Mitini Nepal page

Mitini Nepal page Dare to Be You: Embracing Diversity, Championing Equality. Website: www.mitininepal.org.np
ww.mitininepal.org.np
(1)

Mitini Nepal (MN) was established in 2006 with a vision to build a peaceful, prosperous society where sexual and gender minorities’ community can live with self-esteem and dignity while enjoying human rights without any discrimination, violence, assault, and fear. It was established by the first le***an couple of Nepal Laxmi Ghalan & Meera Bajracharya when homosexuality was criminalised in 2002. T

he core function of Mitini Nepal is to bring awareness through Right Based Advocacy in a traditional society as well as in the general people by positively changing their attitudes towards LGBTIQ+ groups. Mission:
To advocate for the access of political, legal, social, economic and educational rights of LBT people by strengthening coordination, collaboration, network and by developing mutual understanding among all concerned stakeholders as well as by capacitating excluded and vulnerable LBT individuals in order to create an egalitarian environment for sexual and gender minorities

Goal:
A just society where LBT can live a dignified life with fruitful participation in public spheres, highly protected socially, economically, legally and politically.

नागपञ्चमीको सम्पूर्णमा मितिनी नेपाल परिवार शुभकामना व्यक्त गर्दछौं।
17/08/2026

नागपञ्चमीको सम्पूर्णमा मितिनी नेपाल परिवार शुभकामना व्यक्त गर्दछौं।

अन्तर्राष्ट्रिय युवा दिवसको मितिनी नेपाल परिवार सम्पूर्णमा शुभकामना व्यक्त गर्दछौं।
12/08/2026

अन्तर्राष्ट्रिय युवा दिवसको मितिनी नेपाल परिवार सम्पूर्णमा शुभकामना व्यक्त गर्दछौं।

05/08/2026
मितिनी नेपालको आयोजनामा मिति २०८३ साउन १७ गते तदानुसार २ अगस्ट, २०२६ मा बागमती  प्रदेशको काठमाडौंमा मितिनी नेपालका बोर्ड...
02/08/2026

मितिनी नेपालको आयोजनामा मिति २०८३ साउन १७ गते तदानुसार २ अगस्ट, २०२६ मा बागमती प्रदेशको काठमाडौंमा मितिनी नेपालका बोर्ड सदस्यहरू तथा केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरूलाई लक्षित गर्दै सामूहिक हेरचाह (Collective Care) र सुस्वास्थ्य (Wellbeing) सम्बन्धी सेसन सम्पन्न भएको छ। सेसनको सुरुवात गर्दै मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसीले संस्थामा कार्यरत सबैको मानसिक तथा भावनात्मक सुस्वास्थ्य प्रवर्द्धन गर्दै एकअर्काप्रति सहयोग, सहकार्य र हेरचाहको संस्कृतिलाई मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले मानिस भावनात्मक प्राणी भएकाले विभिन्न परिस्थितिमा भावनामा उतारचढाव आउनु स्वाभाविक रहेको उल्लेख गर्दै आफ्ना भावना दबाएर नराखी स्वस्थ रूपमा व्यक्त गर्न र मन तथा मस्तिष्क बीच सन्तुलन कायम राख्न आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले एकअर्काको सानो–सानो प्रयास र योगदानको कदर गर्न सके सकारात्मक ऊर्जा, विश्वास र आपसी सम्बन्ध अझ सुदृढ हुने उल्लेख गर्दै यस्तै वातावरण निर्माण गर्ने उद्देश्यले उक्त सेसन सञ्चालन गरिएको जानकारी दिनुभयो। यसैक्रममा, मितिनी नेपालका संस्थापक अध्यक्ष लक्ष्मी घलानले समुदायको अधिकारका लागि काम गर्ने क्रममा विभिन्न चुनौती र अवरोधहरूले मानसिक स्वास्थ्य तथा सुस्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने बताउनुभयो। उहाँले करिब दुई दशकअघि समुदायका व्यक्तिहरू संस्थागत रूपमा संगठित नभएको समयमा मानसिक स्वास्थ्य र सामूहिक हेरचाहका विषयमा पर्याप्त छलफल नहुने गरेको स्मरण गर्नुभयो। उहाँले परिवार र समाजबाट स्वीकार्यता तथा सहयोग नपाउँदा धेरै समुदायका व्यक्तिहरू गम्भीर मानसिक तनावमा परी आत्महत्यासम्मको अवस्थामा पुगेका उदाहरणहरू रहेको उल्लेख गर्दै, अहिले सञ्चालन भइरहेका मानसिक स्वास्थ्य, सामूहिक हेरचाह र सुस्वास्थ्य सम्बन्धी सेसनहरूले समुदायका व्यक्तिहरूलाई राहत र आशा प्रदान गरिरहेको बताउनुभयो।
उहाँले जीवनका उतारचढावलाई साहसका साथ सामना गर्दै आफूलाई अघि बढाउनु, अरूको पीडा बुझेर साथ र हेरचाह प्रदान गर्नु तथा सकारात्मक सोचको विकास गर्नु नै जीवनको ठूलो शक्ति भएको उल्लेख गर्नुभयो। साथै, नकारात्मक सोच आउनु स्वाभाविक भए पनि त्यसलाई सकारात्मक ऊर्जामा रूपान्तरण गर्न सकिए जीवन अझ सुन्दर बन्ने भन्दै सहभागीहरूलाई खुला मनले सेसनबाट सिक्न आग्रह गर्नुभयो। उहाँले व्यक्तिगतदेखि सार्वजनिक जीवनसम्म आइपर्ने विभिन्न उतारचढावलाई धैर्य र आत्मविश्वासका साथ सामना गर्दै साना–साना चुनौतीहरू पार गरेर अघि बढ्न सक्नु नै व्यक्तिको महानता भएको बताउनुभयो। साथै, अरूको दुःख र पीडालाई बुझ्दै उनीहरूलाई हेरचाह, साथ र प्रेरणा प्रदान गर्न सक्नु झनै ठूलो मानवीय गुण र महानता भएको उल्लेख गर्नुभयो। उहाँले कठिन परिस्थितिमा एकअर्काप्रति सहानुभूति, सहयोग र सकारात्मक सोचको विकास गर्न सके व्यक्ति तथा समुदाय दुवैको सुस्वास्थ्य र समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। त्यसपश्चात्, सेसनलाई अगाडि बढाउँदै साइकोथेरापिस्ट तथा योग प्रशिक्षक गणेश अमगाईले साउन्ड हिलिङ सुरु गर्नु अघि मानव शरीरका विभिन्न ऊर्जा चक्र (चक्र प्रणाली) र तिनको मानसिक तथा भावनात्मक अवस्थासँगको सम्बन्धबारे जानकारी गराउनुभयो। उहाँले केही चक्रहरू अत्यधिक सक्रिय (Overactive) तथा केही कम सक्रिय (Underactive) हुन सक्ने उल्लेख गर्दै संवेगात्मक भावनाहरू सन्तुलित रहँदा मात्र समग्र सुस्वास्थ्य प्राप्त गर्न सकिने बताउनुभयो। उहाँले सहभागीहरूलाई शवासन मुद्रामा आरामपूर्वक सुतेर शरीरलाई पूर्ण रूपमा शिथिल बनाउन अनुरोध गर्दै साउन्ड हिलिङका क्रममा विगतका सम्झनाहरू आउन सक्ने भए पनि त्यसलाई स्वीकार गर्दै स्वतः जान दिन आग्रह गर्नुभयो। साथै, सुरक्षित र पारिवारिक वातावरणमा सिङ्गिङ बाउल (Singing Bowl) को ध्वनिमार्फत शरीर र मनलाई विश्राम प्रदान गरिने जानकारी दिँदै यस प्रकारको साउन्ड हिलिङलाई प्रभावकारी स्वहेरचाह (Self-care) को अभ्यासका रूपमा प्रस्तुत गर्नुभयो। साउन्ड हिलिङ अभ्यास सम्पन्न भएपछि प्रशिक्षकले सहभागीहरूलाई उक्त अभ्यासका क्रममा आफूहरूले अनुभव गरेका भावना र अनुभूतिहरू साझा गर्न आग्रह गर्नुभयो। अनुभव आदानप्रदानका क्रममा सहभागीहरूले सिङ्गिङ बाउल को ध्वनिले आफूहरूलाई विगतका सम्झनाहरूमा पुर्‍याएको, पुराना अनुभवहरू ताजा गराएको तथा मन र मस्तिष्कमा शान्ति, आनन्द र भावनात्मक हल्कापनको अनुभूति गराएको बताए। केही सहभागीहरूले परिवारको सम्झना आएको र भावनात्मक रूपमा निकै प्रभावित भएको अनुभव साझा गर्दै अभ्यासका क्रममा भावुकसमेत भएको उल्लेख गरे। अनुभव आदानप्रदानपछि प्रशिक्षक गणेश अमगाई ले जीवनका हरेक परिस्थितिमा सधैं सकारात्मक रहनु सम्भव नहुने उल्लेख गर्नुभयो। उहाँले नकारात्मक भावना आउनु पनि मानवीय स्वभावको हिस्सा भएको बताउँदै त्यस्ता क्षणहरूले आफूलाई पुनः सम्हालेर सकारात्मक सोचतर्फ फर्किन प्रेरित गर्ने संकेतका रूपमा लिन सकिने धारणा व्यक्त गर्नुभयो। साथै, आफ्ना भावनालाई स्वीकार गर्दै सन्तुलित रूपमा व्यवस्थापन गर्न सके मानसिक सुस्वास्थ्य कायम राख्न सहज हुने बताउनुभयो। सेसनको समापनमा सहभागीहरूले आफ्नो अनुभव तथा धारणा साझा गर्दै कार्यक्रम अत्यन्तै फलदायी र प्रभावकारी रहेको बताए। उनीहरूले सेसनले मानसिक तथा भावनात्मक सुस्वास्थ्यमा सकारात्मक प्रभाव पारेको, मनमा रहेका पीडा र तनावलाई कम गर्न सहयोग पुगेको, शरीर र मन हलुका भएको तथा आफूलाई अझ सशक्त र आत्मविश्वासी बनाउने प्रेरणा मिलेको उल्लेख गरे। सहभागीहरूले मनमा शान्ति, नयाँ ऊर्जा, उत्साह र स्वतन्त्रताको अनुभूति भएको बताउँदै डान्स मुभमेन्ट (Dance Movement) अभ्यासले शरीरलाई थप हलुका र ऊर्जावान महसुस गराएको अनुभवसमेत साझा गरे।सहभागीहरूले यस्ता सामूहिक हेरचाह तथा सुस्वास्थ्यसम्बन्धी सेसनहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनुपर्ने आवश्यकता औँल्याए। साथै, केही सहभागीहरूले अझ शान्त वातावरणमा यस्ता सेसन सञ्चालन गर्न सके यसको प्रभावकारिता थप बढ्ने धारणा व्यक्त गरे। कार्यक्रमको समापनमा, यस्ता सामूहिक हेरचाह तथा सुस्वास्थ्यसम्बन्धी सेसनहरूले विशेषगरी संस्थागत कार्य वातावरणलाई थप सकारात्मक, ऊर्जावान र सहयोगी बनाउन महत्वपूर्ण भूमिका खेल्ने आवश्यकता औँल्याइयो। लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायसँग प्रत्यक्ष रूपमा काम गर्ने क्रममा कर्मचारीहरूले समुदायका विभिन्न पीडा, संघर्ष र अनुभवहरू निरन्तर सुन्नुपर्ने भएकाले उनीहरूका लागि पनि आफ्ना भावना व्यक्त गर्न (Vent Out) सुरक्षित र सहयोगी स्थान आवश्यक पर्नेमा जोड दिइयो। सेसनबाट प्राप्त मुख्य सिकाइका रूपमा मानिसले सधैँ सबै अवस्थामा पूर्ण वा राम्रो हुनैपर्छ भन्ने दबाब लिनु आवश्यक नरहेको, बरु आफूलाई जस्तो छ त्यस्तै स्वीकार गर्न सक्नु नै आत्महेरचाहको महत्वपूर्ण पक्ष भएको उल्लेख गरियो। अनावश्यक चिन्ता र अत्यधिक सोचले मानसिक दबाब बढाई शारीरिक थकानसमेत निम्त्याउने र त्यसले दैनिक कार्यसम्पादनमा असर पार्ने भएकाले आफ्ना भावना र परिस्थितिलाई सहज रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिइयो। साथै, जीवनलाई बगिरहेको खोलासँग तुलना गर्दै खोलाको बहावलाई रोक्न वा उल्ट्याउन नसकिनेजस्तै जीवनका सबै परिस्थितिलाई नियन्त्रण गर्न सम्भव नहुने उल्लेख गरियो। त्यसैले समाधान गर्न सकिने समस्याको समाधान खोज्दै र तत्काल परिवर्तन गर्न नसकिने अवस्थालाई स्वीकार गर्दै जीवनसँग अघि बढ्न सक्नु नै मानसिक सन्तुलन र सुस्वास्थ्यको आधार हुने निष्कर्ष निकालियो।कार्यक्रमको निष्कर्षमा, सेसनबाट प्राप्त मुख्य सिकाइ व्यक्तिले सबैभन्दा पहिले आफूलाई माया गर्न र स्वीकार गर्न सिक्नुपर्ने भन्ने रहेको उल्लेख गरियो। मानिसको शरीरलाई गाडीको इन्जिनसँग तुलना गर्दै, इन्जिन स्वस्थ नभए गाडीले राम्रोसँग काम गर्न नसकेझैँ संवेगात्मक र भावनात्मक स्वास्थ्य सन्तुलित नभए व्यक्तिले आफ्नो क्षमता अनुसार काम गर्न नसक्ने धारणा प्रस्तुत गरियो। त्यसैले आफ्ना भावना सुरक्षित र स्वस्थ माध्यमबाट व्यक्त (Vent Out) गर्ने बानी विकास गर्नु आवश्यक रहेकोमा जोड दिइयो। लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका मुद्दामा काम गर्ने क्रममा कर्मचारीहरू स्वयं पनि भावनात्मक रूपमा प्रभावित हुन सक्ने भएकाले एकअर्कालाई जज नगरी सहानुभूति, सहयोग र सामूहिक हेरचाह (Collective Care) को अभ्यासलाई संस्थागत संस्कृतिको हिस्सा बनाउनुपर्ने आवश्यकता औँल्याइयो। साथै, व्यक्तिगत र व्यावसायिक जीवनबीच सन्तुलन कायम राख्नु, व्यक्तिगत समस्याले कार्यसम्पादनमा असर नपर्ने वातावरण सिर्जना गर्नु तथा विगतका सकारात्मक सिकाइलाई आत्मसात् गर्दै नकारात्मक अनुभवलाई छोडेर अघि बढ्नुपर्ने सन्देश दिइयो।
सेसनमा उपचार (Healing) तत्काल सम्पन्न हुने प्रक्रिया नभई निरन्तर चलिरहने यात्रा भएको उल्लेख गर्दै आफूलाई स्वीकार गर्ने, आफ्ना भावना बुझ्ने, मन र मस्तिष्कबीच सन्तुलन कायम राख्ने तथा आवश्यक पर्दा भावनाहरू खुला रूपमा व्यक्त गर्न सक्नु मानसिक सुस्वास्थ्यका आधारभूत पक्ष भएको बताइयो। रुनु कमजोरी नभई भावनालाई स्वाभाविक रूपमा अभिव्यक्त गर्ने माध्यम भएको र यसले मन हलुका बनाई सुस्वास्थ्यमा सकारात्मक योगदान पुर्‍याउने धारणा पनि व्यक्त गरियो। अन्त्यमा सहभागीहरूको सक्रिय सहभागिता र समयका लागि धन्यवाद ज्ञापन गरिएको थियो । सेसनमा आयोजक, सहजकर्ता, बोर्ड सदस्य तथा कर्मचारीहरू गरी २३ जनाको सहभागिता रहेको थियो।
Highlight

02/08/2026

सधैँ अरूलाई साथ दिने हातले पनि कहिलेकाहीँ आफ्नै मनलाई सहाराको आवश्यकता पर्छ।

Collective Care for Mental Health हामी सबैले एकअर्काको मन, भावना र आशालाई सँगै सम्हाल्ने सुन्दर यात्रा हो।

आज गणेश गुरुबाट प्राप्त Singing Bowl Healing Therapy ले केही समय आफ्नै मनसँग जोडिने, थकान र तनावलाई हल्का बनाउँदै शान्ति, आत्मबल र सकारात्मक ऊर्जा महसुस गर्ने अवसर प्रदान गर्‍यो।

आफूलाई पनि माया गरौँ, किनकि स्वस्थ मनबाटै स्वस्थ समुदाय निर्माण हुन्छ।

#जीवन #आत्मविश्वास #आध्यात्मिक

🏳️‍⚧️🏳️‍🌈🙏

मिति २०८३ साउन १५ गते बागमती प्रदेशको भरतपुरमा भरतपुर महानगरपालिकाको आयोजनामा नेपालका विभिन्न जाति, धर्म, भाषा, संस्कृति...
01/08/2026

मिति २०८३ साउन १५ गते बागमती प्रदेशको भरतपुरमा भरतपुर महानगरपालिकाको आयोजनामा नेपालका विभिन्न जाति, धर्म, भाषा, संस्कृति र समुदायबीच आपसी सम्मान, सामाजिक एकता तथा धार्मिक सहिष्णुताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित सद्भाव र्‍याली भव्य रूपमा सम्पन्न भयो। र्‍यालीमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, सञ्चारकर्मी, धार्मिक समुदायका प्रतिनिधिहरू, नागरिक समाज तथा विविध क्षेत्रका व्यक्तित्वहरूको उत्साहजनक सहभागिता रहेको थियो। शान्तिपूर्ण र्यालीमा मितिनी नेपाल, चितवन स्थित कार्यालयबाट कर्मचारी लगायत समुदायका व्यक्तिहरूले पनि सहभागिता जनाएका थिए । र्‍याली भरतपुरको चौबीसकोठीबाट सुरु भई पुलचोकमा पुगेर समापन भएको थियो।
कार्यक्रममा भरतपुर महानगरपालिकाका नगरप्रमुख चित्रसेन अधिकारी तथा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश आचार्य लगायत विभिन्न निकायका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो। समापन समारोहमा नगरप्रमुख अधिकारीले वर्तमान परिस्थितिमा राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी विश्वासलाई अझ सुदृढ बनाउन सबैको साझा जिम्मेवारी रहेको बताउनुभयो।

हालै सुनसरी र मधेश प्रदेशका केही स्थानमा देखिएको हिन्दू–मुस्लिम समुदायबीचको तनाव जस्ता घटनाले समाजमा शान्ति, संवाद र पारस्परिक सम्मानको आवश्यकता झनै बढाएको छ। यस्ता चुनौतीपूर्ण समयमा विविधता नै हाम्रो शक्ति हो भन्ने सन्देशका साथ आयोजित यस सद्भाव र्‍यालीले सबै समुदायबीच एकता, सहअस्तित्व र मेलमिलापलाई अझ मजबुत बनाउन प्रेरणा दिएको छ ।

साउन १५ अर्थात् खिर खाने दिनको सम्पूर्णमा मितिनी नेपाल परिवार शुभकामना व्यक्त गर्दछौं।
31/07/2026

साउन १५ अर्थात् खिर खाने दिनको सम्पूर्णमा मितिनी नेपाल परिवार शुभकामना व्यक्त गर्दछौं।

मितिनी नेपालको आयोजनामा मिति २०८३ श्रावण १४ गते तदअनुसार ३० जुलाई २०२६ मा बागमती प्रदेशको काठमाडौँमा लैङ्गिक तथा यौनिक अ...
31/07/2026

मितिनी नेपालको आयोजनामा मिति २०८३ श्रावण १४ गते तदअनुसार ३० जुलाई २०२६ मा बागमती प्रदेशको काठमाडौँमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको वैवाहिक समानताको विषयमा काठमाडौँ महानगरपालिकाका वडा प्रतिनिधिहरूसँग कार्यशाला गोष्ठी सम्पन्न भएको छ। सहभागीहरूको परिचयबाट सुरु भएको कार्यक्रममा मितिनी नेपालकी महिला शान्ति सहजकर्ता कल्पना मगरले कार्यशालाको उद्देश्यमाथि प्रकाश पार्दै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अस्थायी विवाह दर्तासम्बन्धी सर्वोच्च अदालतको फैसला तथा गृहमन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तहमा जारी गरेको परिपत्रका बाबजुद समुदायका कतिपय जोडीहरूले अझै पनि अस्थायी विवाह दर्ता गर्ने क्रममा विभिन्न चुनौतीहरू सामना गरिरहेको सन्दर्भ प्रस्तुत गरिन् । यस कार्यशालामार्फत स्थानीय सेवा प्रदायक तथा वडा प्रतिनिधिहरूलाई अस्थायी विवाह दर्ता प्रक्रियालाई थप सहज, छरितो र सेवाग्राहीमैत्री बनाउन आवश्यक भूमिका, समन्वय र सहकार्यका विषयमा अभिमुखीकरण गर्नुका साथै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको वैवाहिक समानतासम्बन्धी कानुनी तथा व्यवहारिक पक्षबारे जानकारी प्रदान गर्ने उद्देश्य राखिएको बताइन् ।
कार्यक्रमलाई अगाडि बढाउँदै सहभागीहरूलाई वैवाहिक समानतासम्बन्धी विभिन्न विषय समेटिएको पूर्व–प्रश्नावली (Pre-test) भराइएको थियो। यस प्रश्नावलीको मुख्य उद्देश्य सहभागीहरूको विषयसम्बन्धी विद्यमान ज्ञान, बुझाइ तथा धारणाको मूल्याङ्कन गर्नु रहेको थियो। सेसनलाई अघि बढाउँदै मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसीले पावरपोइन्ट प्रस्तुतीकरणमार्फत लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको वैवाहिक समानताको सुनिश्चितताका लागि मितिनी नेपालले संघीय सरकारदेखि स्थानीय तहसम्म निरन्तर पैरवी, वकालत तथा समन्वयात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराइन्। उहाँले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयको स्थापना भई समुदायलाई नीतिगत रूपमा समेटिएको विषयलाई सकारात्मक उपलब्धिका रूपमा उल्लेख गरिन्। साथै, सर्वोच्च अदालतले २०८० सालमा अस्थायी विवाह दर्तासम्बन्धी फैसला गरिसकेको र सोहीअनुसार अस्थायी विवाह दर्ताको व्यवस्था लागू भए पनि पञ्जीकरण विभागसँग समुदायका अस्थायी विवाह दर्ताको यकिन तथ्याङ्क उपलब्ध नरहेको जानकारी गराइन्। उहाँले स्थानीय तहका सेवा प्रदायकहरूमा समेत यस सम्बन्धी पर्याप्त सूचना, स्पष्ट कार्यविधि तथा जानकारीको अभाव रहेकाले समुदायले सेवा प्राप्त गर्ने क्रममा अझै विभिन्न चुनौतीहरू सामना गरिरहेको धारणा व्यक्त गरिन्।
प्रस्तुतीकरणका क्रममा उहाँले नेपालको संविधानको धारा १२, १८ र ४२ ले क्रमशः लैङ्गिक पहिचानसहित नागरिकताको हक, समानताको हक तथा सामाजिक न्यायको हक सुनिश्चित गर्दै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकारलाई संवैधानिक मान्यता दिएको उल्लेख गरिन्। तथापि, संविधानको भावना अनुरूप विद्यमान नीति तथा कानुन अझै पर्याप्त रूपमा लैङ्गिकमैत्री बन्न नसकेको र तिनको प्रभावकारी कार्यान्वयनमा समेत चुनौती रहेकोमा जोड दिइन्। उहाँले मुलुकी देवानी संहिता, २०७४ को दफा ६७ ले विवाहलाई महिला र पुरुषबीचको सम्बन्धका रूपमा मात्र परिभाषित गरेकाले यसले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई समेट्न नसकेको बताइन्। साथै, मितिनी नेपालले २०७९ सालमा वैवाहिक समानताको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको र उक्त मुद्दा हाल संवैधानिक इजलासमा विचाराधीन रहेकाले पटक–पटक पेसी सर्दै आएको जानकारी गराइन्।उहाँले "विवाह पनि ठेगाना जस्तै स्थायी र अस्थायी हुन्छ र?" भन्ने प्रश्नमार्फत अस्थायी विवाह दर्ताको अवधारणाप्रति प्रश्न उठाउँदै हालसम्म पनि समुदायका कतिपय जोडीहरूले अस्थायी विवाह दर्ता गराउने क्रममा विभिन्न प्रशासनिक अवरोधहरू सामना गरिरहेको र केही वडाहरूले दर्ताका लागि निवेदनसमेत स्वीकार नगरेका घटनाहरू देखिएको उल्लेख गरिन्। कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायसँग सम्बन्धित भौगोलिक विविधताअनुसार प्रयोग हुने शब्दावली, एलजीबीटीआई (LGBTI) सम्बन्धी आधारभूत अवधारणा, संवैधानिक प्रावधान तथा वैवाहिक समानतासम्बन्धी विषयमा सहभागीहरूलाई जानकारी दिने उद्देश्यले सूचनामूलक भिडियो प्रसारण गरिएको थियो। यसैक्रममा समलिङ्गी एकल ज्येष्ठ महिला सुकमाया मगरको कथा साझेदार गर्दै मितिनी नेपालले नेपाल सरकारद्वारा प्रदान गरिने सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गतको असहाय एकल महिला भत्ता लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका एकल महिलाहरूले पनि समान रूपमा प्राप्त गर्नुपर्ने तथा 'एकल महिला'को कानुनी परिभाषामा उनीहरूलाई समेत समावेश गरिनुपर्ने विषयलाई विशेष रूपमा उठान गरेको थियो। साथै, सहभागीहरूलाई यौन अभिमुखीकरण (S*xual Orientation), लैङ्गिक पहिचान (Gender Identity), लैङ्गिक अभिव्यक्ति (Gender Expression) तथा यौन विशेषता (S*x Characteristics) सम्बन्धी आधारभूत अवधारणा र तिनको व्यावहारिक महत्वबारे पनि अभिमुखीकरण गरिएको थियो। यसका साथै जन्मदर्ता प्रक्रियामा सन्तानको लैङ्गिक पहिचानलाई महिला, पुरुष तथा अन्तरलिङ्गी (Intersex) लगायतका विविध पहिचानलाई सम्मान गर्ने गरी अभिलेखीकरण गर्न आवश्यक रहेको बताइयो। साथै, दर्ता फाराम तथा अन्य सरकारी कागजातहरूमा प्रयोग हुने 'आमाबुवा' जस्ता बाइनरी शब्दावलीको सट्टा 'अभिभावक' वा 'संरक्षक' जस्ता समावेशी तथा लैङ्गिकमैत्री शब्दहरूको प्रयोग गर्नुपर्नेमा जोड दिँदै यसले सबै प्रकारका परिवार र अभिभावकत्वलाई समान रूपमा सम्मान गर्ने वातावरण निर्माण गर्नुपर्ने बताइयो ।
कार्यक्रममा मितिनी नेपालका संस्थापक अध्यक्ष लक्ष्मी घलानले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार आन्दोलन तथा वैवाहिक समानताको अवस्थाबारे प्रकाश पार्दै समुदायको अधिकार सुनिश्चित गर्न सन् २००२ देखि संस्थागत रूपमा निरन्तर वकालत र संघर्ष गर्दै आएको जानकारी गराउनुभयो। उहाँले आफ्नो व्यक्तिगत अनुभव र संघर्षका कथाहरू साझेदार गर्दै हरेक व्यक्तिको पहिचानसँग जोडिएको आफ्नै जीवनभोगाइ हुने भएकाले पहिचानको यात्रा सहज नभएको र समुदायले आजसम्म पनि विभिन्न चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्नुभयो।उहाँले अस्थायी विवाह दर्ताको व्यवस्था समुदायका लागि सकारात्मक सुरुवात भए पनि यसले वैवाहिक समानताको अधिकारलाई पूर्ण रूपमा सुनिश्चित गर्न नसकेको बताउनुभयो। राज्यले समुदायका लागि आवश्यक कानुनी संरक्षण अझै प्रभावकारी रूपमा सुनिश्चित गर्न नसकेको र विवाहसम्बन्धी अधिकार उपभोग गर्ने क्रममा समुदायले निरन्तर विभेद तथा प्रशासनिक अवरोध भोग्नुपरेको उहाँको भनाइ थियो। साथै, सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि न्यायपूर्ण तथा समावेशी कानुन निर्माण अझै हुन बाँकी रहेकोमा उहाँले जोड दिनुभयो।विवाहको अधिकार आधारभूत मानव अधिकार भएकाले स्थानीय तहका सेवा प्रदायक तथा सरोकारवाला निकायहरूले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायप्रति सकारात्मक, समावेशी र अधिकारमा आधारित दृष्टिकोण अपनाई सेवा प्रवाह गर्नुपर्नेमा उहाँले विशेष आग्रह गर्नुभयो। यसैगरी कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायसँग सम्बन्धित नेपालको विद्यमान कानुनी व्यवस्था, संवैधानिक तथा नीतिगत प्रावधानहरू र समुदायले हालसम्म हासिल गरेका प्रमुख उपलब्धिहरूबारे छलफल गरिएको थियो। साथै, समुदायका केही जोडीहरूले अस्थायी विवाह दर्ता गराउने क्रममा भोगेका अनुभव, चुनौती तथा सिकाइहरू आफ्ना कथामार्फत सहभागीहरूसँग साझा गरेका थिए। कार्यक्रमलाई थप सहभागितामूलक बनाउन पाँच वटा फरक–फरक केस सिनारियोका आधारमा सहभागीहरूलाई समूहमा विभाजन गरी समूहकार्य गराइएको थियो। प्रत्येक समूहलाई छलफलका लागि छुट्टाछुट्टै प्रश्न प्रदान गरिएको थियो। समूहगत छलफलपछि सहभागीहरूले आफ्नो समूहको निष्कर्ष तथा सुझाव साझा गरेका थिए।
कार्यक्रमको अन्त्यमा सहभागीहरूको प्रश्न, जिज्ञासा तथा सुझावहरूलाई खुला छलफल मार्फत् संकलन गरी त्यससम्बन्धी विषयमा विस्तृत रूपमा सम्बोधन गरिएको थियो भने पश्चात् प्रश्नावली (Post test) मार्फत कार्यक्रमबाट भएको सिकाई उपलब्धि र प्रतिक्रिया सङ्कलन गरिएको थियो। सहभागीहरूले कार्यक्रमले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको वैवाहिक समानता जस्तो गम्भीर तर कम छलफल हुने विषयमा आफ्नो ज्ञान र बुझाइ अभिवृद्धि गरेको उल्लेख गर्दै आगामी दिनमा व्यक्तिगत तथा संस्थागत दुवै तहबाट समुदायमैत्री सेवा प्रवाह र आवश्यक सहयोग गर्न प्रतिबद्धता व्यक्त गरेका थिए। उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका अन्तर्गतका विभिन्न वडाका वडा अध्यक्ष, वडा सचिव, छैटौँ तहका अधिकृत, वडा सदस्य, न्यायिक सहजकर्ता, सूचना प्रविधि सहायक, सामाजिक परिचालक, पञ्जीकरण विभागका प्रतिनिधि, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सदस्य तथा आयोजक गरी ७९ जनाको अर्थपूर्ण सहभागिता रहेको थियो। कार्यक्रममा लिइएका थप तस्बिरहरू...
Highlight Mitini Nepal

मितिनी नेपालको आयोजनामा मिति २०८३ श्रावण १४ गते तदअनुसार ३० जुलाई २०२६ मा बागमती प्रदेशको काठमाडौँमा लैङ्गिक तथा यौनिक अ...
30/07/2026

मितिनी नेपालको आयोजनामा मिति २०८३ श्रावण १४ गते तदअनुसार ३० जुलाई २०२६ मा बागमती प्रदेशको काठमाडौँमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको वैवाहिक समानताको विषयमा काठमाडौँ महानगरपालिकाका वडा प्रतिनिधिहरूसँग कार्यशाला गोष्ठी सम्पन्न भएको छ। सहभागीहरूको परिचयबाट सुरु भएको कार्यक्रममा मितिनी नेपालकी महिला शान्ति सहजकर्ता कल्पना मगरले कार्यशालाको उद्देश्यमाथि प्रकाश पार्दै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अस्थायी विवाह दर्तासम्बन्धी सर्वोच्च अदालतको फैसला तथा गृहमन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तहमा जारी गरेको परिपत्रका बाबजुद समुदायका कतिपय जोडीहरूले अझै पनि अस्थायी विवाह दर्ता गर्ने क्रममा विभिन्न चुनौतीहरू सामना गरिरहेको सन्दर्भ प्रस्तुत गरिन् । यस कार्यशालामार्फत स्थानीय सेवा प्रदायक तथा वडा प्रतिनिधिहरूलाई अस्थायी विवाह दर्ता प्रक्रियालाई थप सहज, छरितो र सेवाग्राहीमैत्री बनाउन आवश्यक भूमिका, समन्वय र सहकार्यका विषयमा अभिमुखीकरण गर्नुका साथै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको वैवाहिक समानतासम्बन्धी कानुनी तथा व्यवहारिक पक्षबारे जानकारी प्रदान गर्ने उद्देश्य राखिएको बताइन् ।
कार्यक्रमलाई अगाडि बढाउँदै सहभागीहरूलाई वैवाहिक समानतासम्बन्धी विभिन्न विषय समेटिएको पूर्व–प्रश्नावली (Pre-test) भराइएको थियो। यस प्रश्नावलीको मुख्य उद्देश्य सहभागीहरूको विषयसम्बन्धी विद्यमान ज्ञान, बुझाइ तथा धारणाको मूल्याङ्कन गर्नु रहेको थियो। सेसनलाई अघि बढाउँदै मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसीले पावरपोइन्ट प्रस्तुतीकरणमार्फत लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको वैवाहिक समानताको सुनिश्चितताका लागि मितिनी नेपालले संघीय सरकारदेखि स्थानीय तहसम्म निरन्तर पैरवी, वकालत तथा समन्वयात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराइन्। उहाँले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयको स्थापना भई समुदायलाई नीतिगत रूपमा समेटिएको विषयलाई सकारात्मक उपलब्धिका रूपमा उल्लेख गरिन्। साथै, सर्वोच्च अदालतले २०८० सालमा अस्थायी विवाह दर्तासम्बन्धी फैसला गरिसकेको र सोहीअनुसार अस्थायी विवाह दर्ताको व्यवस्था लागू भए पनि पञ्जीकरण विभागसँग समुदायका अस्थायी विवाह दर्ताको यकिन तथ्याङ्क उपलब्ध नरहेको जानकारी गराइन्। उहाँले स्थानीय तहका सेवा प्रदायकहरूमा समेत यस सम्बन्धी पर्याप्त सूचना, स्पष्ट कार्यविधि तथा जानकारीको अभाव रहेकाले समुदायले सेवा प्राप्त गर्ने क्रममा अझै विभिन्न चुनौतीहरू सामना गरिरहेको धारणा व्यक्त गरिन्।
प्रस्तुतीकरणका क्रममा उहाँले नेपालको संविधानको धारा १२, १८ र ४२ ले क्रमशः लैङ्गिक पहिचानसहित नागरिकताको हक, समानताको हक तथा सामाजिक न्यायको हक सुनिश्चित गर्दै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकारलाई संवैधानिक मान्यता दिएको उल्लेख गरिन्। तथापि, संविधानको भावना अनुरूप विद्यमान नीति तथा कानुन अझै पर्याप्त रूपमा लैङ्गिकमैत्री बन्न नसकेको र तिनको प्रभावकारी कार्यान्वयनमा समेत चुनौती रहेकोमा जोड दिइन्। उहाँले मुलुकी देवानी संहिता, २०७४ को दफा ६७ ले विवाहलाई महिला र पुरुषबीचको सम्बन्धका रूपमा मात्र परिभाषित गरेकाले यसले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई समेट्न नसकेको बताइन्। साथै, मितिनी नेपालले २०७९ सालमा वैवाहिक समानताको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको र उक्त मुद्दा हाल संवैधानिक इजलासमा विचाराधीन रहेकाले पटक–पटक पेसी सर्दै आएको जानकारी गराइन्।उहाँले "विवाह पनि ठेगाना जस्तै स्थायी र अस्थायी हुन्छ र?" भन्ने प्रश्नमार्फत अस्थायी विवाह दर्ताको अवधारणाप्रति प्रश्न उठाउँदै हालसम्म पनि समुदायका कतिपय जोडीहरूले अस्थायी विवाह दर्ता गराउने क्रममा विभिन्न प्रशासनिक अवरोधहरू सामना गरिरहेको र केही वडाहरूले दर्ताका लागि निवेदनसमेत स्वीकार नगरेका घटनाहरू देखिएको उल्लेख गरिन्। कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायसँग सम्बन्धित भौगोलिक विविधताअनुसार प्रयोग हुने शब्दावली, एलजीबीटीआई (LGBTI) सम्बन्धी आधारभूत अवधारणा, संवैधानिक प्रावधान तथा वैवाहिक समानतासम्बन्धी विषयमा सहभागीहरूलाई जानकारी दिने उद्देश्यले सूचनामूलक भिडियो प्रसारण गरिएको थियो। यसैक्रममा समलिङ्गी एकल ज्येष्ठ महिला सुकमाया मगरको कथा साझेदार गर्दै मितिनी नेपालले नेपाल सरकारद्वारा प्रदान गरिने सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गतको असहाय एकल महिला भत्ता लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका एकल महिलाहरूले पनि समान रूपमा प्राप्त गर्नुपर्ने तथा 'एकल महिला'को कानुनी परिभाषामा उनीहरूलाई समेत समावेश गरिनुपर्ने विषयलाई विशेष रूपमा उठान गरेको थियो। साथै, सहभागीहरूलाई यौन अभिमुखीकरण (S*xual Orientation), लैङ्गिक पहिचान (Gender Identity), लैङ्गिक अभिव्यक्ति (Gender Expression) तथा यौन विशेषता (S*x Characteristics) सम्बन्धी आधारभूत अवधारणा र तिनको व्यावहारिक महत्वबारे पनि अभिमुखीकरण गरिएको थियो। यसका साथै जन्मदर्ता प्रक्रियामा सन्तानको लैङ्गिक पहिचानलाई महिला, पुरुष तथा अन्तरलिङ्गी (Intersex) लगायतका विविध पहिचानलाई सम्मान गर्ने गरी अभिलेखीकरण गर्न आवश्यक रहेको बताइयो। साथै, दर्ता फाराम तथा अन्य सरकारी कागजातहरूमा प्रयोग हुने 'आमाबुवा' जस्ता बाइनरी शब्दावलीको सट्टा 'अभिभावक' वा 'संरक्षक' जस्ता समावेशी तथा लैङ्गिकमैत्री शब्दहरूको प्रयोग गर्नुपर्नेमा जोड दिँदै यसले सबै प्रकारका परिवार र अभिभावकत्वलाई समान रूपमा सम्मान गर्ने वातावरण निर्माण गर्नुपर्ने बताइयो ।
कार्यक्रममा मितिनी नेपालका संस्थापक अध्यक्ष लक्ष्मी घलानले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार आन्दोलन तथा वैवाहिक समानताको अवस्थाबारे प्रकाश पार्दै समुदायको अधिकार सुनिश्चित गर्न सन् २००२ देखि संस्थागत रूपमा निरन्तर वकालत र संघर्ष गर्दै आएको जानकारी गराउनुभयो। उहाँले आफ्नो व्यक्तिगत अनुभव र संघर्षका कथाहरू साझेदार गर्दै हरेक व्यक्तिको पहिचानसँग जोडिएको आफ्नै जीवनभोगाइ हुने भएकाले पहिचानको यात्रा सहज नभएको र समुदायले आजसम्म पनि विभिन्न चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्नुभयो।उहाँले अस्थायी विवाह दर्ताको व्यवस्था समुदायका लागि सकारात्मक सुरुवात भए पनि यसले वैवाहिक समानताको अधिकारलाई पूर्ण रूपमा सुनिश्चित गर्न नसकेको बताउनुभयो। राज्यले समुदायका लागि आवश्यक कानुनी संरक्षण अझै प्रभावकारी रूपमा सुनिश्चित गर्न नसकेको र विवाहसम्बन्धी अधिकार उपभोग गर्ने क्रममा समुदायले निरन्तर विभेद तथा प्रशासनिक अवरोध भोग्नुपरेको उहाँको भनाइ थियो। साथै, सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि न्यायपूर्ण तथा समावेशी कानुन निर्माण अझै हुन बाँकी रहेकोमा उहाँले जोड दिनुभयो।विवाहको अधिकार आधारभूत मानव अधिकार भएकाले स्थानीय तहका सेवा प्रदायक तथा सरोकारवाला निकायहरूले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायप्रति सकारात्मक, समावेशी र अधिकारमा आधारित दृष्टिकोण अपनाई सेवा प्रवाह गर्नुपर्नेमा उहाँले विशेष आग्रह गर्नुभयो। यसैगरी कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायसँग सम्बन्धित नेपालको विद्यमान कानुनी व्यवस्था, संवैधानिक तथा नीतिगत प्रावधानहरू र समुदायले हालसम्म हासिल गरेका प्रमुख उपलब्धिहरूबारे छलफल गरिएको थियो। साथै, समुदायका केही जोडीहरूले अस्थायी विवाह दर्ता गराउने क्रममा भोगेका अनुभव, चुनौती तथा सिकाइहरू आफ्ना कथामार्फत सहभागीहरूसँग साझा गरेका थिए। कार्यक्रमलाई थप सहभागितामूलक बनाउन पाँच वटा फरक–फरक केस सिनारियोका आधारमा सहभागीहरूलाई समूहमा विभाजन गरी समूहकार्य गराइएको थियो। प्रत्येक समूहलाई छलफलका लागि छुट्टाछुट्टै प्रश्न प्रदान गरिएको थियो। समूहगत छलफलपछि सहभागीहरूले आफ्नो समूहको निष्कर्ष तथा सुझाव साझा गरेका थिए।
कार्यक्रमको अन्त्यमा सहभागीहरूको प्रश्न, जिज्ञासा तथा सुझावहरूलाई खुला छलफल मार्फत् संकलन गरी त्यससम्बन्धी विषयमा विस्तृत रूपमा सम्बोधन गरिएको थियो भने पश्चात् प्रश्नावली (Post test) मार्फत कार्यक्रमबाट भएको सिकाई उपलब्धि र प्रतिक्रिया सङ्कलन गरिएको थियो। सहभागीहरूले कार्यक्रमले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको वैवाहिक समानता जस्तो गम्भीर तर कम छलफल हुने विषयमा आफ्नो ज्ञान र बुझाइ अभिवृद्धि गरेको उल्लेख गर्दै आगामी दिनमा व्यक्तिगत तथा संस्थागत दुवै तहबाट समुदायमैत्री सेवा प्रवाह र आवश्यक सहयोग गर्न प्रतिबद्धता व्यक्त गरेका थिए। उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका अन्तर्गतका विभिन्न वडाका वडा अध्यक्ष, वडा सचिव, छैटौँ तहका अधिकृत, वडा सदस्य, न्यायिक सहजकर्ता, सूचना प्रविधि सहायक, सामाजिक परिचालक, पञ्जीकरण विभागका प्रतिनिधि, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सदस्य तथा आयोजक गरी ७९ जनाको अर्थपूर्ण सहभागिता रहेको थियो।
Highlight Mitini Nepal

Address

Mitini Nepal, Chetanshil Marga
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Mitini Nepal page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mitini Nepal page:

Shortcuts

Share