Kuriti Antya Samaj

Kuriti Antya Samaj धर्म, संस्कृती, परम्परा र रितीरिवाजका नाममा मान्छेमाथि हुने सबै खालका हिंसा बिरुद्धको संस्था

कुरीति अन्त्य समाज (कास)
हाम्रो बारेमा
कुरी अन्त्य समाज (कास) धर्म, संस्कृती, परम्परा र रितीरिवाजका नाममा मान्छेमाथि हुने सबै खालका हिंसा बिरुद्ध काम गरिरहेको एक गैर सरकारी संस्था हो । २०६९ चैत्र महिनामा तराईका २२ जिल्लाका कुरिती प्रभाबितहरुको काठमाडौंमा सम्पन्न पहिलो भेलाले “कुरितीजन्य हिंसा अन्त्य राष्ट्रिय सञ्जाल” गठन गरेको थियो । २०७० साउन महिनादेखि तराईका २२ जिल्लामा कुरितीजन्य हिंसा अन्त्य सञ्जालको नामबाट काम गरेको यस संस्थालाई “कुरिती अन्त्यः समाज (कास)” को नामबाट २०७१ कार्तिक महिनामा बैधानिक ढंगले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गरिएको छ । भने शाखा कार्यालयको रुपमा २३ जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुमा दर्ता समेत भईसकेको छ ।
२०६२÷०६३ को १९ दिने लोकतान्त्रिक आन्दोलनको उपलब्धी स्वरुप देशमा संविधान सभाको निर्वाचन भई देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको अवस्थामा समेत धर्म र संस्कृतीको आडमा मान्छेले जिउँदै जल्नु पर्ने अवस्थाको अन्त्य नहुनु दुखद् कुरा हो । विश्वले विज्ञान र प्रविधीमा धेरै फड्को मारिसकेको छ । तर हाम्रो देशमा अहिले पनि संसारमा कुनै अस्तीत्वमा नरहेको कथित बोक्सीको आरोपमा गरिव, बेसहारा र महिलाहरुले जिउदै जल्नु पर्ने अवस्था यथावत छ । महिलाहरुलाई छाउपडी (महिनावारी) भएका बेला घरमा बस्न दिईदैन । श्रीमानको आयू लम्बीने भ्रममा तिजमा निराहार ब्रत बस्न प्रेरित गरिन्छ । ईश्वरको रुप भन्दै कुमारीको नाममा बालिकाको बाल अधिकार हनन् गरिएको छ । दाईजोको निहुँमा महिलाको हत्या भएको छ । छोरा नजन्मिनुमा पुरुष बढी जिम्मेवार हुने वैज्ञानिक तथ्यलाई लत्याउँदै महिलालाई यातना र घर निकाला गरिन्छ । महिलाको अनुहार पर पुरुषले हेर्नु हुँदैन भन्दै घुम्टोभित्र बाँच्न बाध्य पारिन्छ । कमलरी र कमैयाको नाममा सामन्ती र शोषकहरुको घरमा बधुवाको जीवन बाँच्नु परिरहेको छ । अनि जीवन गुजाराको कुनै बिकल्प नहुँदा वादी महिलाहरुले बाध्यात्मक यौन पेशा अंगाल्नु परेको छ । पुण्य प्राप्ती हुने बहानामा आफैले जन्माएको छोरीलाई दान (कन्यादान) गर्ने परम्परा छ ।
“कुरिती अन्त्य समाज (कास)” धर्म, संस्कृती र परम्पराका आडमा हत्या गरिएका, शारिरीक र मानसिक रुपमा यातना पाई घर र समाजबाट बहिष्कारमा परेका आम प्रभाबितहरुप्रति समर्पित संस्था हो । यसको केन्द्रदेखि जिल्लासम्मको नेतृत्वमा रहेका सबै व्यक्तिहरु कुनै न कुनै कुरितीको शिकार भएका मानिसहरु हुन् । जसको सवाल उसैको नेतृत्व हुनुपर्छ भन्ने कुरामा यो संस्था विश्वास राख्दछ ।
संस्थाको उद्देश्य
ड्ड धर्म, संस्कार, परम्परा, रितीरिवाजका नाममा देशमा विद्यमान कुरीतिको पहिचान गर्ने ।
ड्ड धर्म, संस्कार, परम्परा, रितीरिवाजका नाममा समाजमा व्याप्त सबै खालका विभेद, अन्धविश्वास, कुरीति, कुसंस्कार तथा विकृतिहरुविरुद्ध अहिंसात्मक, बौद्धिक, संगठित तथा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने ।
ड्ड कुरीतिबाट प्रभाबितहरुलाई संगठित गरी उनीहरुको कानुनी न्यायका लागी सहयोग, समन्वय र सहकार्य गर्ने ।
ड्ड कुरीति प्रभाबितहरुको क्षमता अभिबृद्धी गर्न सहयोग गरी उनीहरुलाई आर्थिक रुपमा आत्म निर्भर बनाउन सहयोग गर्ने ।
ड्ड कुरीति प्रभाबितहरुलाई अभियन्ताको रुपमा खडा गरेर समाजमा ब्याप्त कुरीति बिरुद्ध आवाज उठाउन प्रेरित गर्ने ।
ड्ड कुरीति बिरुद्ध जनचेतना जगाउन सञ्चार वकालत गर्ने ।
रणनीति
ड्ड कुरीति अन्त्य गर्न सरकारी तथा गैर सरकारी निकायहरुसँग सहकार्य र समन्वय गर्ने ।
ड्ड कुरीति बिरुद्ध ऐन, कानुनहरु निर्माण र त्यसको पूर्ण रुपमा कार्यान्वयन गर्न राज्यलाई सहयोग गर्ने ।
ड्ड कुरीति बिरुद्ध वकालत र पैरवी गर्ने ।
ड्ड कुरीतिबाट प्रभाबितहरुलाई आर्थिक रुपमा सशक्त बनाई गरिवीकाकारण कुरीतिको शिकार हुन बाध्य भईरहेका मानिसहरुको आर्थिक सशक्तिकरणका लागी काम गर्न प्रोत्साहन गर्ने ।
ड्ड कुरीति प्रभाबितहरुलाई परिवर्तनका संवाहकको रुपमा खडा गर्ने ।
ड्ड कुरीतिलाई समाज विकासको बाधकका रुपमा बुझाउन सञ्चार माध्यम मार्फत वकालत गर्ने ।
परिकल्पना
धर्म, संस्कृती, परम्परा र रितीरिवाजका नाममा भईरहेका सबै खालका हिंसा, विभेद र उत्पीडनको अन्त्य भई हरेक मानिसलाई स्वतन्त्र, सम्वृद्ध र आत्मसम्मानका साथ जीवन बाँच्न सक्ने समाज हाम्रो परिकल्पना हो ।

यस संस्थाका ४ प्रकारका सदस्यहरुको वर्गिकरण गरिएको छ ।
क) साधारण सदस्यः
ख) संस्थापक सदस्यहरुः
ग) आजीवन सदस्यः
घ) मानार्थ सदस्यः

सदस्यता प्राप्तिको लागि आवश्यक योग्यता

क) नेपाली नागरिक भएको ।
ख) १६ वर्ष उमेर पुरा गरेको ।
ग) मानसिक सन्तुलन नगुमाएको ।
घ) सार्वजनिक सम्पत्ती हिनामिना गरेको नठहरेको ।
ङ) नैतिक पतन देखिने फौजदारी र भ्रष्टाचारीको अभियोगमा सजाय नपाएको ।
धन्यवाद !

16/07/2024


08/06/2024

नकचरोहरुको औषधि हुदैन भनेझै यो कथित गाँजाका विशेषज्ञहरुले गाँजा वैधानिक गर्ने कानूनबाट किसानहरू होइन तस्कर र दलालहरू लाभान्वित हुन्छन र देशको युवा शक्ति कमजोर हुन्छन भन्ने कुरा किन नबुझेको हो कि बुझेर पनि गाजाँ निर्यात गरेर बोराका बोरा डलर थुपार्नु पर्छ भनेर जोड दि राखेको हो? हो चै के? तपाईहरुले नेपाल भन्ने देशलाई चिनु भएको छैन जस्तो लाग्यो जुन देशमा सामान्य र साना साना नियमको पनि सहि हिसाबले प्रयोग र परिचालन हुदैन त्यो ठाउँमा गाँजालाई वैधानिक बनाउन जोड दिने हजुरहरुलाई माने मैले । जब सम्म तपाईहरुले एक लागुऔषधको रोग लागेको व्यत्तिको घरमा गएर हेर्नुहुदैन तब सम्म केहि पनि बुझ्न सक्नु हुन्न कस्तो कहालि लाग्दो अवस्था छ भनेर त्यसैले जब सम्म आफ्नो घरमा यो समस्या नपरेको व्यत्तिले मात्र आफ्नो आत्मबल दरो पारेर देशको आर्थिक अवस्था बलियो र सुदृढ़ बनाउनु पर्छ भन्दै बुरुक बुरुक भ्यागुतो उफ्रेझै उफ्रिन सक्छ। नेपालको विकास नहुनुको एक मात्र कारण गाँजा प्रतिबन्धित हुनु हो भने जसरी बहस गरिरहेका छौं । गाँजा खुल्ला भएपछि धमाधम विकास हुन्छ त ? देश समृद्ध बन्छ, सबैले रोजगारी पाउँछन्, खाडी जानुपर्दैन भन्ने हिसाबले बहस भइरहेको छ के यो वास्तवमै सही हो त? गाँजाको प्रयोगले हुने क्षेतिको राम्रो सित रिसर्च भएको छ भने हेरौ विधेयक ल्याउने माननीय तथा विज्ञ भनिएकाज्यूहरु! सबैलाई शुभकामना

Inspiring women
02/06/2024

Inspiring women

महिला शसक्तिकरणका विषयलाई मुख्य बिट बनाएर कलम चलाउने पत्रकार महिला कमै छन् । तीमध्येकी एक हुन्, लक्ष्मी भण्डारी .....

How does psychotherapy help addiction disease?Psychotherapy helps individuals struggling with addiction in several key w...
28/05/2024

How does psychotherapy help addiction disease?

Psychotherapy helps individuals struggling with addiction in several key ways:
1) Addressing Underlying Issues: Psychotherapy helps individuals uncover and address underlying psychological issues or trauma that may be contributing to their addiction. By resolving these root causes, individuals can better manage their addiction.
2) Developing Coping Strategies: Therapists work with individuals to develop healthier coping mechanisms for stress, anxiety, and other emotional challenges. This reduces reliance on addictive substances as a means of coping.
3) Behavioral Modification: Therapies like Cognitive Behavioral Therapy (CBT) help individuals recognize and change maladaptive behaviors and thought patterns associated with their addiction. This includes identifying triggers and developing strategies to avoid or cope with them.
4) Improving Emotional Regulation: Psychotherapy can enhance emotional regulation skills, helping individuals manage intense emotions without resorting to substance use.
5) Building Support Systems: Therapy often involves developing a network of support, whether through group therapy, family therapy, or other forms of social support. This helps individuals feel less isolated and more connected, which is crucial for recovery.
6) Increasing Motivation for Change: Motivational Interviewing (MI) is a specific type of psychotherapy that helps individuals find the internal motivation to change their addictive behaviors. It focuses on enhancing their commitment to recovery. Relapse Prevention: Psychotherapy provides tools and strategies to prevent relapse. This includes developing a relapse prevention plan, recognizing early warning signs of relapse, and implementing effective responses.
7) Enhancing Self-Esteem and Self-Efficacy: Therapy helps individuals build a stronger sense of self-worth and belief in their ability to overcome addiction, which is crucial for long-term recovery.
Overall, psychotherapy provides a comprehensive approach to treating addiction by addressing the psychological, behavioral, and social aspects of the disease.

25/05/2024

Can Depression Cause Drug Addiction?

Yes, depression can contribute to the development of drug addiction. This relationship is complex and involves several factors:
Self-Medication: Individuals with depression might use drugs or alcohol to alleviate their symptoms, seeking temporary relief from sadness, anxiety, or hopelessness. This self-medication can lead to dependence and addiction over time.
Neurobiological Factors: Both depression and drug addiction involve changes in brain chemistry and function, particularly in the areas related to reward, stress, and emotion regulation. These overlapping pathways can make individuals with depression more vulnerable to addiction.
Psychosocial Factors: People with depression often experience social isolation, low self-esteem, and difficulty coping with stress, which can increase the risk of turning to substances as a coping mechanism.

Genetic Predisposition: There may be a genetic component that predisposes individuals to both depression and addiction, making them more susceptible to developing these conditions.Environmental Influences: Stressful life events, trauma, and a lack of social support can exacerbate depression and increase the likelihood of substance use as a form of escape or relief.
Understanding the interplay between depression and drug addiction is crucial for effective treatment. Integrated approaches that address both conditions simultaneously are often the most effective in helping individuals achieve and maintain recovery.

Drug addiction is a significant issue in Nepal, and the situation has been exacerbated by various factors such as povert...
09/10/2023

Drug addiction is a significant issue in Nepal, and the situation has been exacerbated by various factors such as poverty, unemployment, political instability, and lack of education and awareness about drug abuse. The Government of Nepal has need to recognize the drug addiction as a public health problem and has implemented various measures to address this serious issue.
Thank you

Address

Lalbahadurbam Marga, Battishputali
Kathmandu
670,KATHMANDU

Telephone

014484777

Website

Alerts

Be the first to know and let us send you an email when Kuriti Antya Samaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Kuriti Antya Samaj:

Shortcuts

Share