30/07/2026
Attending First District Governor’s Advisory Committee Meeting.
आज मिती २०८३-०४-१३ गतेलायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीनका तर्फबाट चार्टर अध्यक्ष लायन कल्पना बस्नेत, अध्यक्ष लायन सबिता ढकाल, प्रथम उपाध्यक्ष लायन सुस्मा आचार्य तथा कोषाध्यक्ष लायन सपना राजभण्डारीले हार्दिक होटल, बागबजारमा आयोजित जिल्ला गभर्नरको प्रथम सल्लाहकार समिति बैठकमा सक्रिय सहभागिता थियो।
बैठकमा प्रमुख अतिथि जिल्ला गभर्नर लायन महेन्द्र कुमार राठीज्यूको गरिमामय उपस्थिती रहेको थियो भने जोन चेयरपर्सन लायन निरोज कर्माचार्यज्यूले सभाध्यक्षता गर्नुभएको थियो।
यस अवसरमा लायन क्लब अफ काठमाडौं सिद्वार्थ एभरग्रीनले लायन वर्ष २०२६–२०२७ का लागि तयार गरिएको वार्षिक कार्ययोजना तथा सेवा गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गर्ने अवसर प्राप्त गर्यो। आगामी वर्षलाई अझ प्रभावकारी, सेवामुखी र उपलब्धिमूलक बनाउने विषयमा महत्वपूर्ण छलफल तथा सुझावहरूको आदानप्रदान पनि भयो।
समाज सेवाप्रतिको हाम्रो प्रतिबद्धतालाई अझ सशक्त बनाउँदै “Caring by Sharing ” को भावनासहित आगामी दिनहरूमा पनि उत्कृष्ट सेवा कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछौं।