27/12/2023
आज पौष ११ गते । तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस। ज्येष्ठ नागरिकको सम्मान: हाम्रो सभ्यताको पहिचान । हाम्रा आदरणीय आमा बुबाहरुलाई हेरचाह, उचित वातवरण, संरक्षण, मर्यादित व्यवहार र सम्मान दिन सके मात्र हाम्रो सभ्यता पुष्टि हुनेछ । हामी सबै एकदिन ज्येष्ठ नागरिक हुनु नै छ । भोलि जस्तो बाँच्न चाहन्छौं , आज तेस्तै गर्छौं सायद । अतः व्यक्ति, घर, परिवार,समाज र राष्ट्रले सदैव ज्येष्ठ नागरिकहरुको ख्याल गरी मर्यादित वातावरण तय गरौ । हाम्रा आमा र बाबाको सम्मानित जीवनको कामना सहित सम्पूर्ण ज्येष्ठ आमाबुबाप्रति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै स्वसथ्य, स्वच्छ , निरोगी, खुसी र खुशी जीवनको कामना गर्दछु ।