Nepal Magar Tourism Society

Nepal Magar Tourism Society Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Magar Tourism Society, Community Organization, Lekhanath Marga, Thamel, Kathmandu.

Established in 2011 A.D., Nepal Magar Tourism Society is a national-level organization dedicated to uniting Magar tourism entrepreneurs, professionals, students, workers, and social-political leaders under one common platform. Nepal Magar Tourism Society - Bio
"One Voice, One Vision – Magar in Tourism"

Established in 2011 A.D., Nepal Magar Tourism Society is a national-level organization dedicated to uniting Magar tourism entrepreneurs, professionals, students, workers, and social-political leaders under one common platform. With the guiding vision of promoting Magar identity through sustainable tourism, the society works to empower its members, preserve cultural heritage, and foster inclusive development across Nepal’s tourism landscape. ....................................
नेपाल मगर पर्यटन समाज – परिचय
"एक आवाज, एक दृष्टिकोण – पर्यटनमा मगर"

वि.सं. २०६८ (सन् २०११) मा स्थापना भएको नेपाल मगर पर्यटन समाज एक राष्ट्रियस्तरको संस्था हो, जसको उद्देश्य पर्यटन क्षेत्रमा संलग्न सबै मगर उद्यमी, व्यवसायी, विद्यार्थी, श्रमिक तथा सामाजिक-राजनीतिक अगुवाहरूलाई एउटै साझा मञ्चमा एकत्रित गर्नु हो। मगर पहिचानको प्रवर्द्धन र दिगो पर्यटन विकासलाई मूल मन्त्र बनाउँदै, यो संस्था सदस्यहरूको सशक्तिकरण, सांस्कृतिक सम्पदाको संरक्षण, र समावेशी पर्यटन विकासमा क्रियाशील रहेको छ।

हार्दिक श्रद्धाञ्जली तथा समवेदना एवं अधिवेशन स्थगन सम्बन्धमाभोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा प्राकृ...
26/08/2026

हार्दिक श्रद्धाञ्जली तथा समवेदना
एवं अधिवेशन स्थगन सम्बन्धमा

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण भएको मानवीय क्षतिप्रति नेपाल मगर पर्यटन समाज गहिरो दुःख व्यक्त गर्दछ। यस दुःखद घटनामा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्बन्धित सबैमा हार्दिक समवेदना प्रकट गर्दछौँ।

यस पीडादायी घडीमा नेपाल मगर पर्यटन समाजका सम्पूर्ण सदस्य, शुभेच्छुक तथा पर्यटन क्षेत्रका सरोकारवाला महानुभावहरूलाई सम्भव भएसम्म तत्काल उद्धार, राहत तथा मानवीय सहयोगमा जुट्न हार्दिक अनुरोध गर्दछौँ। विपद्मा परेका नागरिकहरूको उद्धार तथा सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गरी आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरौँ।

यस विनाशकारी विपद्का कारण उत्पन्न भएको अत्यन्तै दुःखद परिस्थितिलाई मध्यनजर गर्दै नेपाल मगर पर्यटन समाजको ७औँ अधिवेशन तथा १४औँ वार्षिक साधारण सभा समेत निर्धारित समयमा आयोजना गर्न असमर्थ भएको जानकारी गराइन्छ। वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै कार्यक्रम स्थगित गरिएको छ। नयाँ मिति तथा कार्यक्रमसम्बन्धी सूचना पछि औपचारिक रूपमा जानकारी गराइनेछ।

यस कठिन तथा संवेदनशील समयमा हामी सबै एकजुट भई उद्धार, राहत र पीडितको सहयोगमा हातेमालो गरौँ।

भावपूर्ण श्रद्धाञ्जली।
शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना।

महासचिव
केन्द्रीय समिति
नेपाल मगर पर्यटन समाज

तत्काल उद्धार तथा सहयोगका लागि हार्दिक अपिल !आज बिहान करिब ९:०० बजेतिर रसुवा - त्रिशूली क्षेत्रमा भएको विनाशकारी बाढी तथ...
26/08/2026

तत्काल उद्धार तथा सहयोगका लागि हार्दिक अपिल !

आज बिहान करिब ९:०० बजेतिर रसुवा - त्रिशूली क्षेत्रमा भएको विनाशकारी बाढी तथा विपद्प्रति नेपाल मगर पर्यटन समाज गहिरो दुःख व्यक्त गर्दछ।

यस दुःखद् घडीमा नेपाल मगर पर्यटन समाजका सम्पूर्ण सदस्यहरू तथा सम्बन्धित सरोकारवालाहरूलाई आ–आफ्नो तर्फबाट सम्भव भएसम्म उद्धार, राहत तथा पीडितहरूलाई आवश्यक सहयोगमा जुट्न हार्दिक अनुरोध गर्दछौँ।

मानवीय सेवामा हातेमालो गरौँ, विपत् परेका दाजुभाइ तथा दिदीबहिनीलाई साथ दिऔँ।

आपत्कालीन हेल्पलाइन नम्बरहरू

सशस्त्र प्रहरी बल (APF): १११४
नेपाल प्रहरी: १००
एम्बुलेन्स: १०२
जिल्ला आपत्कालीन सञ्चालन केन्द्र (DEOC): १२३४

रसुवा
सहायक प्रमुख जिल्ला अधिकारी: ९८५११६४४२२
रसुवा प्रहरी: ९८५१२५४९६०

नुवाकोट
सहायक प्रमुख जिल्ला अधिकारी: ९८५१२४८७७७
नुवाकोट प्रहरी: ९८५१२८२३८०

धादिङ
प्रमुख जिल्ला अधिकारी: ९८५१२४७७७७
धादिङ प्रहरी: ९८५१२२९८६०

चितवन
सहायक प्रमुख जिल्ला अधिकारी: ९८५५०८८८९१
चितवन प्रहरी: ९८५५०१३९९

अध्यक्ष
जीवन थापा मगर
नेपाल मगर पर्यटन समाज

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री पदमा नियुक्त हुनुभएकोमा माननीय दिपेन्द्र कु...
25/08/2026

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!

लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री पदमा नियुक्त हुनुभएकोमा माननीय दिपेन्द्र कुमार पुन मगरज्यूलाई नेपाल मगर पर्यटन समाजको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

मन्त्रीज्यूको नेतृत्वमा लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्र अझ प्रभावकारी, पहुँचयोग्य र जनमुखी बन्ने विश्वास लिएका छौँ। आगामी कार्यकाल सफल, उपलब्धिमूलक र जनसेवामा समर्पित रहोस् भन्ने हार्दिक शुभकामना।

नेपाल मगर पर्यटन समाज

वार्षिक साधारण सभा (AGM) २०२६ | सदस्यता नवीकरण तथा नयाँ सदस्यता आह्वाननेपाल मगर पर्यटन समाजको वार्षिक साधारण सभा (AGM) २...
20/08/2026

वार्षिक साधारण सभा (AGM) २०२६ | सदस्यता नवीकरण तथा नयाँ सदस्यता आह्वान

नेपाल मगर पर्यटन समाजको वार्षिक साधारण सभा (AGM) २०२६ यही २९ अगस्ट २०२६ मा होटल ठमेल पार्क, ठमेल, काठमाडौं मा आयोजना हुँदैछ।

सम्पूर्ण आदरणीय सदस्यज्यूहरूलाई आफ्नो सदस्यता समयमै नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ। साथै, पर्यटन क्षेत्रमा आबद्ध नयाँ सदस्यहरूलाई पनि हाम्रो बढ्दो र सशक्त समुदायमा जोडिन हार्दिक निमन्त्रणा गर्दछौँ।

🤝 हाम्रो सहभागिता • हाम्रो एकता • हाम्रो पर्यटन

मगर समुदायको पर्यटन क्षेत्रमा अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्दै समृद्ध, दिगो र जिम्मेवार पर्यटन विकासमा योगदान गरौँ।

सदस्यता शुल्क
कम्पनी सदस्यता: रु. २,४००/-
व्यक्तिगत सदस्यता: रु. १,२००/-

👥 सदस्य बन्न सक्ने
पर्यटनसँग सम्बन्धित व्यक्ति, गाइड, पर्यटन व्यवसायी, लिडर, उद्यमी, प्राध्यापक तथा अन्य पर्यटन पेशाकर्मी एवं सरोकारवालाहरू सदस्य बन्न सक्नुहुनेछ।

📲 भुक्तानी
तल दिइएको QR Code मार्फत सदस्यता शुल्क भुक्तानी गर्नुहोस्।

⚠️ भुक्तानी गर्दा Remarks/Payment Reference मा आफ्नो नाम वा कम्पनीको नाम अनिवार्य रूपमा उल्लेख गर्नुहोस्।

📞 थप जानकारीका लागि
अध्यक्ष: जीवन थापा मगर — ९८५१२३४३२२
महासचिव: चन्दन थापा मगर — ९८४१६४५१३५

🌱 सदस्यता नवीकरण गरौँ। नयाँ सदस्य जोडौँ।
🤝 एकताबद्ध समुदाय निर्माण गरौँ, पर्यटनलाई समृद्ध बनाऔँ।

नेपाल मगर पर्यटन समाज
मगर सहभागिता, पर्यटनको समृद्धि।

📌 यो सूचना आफ्ना साथीहरू तथा पर्यटन क्षेत्रमा आबद्ध व्यक्तिहरूसँग शेयर गरौँ।

#नेपालमगरपर्यटनसमाज

🎉 हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 🎉बागमती प्रदेश सरकारको मुख्यमन्त्री पदमा नियुक्त हुनुभएकोमा आदरणीय मा. किरण ...
20/08/2026

🎉 हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 🎉

बागमती प्रदेश सरकारको मुख्यमन्त्री पदमा नियुक्त हुनुभएकोमा आदरणीय मा. किरण थापा मगरज्यूलाई नेपाल मगर पर्यटन समाजको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ। 🙏

उहाँको नेतृत्वमा बागमती प्रदेशमा सुशासन, समृद्धि, पर्यटन विकास तथा जनमुखी सेवाले थप गति लिओस् भन्ने हार्दिक शुभकामना।

नेपाल मगर पर्यटन समाज
One Voice, One Vision – Magar Participation in Tourism

सूचना :- वार्षिक साधारण सभा तथा निर्वाचन सम्बन्धमाझोर्ले नमस्ते !सम्पूर्ण मगर पर्यटन व्यवसायी तथा पर्यटन क्षेत्रमा आबद्ध...
19/08/2026

सूचना :- वार्षिक साधारण सभा तथा निर्वाचन सम्बन्धमा

झोर्ले नमस्ते !

सम्पूर्ण मगर पर्यटन व्यवसायी तथा पर्यटन क्षेत्रमा आबद्ध मगर साथीहरूमा हार्दिक नमस्कार।

नेपाल मगर पर्यटन समाजको वार्षिक साधारण सभा तथा निर्वाचन यही २०२६ अगस्ट २९ गते (वि.सं. २०८३ भदौ १३ गते), होटल थमेल पार्कमा सम्पन्न हुने भएकोले सम्पूर्ण मगर पर्यटन व्यवसायी तथा पर्यटन क्षेत्रमा आबद्ध सदस्यज्यूहरूलाई आर्थिक वर्ष २०८३/०८४ को वार्षिक सदस्यता शुल्क बुझाई सदस्यता नवीकरण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

वार्षिक सदस्यता शुल्क विवरण
कम्पनीको हकमा: रु. २,४००/-
गाइड साथीहरूको हकमा: रु. १,२००/-

साधारण सभा तथा निर्वाचनमा सहभागी हुन सम्पूर्ण सदस्यज्यूहरूले समयमै आफ्नो सदस्यता नवीकरण गरी सक्रिय सहभागिता र सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ।

सम्पर्क
अध्यक्ष: जीवन थापा मगर
📞 ९८५१२३४३२२

महासचिव: चन्दन थापा मगर
📞 ९८४१६४५१३५, ९८५१३५४३७१

सम्पूर्ण सदस्यज्यूहरूको सक्रिय सहभागिता, एकता र सहयोगले हाम्रो संस्था अझ सुदृढ, एकताबद्ध तथा प्रभावकारी बन्ने विश्वास लिएका छौँ।

धन्यवाद।

जीवन थापा मगर
अध्यक्ष
नेपाल मगर पर्यटन समाज

NOTICEReopening of Summer Skill Training for Professional Mountain Guide Course – 2026The Nepal Mountaineering Associati...
14/08/2026

NOTICE

Reopening of Summer Skill Training for Professional Mountain Guide Course – 2026

The Nepal Mountaineering Association (NMA) hereby informs all concerned candidates that the Summer Skill Training for the Professional Mountain Guide Course – 2026 has been reopened.

निम्सदाइ निर्मल पुर्जा मगर : हिमालभन्दा अग्लो प्रेरणानिम्सदाइ अर्थात् निर्मल पुर्जा मगर केवल एक पर्वतारोही होइन, साहस, द...
10/08/2026

निम्सदाइ निर्मल पुर्जा मगर : हिमालभन्दा अग्लो प्रेरणा

निम्सदाइ अर्थात् निर्मल पुर्जा मगर केवल एक पर्वतारोही होइन, साहस, दृढता र असम्भवलाई सम्भव बनाउने अदम्य इच्छाशक्तिको प्रतीक हुनुहुन्थ्यो।

नेपालका हिमालको काखबाट उठेको उहाँको नाम आज विश्व पर्वतारोहणको इतिहासमा सम्मानका साथ लिइन्छ। उहाँले नेपाली पर्वतारोहीको क्षमता र नेतृत्वलाई विश्वसामु नयाँ उचाइमा पुर्‍याउनुभयो।

सन् २०१९ मा उहाँले सुरु गर्नुभएको Project Possible ले विश्व पर्वतारोहणमा नयाँ इतिहास रच्यो। उहाँले संसारका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गरेर अभूतपूर्व कीर्तिमान कायम गर्नुभयो उहाँको यो उपलब्धिले मानव क्षमताको सीमालाई नै चुनौती दियो। सन् २०२१ मा उहाँको नेतृत्वमा नेपाली टोलीले K2 को पहिलो सफल हिउँदे आरोहण गरेर अर्को ऐतिहासिक अध्याय थप्यो। विश्वका कठिनतम हिमालहरूमा नेपाली आरोहीको क्षमता, साहस र नेतृत्वको उदाहरण उहाँले प्रस्तुत गर्नुभयो निम्सदाइको योगदान कीर्तिमानमा मात्र सीमित रहेन। उहाँले नेपालको साहसिक पर्यटनलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन महत्वपूर्ण भूमिका खेल्नुभयो। उहाँको सफलताले नेपाललाई हिमाल, साहसिक पर्यटन र विश्वस्तरीय पर्वतारोहणको गन्तव्यका रूपमा अझ बलियो पहिचान दिलायो।

*उहाँले युवा पुस्तालाई ठूलो सपना देख्न प्रेरित गर्नुभयो।
*उहाँले सिकाउनुभयो कि असम्भव भन्ने कुरा दृढ इच्छाशक्ति, अनुशासन, तयारी र निरन्तर प्रयासका अगाडि कमजोर हुन सक्छ।
*उहाँले देखाउनुभयो कि नेपाली प्रतिभा विश्वको सर्वोच्च मञ्चमा नेतृत्व गर्न सक्षम छ।
*उहाँ वातावरण संरक्षण र हिमाली समुदायको हितप्रति पनि प्रतिबद्ध हुनुहुन्थ्यो।
*हिमाल चढ्नु मात्र होइन, आफूले माया गरेको हिमाल र समुदायलाई केही फर्काउनु पनि उहाँको यात्राको महत्वपूर्ण हिस्सा थियो।

सन् २०२६ मा Broad Peak अभियानका क्रममा आएको विनाशकारी हिमपहिरोमा उहाँको निधनले नेपाल र विश्व पर्वतारोहण समुदायलाई गहिरो पीडामा डुबायो। तर एउटा महान् जीवनलाई केवल अन्तिम घटनाबाट होइन, उसले संसारमा छोडे योगदान र प्रेरणाबाट सम्झनुपर्छ।

आज हामी #निम्सदाइलाई उहाँले चढेका हिमालका लागि मात्र सम्झिरहेका छैनौँ।

हामी उहाँले नेपाली #पर्वतारोहणमा ल्याएको आत्मविश्वासका लागि सम्झिरहेका छौँ

हामी नेपालको #साहसिक पर्यटनमा पुर्‍याएको योगदानका लागि सम्झिरहेका छौँ।

हामी नयाँ #पुस्ताका सपनामा जगाएको साहसका लागि सम्झिरहेका छौँ।

उहाँका पदचिह्न हिमालको हिउँमा मेटिन सक्छन्, तर उहाँको प्रेरणा पुस्तौँसम्म जीवित रहनेछ।उहाँको कथा हरेक नेपाली आरोहीको साहसमा बोलिरहनेछ।उहाँको विरासत नेपालको हिमाल, पर्यटन र साहसिक यात्रासँग सधैँ जोडिइरहनेछ।

निम्सदाइ निर्मल पुर्जा मगर - तपाईंले हिमालका चुचुराहरू मात्र चढ्नुभएन, तपाईंले सपनाको उचाइ नै बढाउनुभयो।

तपाईंको साहसलाई सलाम।
तपाईंको योगदानलाई सम्मान।
तपाईंको विरासतलाई नमन।

“Nothing Is Impossible.”

विश्व आदिवासी जनजाति दिवस - श्रावण २४, २०८३विश्व आदिवासी जनजाति दिवसको अवसरमा नेपाल मगर पर्यटन समाजको तर्फबाट नेपाल तथा ...
09/08/2026

विश्व आदिवासी जनजाति दिवस - श्रावण २४, २०८३

विश्व आदिवासी जनजाति दिवसको अवसरमा नेपाल मगर पर्यटन समाजको तर्फबाट नेपाल तथा विश्वभरका सम्पूर्ण आदिवासी जनजाति समुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

आफ्नो भाषा, संस्कृति, परम्परा, पहिचान र अधिकारको संरक्षण तथा सम्मान गर्दै विविधतामा एकता र समावेशी समाज निर्माणमा अघि बढौँ।

🙏 विश्व आदिवासी जनजाति दिवसको हार्दिक शुभकामना!

नेपाल मगर पर्यटन समाज

📢 सूचनाBasic Mountain Rescue Trainingनेपाल पर्वतारोहण प्रशिक्षक संघ (Nepal Mountaineering Instructor Association) को आयो...
08/08/2026

📢 सूचना
Basic Mountain Rescue Training

नेपाल पर्वतारोहण प्रशिक्षक संघ (Nepal Mountaineering Instructor Association) को आयोजनामा Basic Mountain Rescue Training सञ्चालन हुन गइरहेको जानकारी गराइन्छ।

पर्वतीय क्षेत्रमा काम गर्ने माउन्टेन गाइड, ट्रेकिङ गाइड, इन्स्ट्रक्टर, पर्यटनकर्मी तथा पर्वतीय गतिविधिमा रुचि राख्ने व्यक्तिहरूका लागि लक्षित यस तालिमले हिमाली क्षेत्रमा हुन सक्ने दुर्घटना तथा आपतकालीन अवस्थाको सामना गर्न आवश्यक आधारभूत उद्धार सीप र ज्ञान प्रदान गर्नेछ।

Address

Lekhanath Marga, Thamel
Kathmandu
00977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+977.1.4417188

Alerts

Be the first to know and let us send you an email when Nepal Magar Tourism Society posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Magar Tourism Society:

Shortcuts

Share