10/09/2026
On 8th September 2026 AD, the National Indigenous Women Forum carried out a relief and field visiting program in Dhunche, Barkhu Gosainkunda, Nuwakot and Haku Gosainkunda areas of Rasuwa. 🫶
As part of the initial phase of the program, field visits were conducted to various holding centers and affected areas to understand the situation of families who had been affected and were in need of support. During the visits, the team met directly with members of the affected communities and listened to the problems, challenges, and immediate needs they were facing. Discussions were also held with the local government to identify the support needed in the coming days and to explore plans for longer-term recovery and assistance.
Based on the needs identified during the assessment, essential relief items such as rice, cooking oil, clothes, tarpaulins, soybeans, salt, and other basic supplies were distributed to the affected families. 🤝
Along with providing immediate relief, the program also emphasized the need for continued monitoring, coordination, and cooperation to find longer-term solutions. It was agreed that future efforts would continue to focus on the needs and voices of the affected communities and that similar initiatives would be carried forward as needed. ❤️
मिति २०५३/०५/२३ गते राष्ट्रिय आदिवासी महिला मञ्चद्वारा रसुवाको धुन्चे, बरखु गोसाइँकुण्ड, नुवाकोट र हाकु गोसाइँकुण्ड क्षेत्रमा राहत तथा अनुगमन कार्यक्रम सम्पन्न भएको छ। 🙏
कार्यक्रमको प्रारम्भिक चरणमा प्रभावित तथा आवश्यकतामा रहेका परिवारहरूको अवस्था बुझ्न विभिन्न होल्डिङ सेन्टर तथा प्रभावित क्षेत्रहरूको स्थलगत भ्रमण गरी तत्काल आवश्यकताहरूको पहिचान गरिएको थियो। यस क्रममा प्रभावित समुदायसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूले भोगिरहेका समस्या, चुनौती र आवश्यकताबारे जानकारी लिएर आगामी दिनमा गर्नुपर्ने सहयोग तथा दीर्घकालीन योजनाका विषयमा स्थानीय सरकारसँग छलफल बैठकसमेत गरिएको थियो।
पहिचान भएका आवश्यकताका आधारमा चामल, खाने तेल, कपडा, त्रिपाल, भटमास, नुन लगायतका अत्यावश्यक सामग्रीहरू सहयोग स्वरूप वितरण गरिएको थियो।
तत्काल राहतसँगै दीर्घकालीन समाधानका लागि निरन्तर अनुगमन, समन्वय र सहकार्य गरि प्रभावित समुदायको आवश्यकता र आवाजलाई केन्द्रमा राख्दै आगामी दिनमा पनि यस्ता पहलहरूलाई निरन्तरता दिने निधो गरिएको छ।