Mitini Nepal page

Mitini Nepal page Dare to Be You: Embracing Diversity, Championing Equality. Website: www.mitininepal.org.np
ww.mitininepal.org.np

Mitini Nepal (MN) was established in 2006 with a vision to build a peaceful, prosperous society where sexual and gender minorities’ community can live with self-esteem and dignity while enjoying human rights without any discrimination, violence, assault, and fear. It was established by the first le***an couple of Nepal Laxmi Ghalan & Meera Bajracharya when homosexuality was criminalised in 2002. The core function of Mitini Nepal is to bring awareness through Right Based Advocacy in a traditional society as well as in the general people by positively changing their attitudes towards LGBTIQ+ groups. Mission:
To advocate for the access of political, legal, social, economic and educational rights of LBT people by strengthening coordination, collaboration, network and by developing mutual understanding among all concerned stakeholders as well as by capacitating excluded and vulnerable LBT individuals in order to create an egalitarian environment for sexual and gender minorities

Goal:
A just society where LBT can live a dignified life with fruitful participation in public spheres, highly protected socially, economically, legally and politically.

संविधान दिवसको अवसरमा सम्पूर्णमा मितिनी नेपाल परिवार शुभकामना व्यक्त गर्दछौं । संविधानको मर्मअनुसार विद्यमान कानुनहरू पन...
19/09/2026

संविधान दिवसको अवसरमा सम्पूर्णमा मितिनी नेपाल परिवार शुभकामना व्यक्त गर्दछौं । संविधानको मर्मअनुसार विद्यमान कानुनहरू पनि समावेशी बनोस्।

आज मिति  २०८३ असोज २ गते  तदानुसार सेप्टेम्बर १८, २०२६ मा Voice of Women को आयोजनामा बागमती प्रदेशको काठमाडौँमा सङ्घर्षल...
18/09/2026

आज मिति २०८३ असोज २ गते तदानुसार सेप्टेम्बर १८, २०२६ मा Voice of Women को आयोजनामा बागमती प्रदेशको काठमाडौँमा सङ्घर्षले बुनेका साझा सपना “Shared Dreams Woven by Struggle”पुस्तक विमोचन तथा “Women Leaders and Social Movements: Reflections and Practices” विषयक प्यानल छलफल कार्यक्रम सम्पन्न भयो । यस कार्यक्रममा मितिनी नेपालले पनि सहभागिता जनाएको थियो। कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने विभिन्न संघसंस्था तथा नागरिक समाजका प्रतिनिधिहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो। पुस्तकले नेपाली समाजमा महिला तथा सीमान्तकृत महिलाहरूले अन्याय, विभेद र असमानताविरुद्ध गरेका संघर्ष तथा योगदानलाई दस्तावेजीकरण गरेको छ। यस पुस्तकमा मितिनी नेपालका संस्थापक अध्यक्ष लक्ष्मी घलानको व्यक्तिगत सङ्घर्ष, भोगाइ तथा योगदानसमेत समेटिएको छ । प्यानल छलफलमा महिला नेतृत्व, सामाजिक आन्दोलन र सामाजिक परिवर्तनका अनुभव तथा अभ्यासहरूबारे अर्थपूर्ण विचार आदानप्रदान भयो।

मिति २०८३ असोज २ गते तदनुसार १८ सेप्टेम्बर २०२६ मा कोशी प्रदेशको सुनसरी इटहरीमा इटहरी पिस सेन्टरको आयोजनामा एलबिटि शान्त...
18/09/2026

मिति २०८३ असोज २ गते तदनुसार १८ सेप्टेम्बर २०२६ मा कोशी प्रदेशको सुनसरी इटहरीमा इटहरी पिस सेन्टरको आयोजनामा एलबिटि शान्ति समूहसँग मासिक बैठक सफलतापूर्वक सम्पन्न भयो। सहभागीहरूको परिचयबाट सुरु गरिएको बैठकको उद्देश्य तथा परियोजनाअन्तर्गत सञ्चालन गरिने विभिन्न कार्यक्रम तथा गतिविधिहरूबारे सुनसरी जिल्ला संयोजक नाईसा लुइटेलले सहभागिहरुलाई साझेदार गर्नु भयो ।। साथै, मितिनी नेपालले समुदायका लागि उपलब्ध गराउँदै आएका सेवा, सहयोग तथा अन्य गतिविधिहरूबारे पनि बैठकमा जानकारी दिइयो। छलफलका क्रममा समुदायका सहभागीहरूले आफूले भोगिरहेका सामाजिक तथा पारिवारिक चुनौती, समस्या र अनुभवहरू छोटो कथा मार्फत् साझा गर्नुभयो। त्यसैगरी, परिवारका सदस्य तथा परिवारका सदस्यहरूले पनि आफ्ना अनुभव, चुनौती तथा समुदायका सदस्यहरूसँग सम्बन्धित समस्या र कठिनाइहरूबारे खुलेर आफ्ना धारणा राख्नुभयो।
शािन्त समुह गठन गर्नुको मुख्य उद्देश्य समुदाय र परिवारबीच आपसी समझदारी तथा सकारात्मक सम्बन्ध विकास गर्ने, एकअर्काका समस्या र आवश्यकतालाई बुझ्ने तथा समुदायको अधिकार, सेवा पहुँच र आवश्यक सहयोगका लागि आगामी दिनमा संयुक्त रूपमा काम गर्ने आधार तयार गर्नु रहेको विषयमा छलफल गरियो। बैठकमा मनोसामाजिक तथा मनोविज्ञानसम्बन्धी विषयमा सुनसरी पिस सेन्टरका मनोविमर्शकर्ताहरुले छोटो छलफल गरेका थिए । सामाजिक दबाब, भेदभाव, पारिवारिक समस्या तथा अन्य चुनौतीहरूले व्यक्तिको भावनात्मक तथा मानसिक स्वास्थ्यमा असर पार्न सक्ने भएकाले आफ्ना भावना तथा समस्या खुलेर व्यक्त गर्ने, एकअर्काको कुरा ध्यानपूर्वक सुन्ने र आवश्यकता परेको अवस्थामा मनोविमर्श तथा मनोसामाजिक सहयोग लिन सकिने विषयमा जानकारी प्रदान गरियो। साथै, परिवार तथा अभिभावकहरुले समुदायका सदस्यहरूको भावना, अनुभव र अवस्थालाई बुझेर सकारात्मक सहयोग गर्नुपर्ने विषयमा जोड दिए । समग्रमा, कार्यक्रमले एलबिटि समुदायका सदस्य, परिवार तथा कर्मचारीहरुबीच खुला संवाद, आपसी समझदारी, विश्वास तथा सहयोगको वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ। आगामी दिनमा पनि यस्ता संवाद तथा समन्वयलाई निरन्तरता दिँदै समुदायका आवश्यकता, अधिकार, सेवा पहुँच तथा मनोसामाजिक स्वास्थ्यका क्षेत्रमा थप सहकार्य गर्ने प्रतिबद्धताका साथ कार्यक्रम सम्पन्न गरियो।कार्यक्रममा एलबिटि समुदायका व्यक्तिहरू, समुदायका परिवारका सदस्य तथा पिस सेन्टरका कर्मचारी गरी कुल २१ जनाको सहभागिता रहेको थियो।
On 18 September 2026, a monthly meeting with the LBT Peace Group was successfully conducted in Itahari, Sunsari, Koshi Province, organized by Itahari Peace Centre. The meeting began with participant introductions. Naisha Luitel, Sunsari District Coordinator, shared information about the objectives of the Peace Group and the various programs and activities to be implemented under the project. Participants were also informed about the services, support and other activities being provided by Mitini Nepal for the community. During the discussion, community participants shared their social and family-related challenges, problems and experiences through short personal stories. Family members also openly shared their experiences, challenges, concerns and difficulties related to LBT community members.
The meeting also discussed the key purpose of the Peace Group, which is to strengthen mutual understanding and positive relationships between community members and their families, understand each other's concerns and needs and create a foundation for joint action to promote community rights, access to services and necessary support in the coming days. During the meeting, a brief discussion on psychosocial and psychological well-being was also facilitated by the counselors from the Sunsari Peace Centre. Participants were informed that social pressure, discrimination, family-related problems and other challenges can affect an individual's emotional and mental well-being. The importance of expressing feelings and concerns openly, listening to one another attentively and seeking counseling and psychosocial support when needed was discussed. Families and guardians were also encouraged to understand the feelings, experiences and circumstances of community members and provide positive and supportive environments. Overall, the meeting made an important contribution to creating an environment of open dialogue, mutual understanding, trust and support among LBT community members, their families and Peace Centre staff. The meeting concluded with a commitment to continue such dialogue and coordination and to strengthen collaboration in addressing community needs, rights, access to services and psychosocial well-being. A total of 21 participants including LBT community members, family members, and Peace Centre staff, participated in the meeting.

विश्वकर्मा पूजाको सम्पूर्णमा मितिनी नेपाल परिवार हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
17/09/2026

विश्वकर्मा पूजाको सम्पूर्णमा मितिनी नेपाल परिवार हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

राष्ट्रिय बाल दिवसको अवसरमा मितिनी नेपाल परिवार सम्पूर्णमा शुभकामना व्यक्त गर्दछौं।
14/09/2026

राष्ट्रिय बाल दिवसको अवसरमा मितिनी नेपाल परिवार सम्पूर्णमा शुभकामना व्यक्त गर्दछौं।

हरितालिका तीजको अवसरमा यहाँहरू सम्पूर्णमा मितिनी नेपाल परिवार हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।
14/09/2026

हरितालिका तीजको अवसरमा यहाँहरू सम्पूर्णमा मितिनी नेपाल परिवार हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।

मिति २०८३ भदौ २५ गते तदनुसार सेप्टेम्बर १०२६ मा School for International Training (SIT) कार्यक्रम अन्तर्गत USA का विभिन्...
11/09/2026

मिति २०८३ भदौ २५ गते तदनुसार सेप्टेम्बर १०२६ मा School for International Training (SIT) कार्यक्रम अन्तर्गत USA का विभिन्न युनिभर्सिटीमा अध्ययनरत विद्यार्थीहरूले नेपालमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको मानवअधिकारको दृष्टिकोणबाट अध्ययनका लागि मितिनी नेपालको केन्द्रीय कार्यालय, काठमाडौंमा अन्तरक्रियात्मक सिकाइ सत्रमा सहभागिता जनाउनुभयो। सत्रको सुरुआत वरिष्ठ कार्यक्रम अधिकृत बिमला गुरुङद्वारा मितिनी नेपालको संक्षिप्त परिचय, उद्देश्य, कार्यक्षेत्र तथा सञ्चालनमा रहेका गतिविधिहरू साथै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले भोग्दै आइरहेको चुनौती र प्रमुख उपलब्धिहरूबारे साझेदार गर्दै सुरुवात गर्नु भयो। सहभागी विद्यार्थीहरूले अर्थपूर्ण छलफलमा सक्रिय सहभागिता जनाउँदै LGBTI अधिकार, Gender र LBT को पारस्परिक सम्बन्ध, समुदायका लागि सुरक्षित स्थान र संयन्त्रहरू, समुदायले आफ्नो पहिचान र यौनिकता खुलाउँदाको व्यक्तिगत भोगाई साझेदार, नेपालमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय सम्बन्धी विद्यमान कानुनी व्यवस्था तथा नीतिहरू, ट्रान्समामास्कुलिन व्यक्तिका लागि विद्यमान नीति, वैवाहिक समानता, नागरिकता र जन्मदर्ता तथा बच्चा ग्रहण सम्बन्धी विषय, संवैधानिक प्रावधानहरू, पुस्तान्तरण (intergenerational) विषय, प्रमुख सरोकारवाला निकायहरू, LBT समुदायका विशिष्ट मुद्दाहरू, राजनीतिक समावेशिता, साथै मितिनी नेपालका लक्षित लाभ ग्राही र कार्यक्षेत्रहरू बारे विचार र जिज्ञासाहरू राखेका थिए । अवलोकन भ्रमणमा आएका समूहमा विभिन्न विश्वविद्यालयहरूका विविध शैक्षिक पृष्ठभूमि भएका र कर्मचारीहरू गरी १७ जनाको सहभागिता रहेको थियो । समानता, समावेशिता तथा सामाजिक न्यायबारे सिक्ने उनीहरूको जिज्ञासा, ऐक्यबद्धता र दृढ प्रतिबद्धताका लागि मितिनी नेपाल हार्दिक कृतज्ञता एवम् धन्यवाद ज्ञापन गर्दछौं ।

On 10 September 2026, students studying at various universities in the USA under the School for International Training (SIT) program participated in an interactive learning session at Mitini Nepal’s Central Office in Kathmandu to study the human rights situation of sexual and gender minorities in Nepal. The session began with a brief introduction to Mitini Nepal, including its objectives, areas of work, ongoing activities, major challenges faced by sexual and gender minorities and key achievements, presented by Senior Program Officer Bimala Gurung. The participating students actively engaged in meaningful discussions and raised questions and shared perspectives on LGBTI rights, the interrelationship between gender and LBT identities, safe spaces and support mechanisms for the community, personal experiences of coming out and disclosing one’s identity and sexuality, existing laws and policies concerning sexual and gender minorities in Nepal, policies related to transmasculine individuals, marriage equality, citizenship and birth registration, child adoption, constitutional provisions; intergenerational issues, key stakeholders, specific issues faced by the LBT community, political inclusion and Mitini Nepal’s target beneficiaries and areas of work. A total of 16 participants, including students from diverse academic backgrounds and various universities including Mitini Nepal staffs, took part in the field visit. Mitini Nepal extends its heartfelt gratitude and appreciation to all participants for their curiosity, solidarity and strong commitment to learning about equality, inclusion and social justice.

कुशेऔंशी तथा बुवाको मुख हेर्ने दिनको सम्पूर्णमा मितिनी नेपाल परिवार शुभकामना व्यक्त गर्दछौं ।
11/09/2026

कुशेऔंशी तथा बुवाको मुख हेर्ने दिनको सम्पूर्णमा मितिनी नेपाल परिवार शुभकामना व्यक्त गर्दछौं ।

मिति २०८३ भाद्र २५ गते तदअनुसार सेप्टेम्बर १०, २०२६ मा मितिनी नेपालको आयोजनामा केन्द्रीय कार्यालय बागमती प्रदेश काठमाडौँ...
10/09/2026

मिति २०८३ भाद्र २५ गते तदअनुसार सेप्टेम्बर १०, २०२६ मा मितिनी नेपालको आयोजनामा केन्द्रीय कार्यालय बागमती प्रदेश काठमाडौँमा अल्पसंख्यकका आवाजको सवालीकरण Advancing Minority Rights project परियोजना अन्तर्गत LBT Peace Group को मासिक बैठक सम्पन्न भएको छ। सहभागीहरूको परिचयबाट सुरु भएको बैठकलाई अगाडि बढाउँदै कार्यक्रम अधिकृत बिमला गुरुङले परियोजना सञ्चालित जिल्लाहरू झापा, सुनसरी, चितवन र काठमाडौँमा शान्ति समूह गठन गरिसकिएको र बैठकको मुख्य उद्देश्य सहभागीहरुलाई LBT शान्ति समूह के हो ? यो समूह किन गठन गरिएको हो ? भनेर जानकारी गराउनुका साथै परियोजनाबाट सञ्चालित विभिन्न कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै LBT व्यक्तिमाथि हुने हिंसा, कलंक र भेदभाव न्यूनीकरण गर्न सहजकर्ताको भूमिका खेल्नु रहेको बताइन्। बैठकमा LBT व्यक्ति तथा LBT समुदायको परिवारको सदस्य साथै What Works to Prevent Violence team को तर्फबाट Program & Grants coordinator Mary Waithera र Finance Officer Albanus Munyoki, नागरिक आवाजको तर्फबाट Finance Manager मेरिता कंसाकार लगायत र Senior Program Officer सरु सुवेदीआयोजक गरी ३२ जनाको सहभागिता रहेको थियो। बैठकमा LBT परिवारका सदस्यहरूले आफ्ना सन्तान LBT समुदायको सदस्य भएको कुरा खुलेर स्वीकार गर्न सुरुमा केही अप्ठ्यारो महसुस भए पनि सन्तानको खुसी र चाहनालाई प्राथमिकता दिँदै पछि उनीहरूलाई स्वीकार गरेको अनुभव साझा गरेका थिए। यस्तै, केही LBT व्यक्तिहरूले अझै पनि पारिवारिक स्वीकृति प्राप्त गर्न नसकेको, जबरजस्ती विवाहको सामना गर्नुपरेको तथा विद्यमान बाइनरी कानुनी संरचनाका कारण आफ्ना अधिकारहरू पूर्णरूपमा उपभोग गर्न नसकेको बताएका थिए। उनीहरूले विद्यमान कानुनी संरचनालाई लैङ्गिक मैत्री र समावेशी बनाउनुपर्नेमा जोड दिएका थिए। LBT शान्ति समूहका सदस्यहरूले समलिङ्गी, द्वयलिङ्गी तथा ट्रान्स व्यक्तिहरूमाथि हुने हिंसा न्यूनीकरणका लागि आफूहरूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। बैठकमा बोल्दै WW2 की Mary Waithera ले समुदायसँग प्रत्यक्ष भेटघाट गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा सबैको साझा प्रयासबाट मात्र लक्ष्य हासिल गर्न सकिने बताइन्। उनले “एक्लै हिँड्दा लामो यात्रा तय गर्न कठिन हुन्छ, तर सबै मिलेर अघि बढ्दा लामो यात्रा तय गर्दै गन्तव्यमा पुग्न सकिन्छ” भन्ने धारणा व्यक्त गर्दै परियोजनालाई सफल बनाउन सबैले आ–आफ्नो तर्फबाट योगदान गर्नुपर्नेमा जोड दिइन्। त्यसैगरी, WW2 का Albanus Munyoki ले पनि समुदायसँग प्रत्यक्ष भेट्न पाउँदा खुसी व्यक्त गरे। उनले अहिलेसम्म रिपोर्टमार्फत परियोजनाका गतिविधिहरू नियाल्दै आएको भए पनि समुदायका सदस्यहरूसँग प्रत्यक्ष भेटघाट गर्न पाउँदा अझ उत्साहित भएको बताए। उनले आगामी दिनमा सबै मिलेर सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। बैठकमा नागरिक आवाजका प्रतिनिधिद्वय सरु सुवेदी र मेरिता कंसाकारले सहभागी सम्पूर्णलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्य र एकताका साथ अघि बढ्नुपर्ने धारणा व्यक्त गरे। बैठकको अन्त्यमा मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसीले सहभागी सबैलाई धन्यवाद दिँदै हरेक महिना LBT शान्ति समूहको मासिक बैठक नियमित रूपमा आयोजना गरिने बताइन्। उनले बैठकमार्फत LBT समुदायका व्यक्तिहरूले भोगिरहेका विभिन्न विषय तथा समस्यामाथि छलफल गरी आगामी योजना तथा कार्यक्रमहरू तय गरिने जानकारी दिँदै सहभागी सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो।

On 10 September 2026, Mitini Nepal organized the monthly meeting of the LBT Peace Group at its central office in Kathmandu, Bagmati Province, under the “Advancing Minority Rights” project of Alpasankhyak ko Aawaz. The meeting began with participants introducing themselves. Program Officer Bimala Gurung shared that LBT Peace Groups have already been formed in the project districts of Jhapa, Sunsari, Chitwan and Kathmandu. She explained that the main objective of the meeting was to provide participants with information on what the LBT Peace Group is and why it was formed, encourage active participation in various project activities and strengthen their role as facilitators in reducing violence, stigma and discrimination against LBT persons.

A total of 32 participants attended the meeting, including LBT persons, family members of LBT community members, Program & Grants Coordinator Mary Waithera and Finance Officer Albanus Munyoki from What Works to Prevent Violence (WW2), and Finance Manager Merita Kansakar and Senior Program Officer Saru Subedi from Nagarik Aawaz, among others.

During the meeting, family members of LBT persons shared that although they initially found it difficult to openly accept that their children were members of the LBT community, they eventually accepted them by prioritizing their children’s happiness and choices. Similarly, some LBT participants shared that they still face a lack of family acceptance, forced marriage and limitations in fully exercising their rights due to the existing binary legal structures. They emphasized the need to make existing legal structures more gender-responsive, inclusive and respectful of gender and sexual diversity. Members of the LBT Peace Group expressed their commitment to doing their best to reduce violence against le***an, bisexual and transgender persons.

Speaking at the meeting, Mary Waithera of WW2 expressed her happiness at having the opportunity to meet the community and family members directly. She emphasized that the project’s goals can be achieved only through collective efforts. Drawing on the idea that “walking alone makes it difficult to travel a long journey, but when everyone walks together, a longer journey can be completed and the destination reached,” she encouraged everyone to contribute from their respective roles to make the project successful.

Similarly, Albanus Munyoki of WW2 expressed his happiness at meeting community members directly. He shared that he had previously been following the project activities mainly through reports and therefore was pleased to have the opportunity to meet the community members in person. He emphasized the importance of working together and moving forward through collective efforts. Representatives of Nagarik Aawaz, Saru Subedi and Merita Kansakar also thanked all the participants and emphasized the importance of continuing to move forward through collaboration and solidarity. At the conclusion of the meeting, Sarita K.C., Executive Director of Mitini Nepal, thanked all the participants and shared that the LBT Peace Group’s monthly meetings would be held regularly, bringing members together to discuss various issues and challenges faced by LBT community members and to develop future plans and activities. She concluded by expressing her gratitude to everyone for their participation and contribution.

💛 विश्व आत्महत्या रोकथाम दिवस | सेप्टेम्बर १०हरेक जीवन मूल्यवान् छ। कहिलेकाहीँ मानिसले भोगिरहेको पीडा बाहिरबाट देखिँदैन।...
10/09/2026

💛 विश्व आत्महत्या रोकथाम दिवस | सेप्टेम्बर १०

हरेक जीवन मूल्यवान् छ। कहिलेकाहीँ मानिसले भोगिरहेको पीडा बाहिरबाट देखिँदैन। यस्तो अवस्थामा सहानुभूतिपूर्वक सुन्ने, साथ दिने र सहयोगका लागि जोड्ने सानो प्रयासले पनि ठूलो फरक पार्न सक्छ।

आत्महत्याबारे खुलेर कुरा गरौँ, बिना कुनै निर्णय सुन्ने वातावरण बनाऔँ र कठिन अवस्थामा रहेका व्यक्तिलाई आवश्यक सहयोग तथा परामर्श लिन प्रोत्साहित गरौँ।

सुनौँ। साथ दिऔँ। जोडिऔँ। जीवन बचाऔँ।

विश्व आत्महत्या रोकथाम दिवस २०२६ मा सबैलाई आफू र अरूको मानसिक स्वास्थ्यप्रति संवेदनशील बन्न मितिनी नेपाल आह्वान गर्दछौं ।

Address

Mitini Nepal, Chetanshil Marga
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Mitini Nepal page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mitini Nepal page:

Shortcuts

Share