाउँ–ठाउँमा बिग्रिएको बाटो, हिलो, पहिरो र जोखिमपूर्ण यात्रा पार गर्दै हामी अहिले बेत्रावती बजारमा छौं । यात्रा कठिन थियो र छ पनि, तर यहाँका प्रभावित परिवारको अवस्था सम्झिँदा ती कठिनाइहरू साना लागिरहेको छ ।

30/08/2026

Stand With Flood-Affected Communities in Rasuwa & Nuwakot 💙

The devastating flash flood has left families displaced, livelihoods destroyed, and communities in urgent need of support.

Radha Paudel Foundation/ Global South Coalition for Dignified Menstruation is continuing our dignity-centred emergency response, in coordination with government authorities, prioritizing children, pregnant and postpartum women, menstruators, adolescent girls, older people, persons with disabilities, and marginalized communities.

🙏 Please support our emergency relief response.
Every contribution can help us reach another family with timely and dignified support.

In emergencies, dignity cannot wait.

More Details: https://www.dignifiedmenstruation.org/detail/268/rasuwa-flash-flood-emergency-response-2026-standing-with-flood-affected-communities-in-rasuwa-nuwakot-nepal

आज राधा पौडेल फाउन्डेसन (RPF) ले रसुवामा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नुवाकोटको त्रिशूली र देवीघाट क्षेत्रका ...
29/08/2026

आज राधा पौडेल फाउन्डेसन (RPF) ले रसुवामा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नुवाकोटको त्रिशूली र देवीघाट क्षेत्रका समुदायहरूमा पुगेर प्राथमिक राहत सहयोग गरेको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति (DDRC), नुवाकोट लगायत सम्बन्धित सरकारी निकायसँगको समन्वय र सहकार्यमा प्रभावित परिवारहरूलाई तत्काल आवश्यक राहत सहयोग उपलब्ध गराइएको छ। मानवीय संकटमा तुलनात्मक रूपमा बढी जोखिममा रहने समुदायलाई प्राथमिकतामा राख्दै बालबालिका, गर्भवती तथा स्तनपान गराइरहेका महिला, किशोरी, महिनावारी हुने व्यक्तिहरू, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायहरूमा विशेष ध्यानमा राखेर रहात वितरणमा ध्यान दिइएको छ।
स्थलगत अनुभव अत्यन्तै पीडादायी छ। धेरै परिवारले घर, सम्पत्ति, जीविकोपार्जनका साधन र वर्षौंको मेहनत गुमाएका छन्। बाढीको पानी घट्दै गए पनि प्रभावित समुदायको पीडा र आवश्यकता घटेको छैन। विशेषगरी महिला, किशोरी, महिनावारी हुने व्यक्ति तथा अन्य जोखिममा रहेका समुदायका लागि सुरक्षित, सम्मानजनक र निरन्तर सहयोग अझै आवश्यक छ।
यस संकटमा सही सूचना, आवश्यकतामा आधारित राहत, सरकारी तथा स्थानीय निकायसँगको समन्वय र जिम्मेवार मानवीय व्यवहार अत्यन्त महत्वपूर्ण छ। राहत प्रभावित समुदायको आवश्यकता र मर्यादालाई केन्द्रमा राखेर उनीहरूसम्म प्रभावकारी रूपमा पुग्नुपर्छ।

28/08/2026

रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीको कारण विस्थापित भएका व्यक्तिहरूको व्यवस्थापन र राहत कार्यमा महिनावारी हुने व्यक्ति, मर्यादा, र विशेष गरी मर्यादित महिनावारीलाई केन्द्रमा राखेर विपद् व्यवस्थापन गर्नु अनिवार्य छ — यसै अनुसार हामी सबैले काम गर्न जरुरी छ।🙏

बाढी प्रभावित क्षेत्रमा तत्काल कार्यका लागि आह्वान तथा आपत्कालीन राहतको अपिल 🇳🇵राधा पौडेल फाउणडेशन/ग्लोबल साउथ कोएलिसन फ...
26/08/2026

बाढी प्रभावित क्षेत्रमा तत्काल कार्यका लागि आह्वान तथा आपत्कालीन राहतको अपिल 🇳🇵

राधा पौडेल फाउणडेशन/ग्लोबल साउथ कोएलिसन फर डिग्निफाइड मेन्स्ट्रुएसनले २६ अगस्ट २०२६ मा नेपालभर आएको विनाशकारी बाढीबाट प्रभावित सम्पूर्ण व्यक्ति, परिवार तथा समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्दछ।

यस सङ्कटपूर्ण अवस्थामा, हामी बाढी प्रभावित समुदायहरूका लागि तत्काल मानवीय कार्य, सहयोग तथा आपत्कालीन राहतको आह्वान गर्दछौँ। विशेषगरी विस्थापित, अलपत्र, घाइते तथा खाद्यान्न, खानेपानी, आश्रय, स्वास्थ्य सेवा र आवश्यक महिनावारी सामग्रीको पहुँचबाट वञ्चित भएका व्यक्तिहरूलाई तत्काल सहयोग आवश्यक छ।

🚨 तत्कालका प्राथमिकताहरू:

* जोखिममा रहेका मानिसहरूको तत्काल उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरण
* सुरक्षित आश्रय, खाना, खानेपानी तथा अत्यावश्यक औषधिको व्यवस्था
* महिनावारी हुने व्यक्तिहरूका लागि मर्यादित महिनावारी किटको व्यवस्था
* बालबालिका, महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा अन्य जोखिममा रहेका समूहका लागि विशेष संरक्षण र सहयोग
* सरकारी निकाय, मानवीय सहायता संस्थाहरू, स्थानीय समुदाय तथा स्वयंसेवकहरूबीच शीघ्र समन्वय

हामी सम्बन्धित सबै निकाय, मानवीय सहायता क्षेत्रमा कार्यरत संस्था, नागरिक समाजका संगठन, विकास साझेदार तथा व्यक्तिहरूलाई तत्काल कार्य गर्न हार्दिक आह्वान गर्दछौँ।

आपत्कालीन अवस्थामा मर्यादा पर्खन सक्दैन। महिनावारीसम्बन्धी आवश्यकता पर्खन सक्दैन। मानवीय सहयोग विभेद बिना सबैसम्म पुग्नुपर्छ।

🤝 आउनुहोस्, हामी एकजुट भएर उभिऔँ ।

#नेपालबाढी #आपत्कालीनराहत #नेपाल #बाढीप्रभावितसमुदाय #मर्यादितमहिनावारी #मानवीयप्रतिकार्य #कोहीपछिनछुटोस्
फोटो स्रोत: The Kathmandu Post

Address

Tangal, Gahana Pokhari
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Radha Paudel Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Radha Paudel Foundation:

Shortcuts

Share