Swastik Youth Club

Swastik Youth Club सहभागितामुलक सामाजिक विकासप्रति प्र?

Batoko halat esto xa .. sayaou maniss chiplo bato ma ladera ghaitay vaya. Es bisayama cable car sanchalak ko xito vanda ...
11/10/2016

Batoko halat esto xa .. sayaou maniss chiplo bato ma ladera ghaitay vaya. Es bisayama cable car sanchalak ko xito vanda xito dhayn jawasss... jaya Nepal, jaya Chandragiri.....

Happy Dashain to all Nepalese inside and outside Nepal .
11/10/2016

Happy Dashain to all Nepalese inside and outside Nepal .

Happy tika and jamara .....:) to all of you.. from Nepal and out of Nepal
11/10/2016

Happy tika and jamara .....:) to all of you.. from Nepal and out of Nepal

19/10/2015

विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा
समस्त नेपालीहरुमा सु–स्वास्थ्य, संवृद्धि एवं दीर्घायूको लागि
हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
स्वस्तिक युवा क्लव परिवार
चन्द्रागिरि नगरपालिका १०, महादेवस्थान, काठमाण्डौ

सहभागितामुलक सामाजिक विकासप्रति प्र?

धमाधम बन्दैछ चन्द्रागिरीमा केवलकार, २०७२ को दशैँअघि सञ्चालनमा ल्याइने --------------------------------------------------...
22/03/2015

धमाधम बन्दैछ चन्द्रागिरीमा केवलकार, २०७२ को दशैँअघि सञ्चालनमा ल्याइने
----------------------------------------------------------------------------------

८ चैत, काठमाडौं । शहरबाट नजिकै घुम्ने र मनोरञ्जन लिने उपयुक्त गन्तव्यको अभाव खेपिरहेका लाखौं राजधानीबासीले छिट्टै मनोरञ्जनको नयाँ गन्तब्य पाउनेछन् । मुख्य शहरबाट केही किलोमिटरको दुरीमा रहेको थानकोटबाट केवलकार चढेर चन्द्रागिरी पुगी आनन्द लिन अब केही महिनामात्र कुरे पुग्छ ।
दशैंसम्म सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखिएको केवलकार निर्माण अहिले ६५ प्रतिशत सम्पन्न भइसकेको छ ।

चन्द्रागिरी डाँडालाई थानकोटबाट केवलकार मार्फत जोडेर मुलुककै नुमना पार्कका रुपमा विकास गर्न लागिएको छ । गोदामचौरबाट चन्द्रगिरीसम्म केवलकारको दुरी साढे दुई किलोमिटर रहनेछ । जहाँ केवलकारबाट ८ मिनेटमै पुगिन्छ ।

काठमाडौं फनपार्क प्रालिले चन्द्रागिरी डाँडाको ७ सय २० रोपनी जग्गा ४० वर्षका लागि सरकारसँग भाडामा लिएर मेगा परियोजना निर्माण गर्न लागेको हो । केबलकारको बटम स्टेशन गोदामचौरमा भने ५५ करोड रुपैयाँमा सय रोपनी जग्गा खरिद गरिएको छ ।
जहाँ बच्चादेखि बुढाबुढीसम्म रमाउन मिल्ने थिम (मनोरञ्जन) पार्क, सपिङ सेन्टर, रेष्टुरेन्ट, बोटानिकल गार्डेन, फोरडी थियटर, भ्यू टावर, पाँचतारे स्तरको लक्जरी होटल, जीप फ्लायर, गल्फ कार्ट लगायतका सविधाहरु उपलब्ध हुनेछन् ।
केवलकार सहित पुरै परियोजना सम्पन्न हुँदा साढे तीन अर्ब रुपैयाँ लगानी हुने परियोजनाका प्रबन्धक दिलिप श्रेष्ठले जानकारी दिए । राजधानीबासी लगायत विदेशी पर्यटकलाई चन्द्रागिरी प्रमुख गन्तव्य बन्ने उनको विश्वास छ ।

अहिले बटम स्टेशन र टप स्टेशनमा केवलकारको भवन तथा टावरहरु निर्माण कार्य तिब्र गतिमा भइरहेको छ । सँगसँगै डाँडामा इच्छेश्वर महादेवको मन्दिर र दृश्यावलकोनका लागि भ्यू टावर पनि निर्माण भइरहेको छ ।
‘गोदाम चौरमा भवन निर्माण ९० प्रतिशत सकियो, चन्द्रागिरी भवनको काम ५० प्रतिशत सकिएको छ’ प्रबन्धक श्रेष्ठले भने- ‘सँगसँगै केवलकारका टावरहरुको निर्माण कार्य पनि भइरहेको छ ।’
थानकोटदेखि चन्द्रागिरीसम्म ११ वटा टावर (पोल) निर्माण गरिने छ । टावरको फाउन्डेसन निर्माण कार्य करिव ७० प्रतिशत सकिएको इञ्जिनियर हरिदेव तामाङले बताए ।
राजधानीवासीलाई चन्द्रागिरीसम्म पुर्‍याउन ३८ वटा केवलकार तैनाथ हुनेछन् । एउटा कारमा ८ जनाले यात्रा गर्न सक्ने प्रबन्धक श्रेष्ठले बताए । केवलकारबाट प्रतिघण्टा एक हजार जनासम्म बोक्ने गरी पूर्वाधार निर्माण भइरहेको छ ।

केबलकारका सामाग्रीहरु अष्ट्रिया र सिंगापुरबाट निर्माणस्थलमा ल्याइसकिएको छ । भवन निर्माण सकिने वित्तिकै इक्वीपमेन्टहरु जडान सुरु गरिहाल्ने प्रबन्धक श्रेष्ठले बताए ।
केवलकार यही बैशाखसम्म सञ्चालनमा आइसक्नुपर्ने भएपनि बाटो निर्माण गर्नुपर्दा निर्माणमा ढिलाई हुन पुगेको कन्सल्ट्यान्ट रिसव भण्डारीले बताए । उनका अनुसार चित्लाङ भञ्ज्याङदेखि डाँडासम्म करिव ३.२ किलोमिटर बाटो आफै खनिएको हो ।
यस परियोजनामा आइएमई समूह र भाटभटेनीका संचालक मिनबहादुर गुरुङको संयुक्त लगानी रहेको छ ।

थप पढ्न यो लिंकमा जानुहोस् ।
- See more at: http://www.onlinekhabar.com/2015/03/255725/ .XsqihQD3.dpuf

13/01/2015

शुभप्रभात ।।।।
चन्द्रागिरी नगरपालिका वडा नं १० (साबिककाे महादेवस्थान ६ ७ ८) काे अागामी अाव का लागि विकास याेजना छनाेट कार्यक्रम हुदैँछ ।
मिति: २०७१।०९।२९
स्थान: संयुक्त वडा कार्यालय
समय: बिहान ८:३० बजे

12/11/2014

मिति- २०७१ साल कार्तिक २९ गते शनिबार,
समय- बिहान ८ बजे
स्थान- क्लबको कार्यालय

फुर्सद निकालुम् है ;)

08/10/2014

Hello Guys !!!!!!
how was your Dashian ?

यो वर्षको विजया दशमीमा पिङ खेल्न चुलै निम्तो । :) :) यस Swastik Youth Club को सक्रियता र महादेवस्थान गा.वि.स. वडा नं. ६ ...
01/10/2014

यो वर्षको विजया दशमीमा पिङ खेल्न चुलै निम्तो । :) :)

यस Swastik Youth Club को सक्रियता र महादेवस्थान गा.वि.स. वडा नं. ६ र ७ का स्थानीयबासीहरूको सहयोगमा विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा
बन्देवी प्रा.वि.को प्राँगणमा पिङ हाल्ने कार्य सम्पन्न भएको छ ।
सहयोगी हातहरूप्रति अाभार ।

विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा समस्त नेपालीहरुमा सु–स्वास्थ्य, संवृद्धि एवं दीर्घायूको लागि हार्दिक मंगलमय शुभ...
28/09/2014

विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा
समस्त नेपालीहरुमा सु–स्वास्थ्य, संवृद्धि एवं दीर्घायूको लागि
हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

स्वस्तिक युवा क्लव परिवार
महादेवस्थान गा.वि.स ०६. काठमाण्डौ

17/09/2014

२०७१ अाश्विन ४ गते शनिबार बिहान ७:३० बजे @

सहभागितामुलक सामाजिक विकासप्रति प्र?

30/08/2014

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Swastik Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share