Nepal Film Producer's Association

Nepal Film Producer's Association Nepal Film Producer's Association (NFPA), was established in 1998 when it became inevitable to protect Nepali cinema.
(1)

Nepal Film Producer’s Association (NFPA) is none profit professional organization of Nepalese film producers established in 1998. It has 500 members and an 18-member working committee. The central working committee is elected by a general convention. NFPA is a prestigious and distinguished organization because it is widely known for its contribution over the years in terms of protecting and provid

ing genuine rights to the film producers. It has been written by the major media of the country and regarded widely. NFPA has been entitled to fight for its representation in FNCCI through an election. (FNCCI) The Federation of Nepalese Chambers of Commerce and Industry is the nationally and internationally recognized umbrella organization of business in Nepal. . As a professional organization, NFPA is committed to producing quality films. It is a common forum where film producers share their experiences, exchange ideas and explore solutions to their common and collective problems.

----प्रेस विज्ञप्ति----चलचित्र 'लालीबजार' सम्बन्धमा अदालतमा परेको रिट र उब्जिएको परिस्थिति बारे ।​नेपाली चलचित्र क्षेत्र...
27/04/2026

----प्रेस विज्ञप्ति----

चलचित्र 'लालीबजार' सम्बन्धमा अदालतमा परेको रिट र उब्जिएको परिस्थिति बारे ।

​नेपाली चलचित्र क्षेत्रको हक, हित र संरक्षणका लागि क्रियाशील छाता संस्था नेपाल चलचित्र निर्माता संघ, चलचित्र 'लालीबजार' लाई लिएर सम्मानित अदालतमा परेको रिट र हालै सबै पक्षलाई छलफलका लागि बोलाइएको सन्दर्भमा आफ्नो आधिकारिक धारणा स्पष्ट पार्न चाहन्छ।

​चलचित्र केवल मनोरञ्जनको साधन मात्र नभई विचार र अभिव्यक्तिको स्वतन्त्रताको एक सशक्त माध्यम पनि हो। लोकतान्त्रिक व्यवस्थामा संविधानले प्रदान गरेको मौलिक हकअन्तर्गत कलाकार र सर्जकले आफ्नो सिर्जना निर्बाध रूपमा प्रस्तुत गर्न पाउनु पर्दछ। एउटा निर्माताले कुनै खास विषयवस्तुमा आधारित रहेर, करोडौँ रुपैयाँको लगानी र सयौँ प्राविधिक तथा कलाकारहरूको वर्षौँको मेहनतबाट चलचित्र निर्माण गरेको हुन्छ। अझ चलचित्रको प्राविधिक र विषयगत पक्षको परीक्षण गरी प्रदर्शन अनुमति दिने राज्यको वैधानिक निकाय 'चलचित्र जाॅचपास समिति' ले प्रदर्शनको लागि दिएको अनुमति र त्यस पश्चात प्रदर्शनको अन्तिम तयारीमा पुगेको चलचित्रलाई लक्षित गरी यसरी रिट निवेदन गर्नुले एक स्वतन्त्र लगानीकर्ता र सर्जकको सिर्जनात्मक स्वतन्त्रतामा मनोवैज्ञानिक दबाब सिर्जना गरेको छ ।

​हामी विधिको शासन र सम्मानित अदालतप्रति पूर्ण निष्ठा राख्दछौँ। यद्यपि, प्रदर्शनको मुखमा आएर चलचित्रलाई रोक्ने वा प्रभावित पार्ने मनसायले रिटको प्रक्रिया सुरु हुनुले समग्र चलचित्र उद्योगलाई नै सशंकित बनाएको छ। यस्तो परिपाटीले लगानीकर्ताको आत्मबल कमजोर बनाउने र सिर्जनशीलतालाई कुण्ठित गर्ने जोखिम रहन्छ। लोकतन्त्रमा सिर्जनामाथिको बन्देज वा अवरोध हुने खालका प्रवृत्तिको अन्त्य हुनुपर्दछ र राज्यले चलचित्रको सामाजिक एवं आर्थिक महत्त्वलाई गम्भीरतापूर्वक बुझ्नुपर्दछ।

​चलचित्रले समाजको कुन पाटोलाई कसरी चित्रण गरेको छ र यसको गहिराइ के छ भन्ने कुरा राज्य र सरोकारवाला निकायले बुझ्न आवश्यक छ। तसर्थ, नेपाल चलचित्र निर्माता संघ सम्मानित अदालत र सम्बन्धित सबै पक्षलाई चलचित्रको मर्म, लगानीको सुरक्षा र अभिव्यक्ति स्वतन्त्रतालाई मध्यनजर गर्दै 'लालीबजार' निर्बाध रूपमा प्रदर्शन हुने वातावरण निर्माण गरिदिनु हुन हार्दिक आग्रह गर्दछ।
​हामी विधिको शासन र न्यायपूर्ण समाजको पक्षमा उभिँदै, सर्जकको सिर्जना, स्रष्टाको सम्मान र लगानीकर्ताको पसिनाको उचित कदर हुनेमा पूर्ण विश्वास व्यक्त गर्दछौँ र चलचित्र 'लालीबजार' निर्धारित मितिबाटै सार्वजनिक प्रदर्शनमा आउनेमा विश्वस्त छौं र सबै पक्षलाई सहजीकरण गरिदिन अनुरोध गर्दछौं ।

(उदय कुमार ईङ्नाम)
अध्यक्ष
नेपाल चलचित्र निर्माता संघ
मिति: २०८३।०१।१४

-------------प्रेस विज्ञप्ति--------------  हिजो मात्र सम्पन्न चलचित्र पत्रकार संघ नेपालको १०औं महाधिवेसन तथा २७औं साधार...
19/04/2026

-------------प्रेस विज्ञप्ति--------------

हिजो मात्र सम्पन्न चलचित्र पत्रकार संघ नेपालको १०औं महाधिवेसन तथा २७औं साधारण सभामा चलचित्र क्षेत्रका अन्य प्रायः सम्पूर्ण सरोकारवाला संघ-संस्थाहरूलाई ससम्मान निमन्त्रणा गरिए तापनि, नेपाली चलचित्र उद्योगको मेरुदण्डको रूपमा रहेको र करोडौको लगानी मार्फत हजारौँलाई रोजगारी प्रदान गर्दै उद्योगलाई जीवन्त राख्नेड, उद्योगको मुख्य खम्बा मानिने लगानीकर्ताहरूको एकमात्र छाता संस्था नेपाल चलचित्र निर्माता संघलाई निमन्त्रणा नगरी उपेक्षा गरिनुले हाम्रो अस्तित्व र गरिमामाथि सिधा प्रहार भएको हामीले महसुस गरेका छौँ । “नेपाल चलचित्र निर्माता संघ” प्रति चलचित्र पत्रकार संघ नेपालले देखाएको यस्तो विभेदकारी व्यवहारप्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ
कुनै पनि औपचारिक कार्यक्रममा उद्योगका अन्य अवयवहरूलाई समेट्ने तर लगानीकर्ताको आधिकारीक संस्थालाई मात्र पाखा लगाउने कार्यले चलचित्र पत्रकार संघ नेपालको नेतृत्वमा विद्यमान पूर्वाग्राही सोच र निर्माता संघको उपस्थिति प्रतिको अस्वीकारोक्तिलाई उदाङ्गो पारेको छ । यो केवल एउटा संस्थागत निमन्त्रणाको विषय मात्र नभई नेपाली चलचित्र उद्योगको व्यावसायिक मर्यादा र सहकार्य संस्कृतिको घोर अपमान हो । निर्माताहरूले पसिना बगाएर सिर्जना गरेको सामाग्रीको जगमा उभिएको चलचित्र पत्रकारिता क्षेत्रले आफ्नै जगलाई यसरी उपेक्षा गर्नु अत्यन्तै निन्दनीय, आपत्तिजनक र भविष्यमा प्रतिउत्पादकको विषय हो ।
अतः यस विज्ञप्तिमार्फत हामी प्रष्ट रूपमा चेतावनी दिन चाहन्छौँ कि यदि आगामी दिनमा नवनिर्वाचित कार्यसमितिले विगतका यस्ता गम्भीर कमजोरीहरूप्रति आत्मसमीक्षा गर्दै अविलम्ब भुलसुधार नगरेमा र निर्माता संघप्रतिको यस्तै गैरजिम्मेवार व्यवहार कायमै राखेमा, यस संघले चलचित्र पत्रकार संघसँगका सम्पूर्ण संस्थागत समन्वयलाई पूर्ण रूपमा भङ्ग र वहिस्कार गर्नेछ ।
निर्माताहरूको सम्मान र अधिकार स्थापित नभएको ठाउँमा कुनै पनि सम्बन्ध राख्नु को औचित्य नरहने हुँदा, यसबाट उत्पन्न हुने समपूर्ण व्यावसायिक र संस्थागत परिणामहरूको जिम्मेवारी स्वयं चलचित्र पत्रकार संघले लिनुपर्नेछ ।

(उदय कुमार ईङ्गनाम)
अध्यक्ष
नेपाल चलचित्र निर्माता संघ

-------श्रद्धाञ्जली विज्ञप्ति--------नेपाली चलचित्रका पुराना तथा प्रतिष्ठित मेकअप आर्टिस्ट एवम् नेपाली चलचित्र उद्योगका ...
17/04/2026

-------श्रद्धाञ्जली विज्ञप्ति--------

नेपाली चलचित्रका पुराना तथा प्रतिष्ठित मेकअप आर्टिस्ट एवम् नेपाली चलचित्र उद्योगका अनवरत अभियन्ता श्री अशोक रोक्काको असामयिक र अकल्पनीय निधनले हामीलाई अत्यन्तै मर्माहत र स्तब्ध बनाएको छ ।

उँहाको दुःखद निधनले समग्र नेपाली चलचित्र उद्योगलाई अपुरणीय क्षति पुगेको छ । लामो समयदेखि सिने क्षेत्रमा आफ्नो जादुमयी र विशिष्ट कला कौशलमार्फत कलाकारहरूलाई पर्दामा जीवन्त उतार्न उहाँले पुर्या्उनुभएको योगदान अतुलनीय छ । उहाँले नेपाली सिनेमाको प्रवर्द्धनमा पुर्यााउनुभएको योगदान सदैव स्मरणीय रहनेछ ।
यस दुःखद घडीमा नेपाल चलचित्र निर्माता संघ दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै, शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै गहिरो समवेदना प्रकट गर्दछौं ।

(उदय कुमार ईङ्गनाम)
अध्यक्ष
नेपाल चलचित्र निर्माता संघ

---HAPPY NEW YEAR 2083 BS---नॅया वर्ष २०८३ सालको सम्पूर्ण नेपाली जनसमूदायमा सुस्वाश्थ्य, आरोग्य तथा दिर्घायुको मंगलमय शु...
14/04/2026

---HAPPY NEW YEAR 2083 BS---

नॅया वर्ष २०८३ सालको सम्पूर्ण नेपाली जनसमूदायमा सुस्वाश्थ्य, आरोग्य तथा दिर्घायुको मंगलमय शुभकामना ।

(उदय सुव्वा)
अध्यक्ष एवम
नेपाल चलचित्र निर्माता संघ परिवार

20/03/2026

---चलचित्र निर्माता सदस्यहरूमा अत्यन्तै जरूरी सूचना---

चलचित्र विकास बोर्डले ‘नेपाली चलचित्रका पोष्टरहरू‘ नामक पुस्तक प्रकाशन गर्ने र उक्त पुस्तकमा नेपाली चलचित्रका पोष्टरहरूको संकलन कार्य गरिरहेको र हाल १४४७ वटा सिनेमाको पोष्टरहरू संकलन गरिसकेकोले छुट्न गएका पोष्टरहरू उपलब्ध गराउनका लागि चलचित्र निर्माताहरूलाई जानकारी गराइदिन अनुरोध भइआएको हुँदा तपाईँहरूको पोष्टरको विवरण छुटेको भए यथासक्य चलचित्र विकास बोर्डमा सम्पर्क गरी आफ्ना सिनेमाको पोष्टर सहितको विवरण उपलब्ध गराइदिन सबै निर्माता सदस्यहरूलाई सूचित गरिन्छ ।

साथै, संकलित १४४७ वटा सिनेमाका पोष्टरहरूको विवरणमा आफ्नो विवरण भएनभएको यकिन गर्न समेत चलचित्र विकास बोर्डमा सिधा सम्पर्क गर्न सक्नु हुनेछ ।

(खगेन्द्र प्रसाद लामिछाने)
महासचिव
नेपाल चलचित्र निर्माता संघ

02/03/2026

काठमाडौंमा आज अनि तराईमा भोली...
सम्पूर्ण नेपालीजनमा फागु पूर्णीमाको शुभकामना सहित सौहार्दता, समानता र भाइचाराको कामना ।।

(खगेन्द्र प्रसाद लामिछाने)
महासचिव तथा
नेपाल चलचित्र निर्माता संघ परिवार

वरिष्ठ कलाकार स्वर्गीय सुनिल थापाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डको प्रांगणमा ११:३० देखि १:३० सम्...
08/02/2026

वरिष्ठ कलाकार स्वर्गीय सुनिल थापाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डको प्रांगणमा ११:३० देखि १:३० सम्म राखिने जानकारी गराइन्छ ।

(खगेन्द्र प्रसाद लामिछाने)
महासचिव

मितिः २०८२।१०।१८काठमाडौं, नेपाल ।--श्रद्धाञ्जली विज्ञप्ति--चलचित्र पत्रकार संघ नेपालका पूर्व अध्यक्ष तथा प्रतिष्ठित रङ्ग...
01/02/2026

मितिः २०८२।१०।१८
काठमाडौं, नेपाल ।

--श्रद्धाञ्जली विज्ञप्ति--

चलचित्र पत्रकार संघ नेपालका पूर्व अध्यक्ष तथा प्रतिष्ठित रङ्ग पत्रकार एवम् नेपाली चलचित्र उद्योगका अनवरत अभियन्ता श्री दिनेश सिटौलाको असामयिक र अकल्पनीय निधनले नेपाल चलचित्र निर्माता संघ स्तब्ध भएको छ ।

आसन्न प्रतिनीधि सभाको चुनावी अभियानका क्रममा अचानक अस्वस्थय भई काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहनुभएका सिटौलाको उपचारकै क्रममा आज भएको दुःखद निधनले समग्र नेपाली चलचित्र उद्योगलाई अपुरणीय क्षति पुगेको छ । उहाँले चलचित्र पत्रकारिताको माध्यमबाट नेपाली सिनेमाको प्रवर्द्धनमा पुर्याुउनुभएको योगदान सदैव स्मरणीय रहनेछ । नेपाली चलचित्र जगतले एक कुशल पत्रकार र चलचित्र पत्रकारहरूले असल अभिभावक गुमाएका छन् ।

यस दुःखद घडीमा मृतक सिटौलाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै मृतात्माको चीर शान्तिको कामना गर्दछौं ।
..... .......
(उदय कुमार ईङ्गनाम)
अध्यक्ष
नेपाल चलचित्र निर्माता संघ

12/01/2026

---श्रद्धाञ्जली विज्ञप्ती---

नेपाली चलचित्र क्षेत्रकी प्रथम अभिनेत्री आदरणीय श्रीमती भुवन थापा चन्दज्यूका जीवनसाथी तथा रेडियो नेपालका वरिष्ठ अङ्ग्रेजी समाचार वाचक श्री माइकल चन्दज्यूको असामयिक निधनको खबरले हामीलाई अत्यन्तै स्तब्ध र मर्माहत तुल्याएको छ।
​विगत लामो समय रेडियो नेपालको अङ्ग्रेजी समाचार सेवामार्फत देश र जनतालाई सुसूचित गर्दै आउनुभएका चन्दको योगदान सञ्चार क्षेत्रमा अतुलनीय रहेको छ। उहाँको निधनले नेपाली सञ्चार जगतले एक अनुभवी व्यक्तित्व गुमाएको छ।
नेपाल चलचित्र निर्माता संघ परिवार ​यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। साथै, शोकविह्वल जीवनसङ्गिनी भुवन थापा चन्दज्यू, शोकाकुल परिवारजन र आफन्तहरूमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून भन्दै गहिरो समवेदना प्रकट गर्दछौं।

(उदय सुव्वा)
अध्यक्ष तथा
नेपाल चलचित्र निर्माता संघ परिवार

----निर्माता संघको निर्वाचन----उम्मेद्वारी मनोनयन दर्ताको दाविविरोधको सूचना
15/11/2025

----निर्माता संघको निर्वाचन----
उम्मेद्वारी मनोनयन दर्ताको दाविविरोधको सूचना

=======प्रेस विज्ञप्ति======हालै Gen-Z  पुस्ताले अघि सारेको भ्रष्टाचार विरोधी आन्दोलनमा केही अराजक तत्वहरूको घुसपैठका का...
14/09/2025

=======प्रेस विज्ञप्ति======

हालै Gen-Z पुस्ताले अघि सारेको भ्रष्टाचार विरोधी आन्दोलनमा केही अराजक तत्वहरूको घुसपैठका कारण देशका विभिन्न चलचित्र भवनहरूमा तोडफोड तथा आगजनीजस्ता दुःखद घटनाहरू भएका छन्। यस्ता घटनाले चलचित्र क्षेत्रलाई अपूरणीय क्षति पुर्यािएको छ, जुन सम्पूर्ण चलचित्र समुदायका लागि गम्भीर चिन्ताको विषय बनेको छ।
सिनेमाघरहरू केवल मनोरञ्जनका केन्द्र मात्र नभई राष्ट्रिय संस्कृतिको संरक्षण, संवर्द्धन र चलचित्र बजारको विस्तार गर्ने महत्वपूर्ण आधारशिला हुन्। त्यसैले यस्ता सांस्कृतिक संरचनामाथि गरिएको आगजनी र तोडफोड लोकतान्त्रिक मूल्य–मान्यताको ठाडो उल्लङ्घन हो।
नेपाल चलचित्र निर्माता संघ युवा पुस्ताको विद्रोहबाट गठित भएको अन्तरिम सरकारसमक्ष यस्ता असामाजिक, अवाञ्छित तथा उच्छृङ्खल गतिविधिमा संलग्न जो कोही व्यक्तिहरूलाई तत्काल कानूनी दायरामा ल्याई कडा कारबाही गर्न दृढ माग गर्दछ। साथै, प्रभावित सिनेमाघर व्यवसायीहरूलाई आवश्यक क्षतिपूर्ति प्रदान गरी पुनःस्थापित गर्न र सम्पूर्ण चलचित्र उद्योगलाई संरक्षण गर्न हार्दिक अनुरोध गर्दै चलचित्र प्रदर्शक साथीहरूलाई यस्तो सङ्क्रमणकालिन अवश्थामा उच्च आत्माबल बरकार राखि पुनरनिर्माणमा लाग्न हार्दिक अपिल गर्दछौं।...........
(नवल खड्का)
अध्यक्ष
नेपाल चलचित्र निर्माता संघ

Address

Baneshwor 10
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97714515331

Alerts

Be the first to know and let us send you an email when Nepal Film Producer's Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Film Producer's Association:

Share