Transparency International Nepal

Transparency International Nepal It is registered at the Kathmandu District Administration Office & is affiliated with TI. TIN's mission is to work towards corruption-free Nepal.

Transparency International Nepal (TINepal) is a civil society institution dedicated to increasing public accountability and curbing corruption in all walks of life. Transparency International Nepal (TIN) is a civil society institution dedicated to increasing public accountability and curbing corruption in all walks of life. It is registered at the Kathmandu District Administration Office and is af

filiated with the Social Welfare Council, both government bodies. It is also registered at the Tax Department as a not-for-profit organization. TIN is an important part of worldwide network of national chapters of Transparency International generating a global movement against corruption. Transparency International is active in more than 90 countries with a small secretariat in Berlin. It coordinates the national chapters and builds up support for them as part of a growing international movement for a transparent and corruption-free society. TIN envisions a Nepal in which government, politics, business, civil society and the people are free of corruption. TIN defines Corruption as the abuse of position, power or trust for personal or private benefit. TIN believes and works towards corruption-free Nepal, because corruption:

traps people in poverty and misery;
retards social and economic development;
undermines the rule of law;
breeds social, economic and political crisis;
threatens domestic security;
undermines democracy, the core values of an open society;
disrespects human rights;
negates free press;
reduces accountability in government;
wastes public resources;
distorts national and international trade and commerce;
jeopardizes sound governance and ethics in the private sector;
threatens the sustainability of natural resources. TIN core values are:

Democracy
Integrity
Transparency
Accountability
Justice
Solidarity
Courage

TI Nepal, tinepal

ट्रान्सपरेन्सी इन्टरनेशनल(टीआई) नेपाल, र मकवानपुर अपाङ्ग उत्थान समाज हेटौंडाको समन्वयमा वि.स.२०८३ जेठ ६ गते हेटौडामा एक ...
20/05/2026

ट्रान्सपरेन्सी इन्टरनेशनल(टीआई) नेपाल, र मकवानपुर अपाङ्ग उत्थान समाज हेटौंडाको समन्वयमा वि.स.२०८३ जेठ ६ गते हेटौडामा एक छलफल आयोजना गरिएको छ । छलफल मकवानपुर अपाङ्ग उत्थान समाज हेटौंडाका अध्यक्ष ठाकुर राम थापाको अध्यक्षतामा सम्पन्न गरिएको छ । छलफलमा टीआई नेपाल सहित, हेटौंडा उपमहानगरपालिकाकी महिला, बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख, वडा नं. ४ का वडाध्यक्ष, अपाङ्गतासँग सम्बन्धित राष्ट्रिय अपाङ्ग महासँघ बागमति प्रदेशसँग आवद्ध मकवानपुर जिल्लाका अपाङ्गगता भएका संस्थाका समुहहरुको प्रतिनिधि तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा अपाङ्गगता भएका सहभागि ब्यक्तिहरुले सार्वजनिक सेवा प्रवाहमा भोगेका समस्या समाधानमा हेटौडा उपमहानगरपालिकाले पहल गर्नुपर्ने विषय उठाउनु भएको थियो । सहभागीहरुले अपाङ्गता भएका व्यक्तिहरूले दैनिक रूपमा सार्वजनिक सेवा प्राप्त गर्ने क्रममा विभिन्न प्रकारका कठिनाइ तथा विभेद सामना गर्नुपरेको बिषयहरु उठाउनु भएको थियो । वहाँहरुले सरकारी तथा निजी भवनहरूमा र्याम्प, लिफ्ट, पहुँचयोग्य शौचालय तथा सहज आवागमनको व्यवस्था नहुनु, दृष्टिविहीन व्यक्तिका लागि ब्रेल तथा अडियो सूचना प्रणालीको अभाव, श्रवणदोष भएका व्यक्तिका लागि सांकेतिक भाषाको व्यवस्था नहुनु, सार्वजनिक यातायातमा पहुँचयोग्य सुविधा नहुनु, सेवा प्रदायक कर्मचारीहरूको असंवेदनशील व्यवहार तथा समावेशी सोचको कमी जस्ता समस्याहरूका कारण अपाङ्गता भएका व्यक्तिहरूले ऐन नियमले प्रदान गरेको सार्वजिनक सेवा प्रवाहको अधिकार उपभोग गर्न कठिनाइ भोगिरहेको सहभागिहरुको गुनासो रहेको थियो । दुवै संस्थाको तर्फबाट हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामालाई सहभागिका गुनासोहरुलाई समेटेर एक ज्ञापन पत्र बुझाइएको छ । ज्ञापन पत्र बुझ्दै नगर प्रमुख लामाले पालिकाको श्रोत साधनले भ्याएसम्म सम्बोधन गर्दै जाने बताउनु भयो ।

ट्रान्सपरेन्सी इन्टरनेशनल(टीआई) नेपाल, भ्रष्टाचार विरुद्ध अभियान चितवन नेपाल(टीआई नेपालसँग आवद्ध) र अपाङ्गता उत्थान जिल्...
20/05/2026

ट्रान्सपरेन्सी इन्टरनेशनल(टीआई) नेपाल, भ्रष्टाचार विरुद्ध अभियान चितवन नेपाल(टीआई नेपालसँग आवद्ध) र अपाङ्गता उत्थान जिल्ला समन्वय समिति चितवनको समन्वयमा वि.स.२०८३ जेठ ५ गते भरतपुरमा एक छलफल सम्पन्न गरिएको छ । सो छलफलमा भरतपुर महानगरपालिकाका कार्यबाहक नगर प्रमुख चित्रसेन अधिकारी, भ्रष्टाचार विरुद्ध अभियान चितवनका अध्यक्ष भिमबहादुर श्रेष्ठ, अपाङ्गता उत्थान जिल्ला समन्वय समिति चितवनको संयोजक निर्मल कुमार श्रेष्ठ तथा सो संस्थामा आवद्ध रहेका अपाङ्गगता भएका समुहहरुको प्रतिनिधि तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा अपाङ्गगता भएका सहभागि ब्यक्तिहरुले निमार्ण भइरहेका र भविश्यमा निर्माण गर्ने भवनहरु अपाङ्ग मैत्री हुनुपर्ने, अपाङ्ग मैत्री नभएका कार्यालयहरुमा सहायता कक्ष निर्माणमा पहल गर्नुपर्ने, सडकहरु अपाङ्ग मैत्री हुनुपर्ने, सवै अपाङ्गता भएका ब्यक्तिहरुलाई सार्वजनिक यातायातमा नियमानुसार भाडा छुट दिनुपर्ने, विच बाटोका विजुलीका पोलहरु ब्यवस्थित गर्नुपर्ने, बौद्धिक अपाङ्गगता र अटीजम सम्बन्धि विद्यार्थीहरुलाई नियमित पठनपाठन गर्न ब्यवस्था गर्नुपर्ने, सार्वजनिक शौचालयहरु अपाङ्ग मैत्री हुनुपर्ने जस्ता समस्याहरु उठाउनु भएको थियो । छलफलमा बोल्दै कार्यवाहक नगरप्रमुखले समस्या समाधानमा पहल गरिने बताउनु भयो ।

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले नेपालमा सुशासनको पहल कार्यक्रम अन्तरगत मिति २०८३ बैशाख ३१ गते उपत्यकामा रहेका ९...
15/05/2026

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले नेपालमा सुशासनको पहल कार्यक्रम अन्तरगत मिति २०८३ बैशाख ३१ गते उपत्यकामा रहेका ९ क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थी, प्राध्यापक तथा सञ्चारकर्मीहरुको उपस्थितिमा नेपालमा सुशासन प्रवद्र्धनमा युवाको भूमिका विषयमा प्रस्तुतीकरण सम्पन्न गरेको छ । उपत्यकाका नौ क्याम्पसका विद्यार्थीहरुको ५ वटा समुह मार्फत भएको प्रस्तुतीमा पारदर्शिता, जवाफदेहिता र सदाचार अभिवृद्धिमा यूवाको मुख्य भूमिका हुनुपर्ने विषयमा जोड दिइएको थियो । प्राध्यापक तथा वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले टिप्पणी, पृष्टपोषणका साथै सुझाव दिनुभएको थियो । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको महासचिव प्रा.डा. सागरराज शर्माले प्रस्तुतीमा सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गर्नुभएको थियो ।

14/05/2026
ट्रान्सपरेन्सी इन्तरनेशनल (टीआई) नेपालले २०८३ बैशाख २९ गते नेपालमा सुशासनको पहल कार्यक्रम अन्तरगत त्रिभुवन विश्वविद्यालय...
12/05/2026

ट्रान्सपरेन्सी इन्तरनेशनल (टीआई) नेपालले २०८३ बैशाख २९ गते नेपालमा सुशासनको पहल कार्यक्रम अन्तरगत त्रिभुवन विश्वविद्यालय किर्तिपुर स्थित सार्वजनिक नीति, सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन विषयमा स्नाकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूमाझ भ्रष्टाचार अवधारणा सूचकाड्ढ विषयक युवा तथा विद्यार्थी सचेतना सम्बन्धि कक्षा सञ्चालन गरेको छ । टीआईले प्रत्येक वर्ष निकाल्ने भ्रष्टाचार अवधारणा सूचकाङ्क (CPI) विषयमा संस्थाका महासचिव प्रा.डा. सागरराज शर्माले सो प्रस्तुती गर्नुभएको थियो । प्रस्तुतिमा टीआईद्वारा CPI कसरी तयार हुन्छ, यसमा कस्ता कस्ता संस्थाले तयार गरेको डाटाहरुको प्रयोग गरिन्छ भन्ने विषयमा प्रष्ट पार्नु भएको थियो । कक्षामा सहभागि विद्यार्थीहरुले यो इन्डेक्सको सान्दर्भिकता, निस्पक्षता जस्ता विषयमा जिज्ञासा राख्नु भएको थियो । सो अवसरमा विश्वविद्यालयका प्राध्यापकहरु समेत छलफलमा सहभागि हुनुभएको थियो ।

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले नेपालमा सुशासनको पहल कार्यक्रम अन्तरगत मिति २०८३ बैशाख ११ गते उपत्यकामा रहेका १...
27/04/2026

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले नेपालमा सुशासनको पहल कार्यक्रम अन्तरगत मिति २०८३ बैशाख ११ गते उपत्यकामा रहेका १० क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको सहभागीतामा नेपालमा सुशासन प्रवद्र्धनमा युवाको भूमिका विषयमा प्रस्तुतीकरण तथा छलफल गराउने उद्धेश्यका साथ अभिमुखिकरण सम्पन्न गरेको छ । अभिमुखिकरणमा त्रि–चन्द्र बहुमुखी क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, पाटन बहुमुखी क्याम्पस, पद्मकन्या बहुमुखी क्याम्पस, अमृत क्याम्पस, पशुपति बहुमुखी क्याम्पस, ख्वप कलेज, भ्याली कृषि क्याम्पस, जया मल्टिपल क्याम्पस र गोल्डेन गेट कलेजमा स्नातक तहमा अध्ययनरत विद्यार्थी तथा प्राध्यापकहरुको उपस्थिति रहेको थियो । उपस्थित विद्यार्थीहरुबाट मिश्रित समुह बनाई प्रस्तुतीकरणमा समावेश गरिने विषयहरुको जानकारी सहित छलफल भएको थियो ।

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले जलवायु परिवर्तनसम्बन्धी कार्यमा सदाचार र सुशासन कार्यक्रम अन्तरगत २१ अप्रिल २०२...
22/04/2026

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले जलवायु परिवर्तनसम्बन्धी कार्यमा सदाचार र सुशासन कार्यक्रम अन्तरगत २१ अप्रिल २०२६ तदानुसार २०८३ बैशाख ८ गते सरोकारवालाहरुसँग अन्तरकृया सम्पन्न गरेको छ । नगर/गाउँपालिकामा जलवायु परिवर्तनले पारेका प्रभाव, वातावरण तथा विपद व्यवस्थापन नीति, कार्ययोजना र अनुभव आदानप्रदान गर्ने उद्धेश्यले आयोजना गरिएको अन्तरत्रिक्रयामा उपत्यकाका तिन जिल्लाका महानगर/नगर/गाउँ पालिका, वन उपभोक्ता समिति प्रतिनिधि र सञ्चार माध्यम लगायतको तर्फबाट उपस्थिति रहेको थियो । वन डढेलो, जनावर आतकं, अनियमित वर्षा, तापक्रम वृद्धि, बाढी र पहिरोले निम्त्याएको समस्या र जमिनमा जताततै ढलान भएको कारण पानी पुनर्भरण (Water recharge) हुन नसकेको, थोरै पानी पर्दा पनि खोलामा बाढी आउने गरेको, फोहोर व्यवस्थापनमा देखिएका चुनौती जस्ता मानव सृजित समस्याका कारण जलवायुमा नकारात्मक असर परिरेहेको र यस्ता विषयमा आम नागरिकले आफ्नो बानी व्यवहारमा सुधार गर्नुको साथै राज्यको ध्यान जानुपर्ने विषय सहभागीहरुले उठाउनुभएको थियो । यसै गरी सहभागीहरुबाट परियोजना कालमा जलवायु परिवर्तनका कारण हुने नकारात्मक असरहरु र तिनको निराकरणका लागि पहल, जलवायु परिवर्तनसम्बन्धि कार्यमा सदाचार र सुशासनबारे स्थानीय स्तरमा बहसको सुरुवात भएको र आगामी दिनमा समेत यस कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिईएको थियो ।

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले मिति २०८२ चैत ३० गते जलवायु परिवर्तनसम्बन्धी कार्यमा सदाचार र सुशासन कार्यक्रमक...
14/04/2026

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले मिति २०८२ चैत ३० गते जलवायु परिवर्तनसम्बन्धी कार्यमा सदाचार र सुशासन कार्यक्रमको सामाजिक परिक्षण सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण प्रकृति कोष, नेपाल राष्ट्र बैंक, स्थानीय निकाय, वन डिभिजन कार्यालय, समाज कल्याण परिषद, विश्वविद्यालय, कलेज, विषय विज्ञ, युवा, महिला तथा अनुसन्धानकर्ताहरुको उपस्थिति रहेको थियो । परियोजनाको मुल्याङ्कन तथा सहजीकरण युनिभर्सल सस्टेनेवल डेभलवमेन्ट कन्सलटेन्सी (युएसडिसी) का प्रतिनिधि हेमराज खरेलले गर्नुभएको थियो । परियोजना संयोजक तुम्बुरु गौतमको अध्यक्षतामा सम्पन्न सामाजिक परीक्षणको खुला सत्रमा बोल्दै सहभागीहरुले परियोजना अत्यन्त सान्दर्भिक रहेको, समयावधि एकदम छोटो भएकाले निरन्तरता दिन जरुरी भएको, अध्ययन अनुसन्धान तथा जनचेतनामूलक कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेसुझाव राख्नुभएको थियो ।

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले नेपालमा सुशासनको पहल कार्यक्रम अन्तरगत मिति २०८२ चैत २६ गते शंखरापुर नगरपालिका ...
10/04/2026

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले नेपालमा सुशासनको पहल कार्यक्रम अन्तरगत मिति २०८२ चैत २६ गते शंखरापुर नगरपालिका वडा नं ६ सँगको सहकार्यमा संस्थाले मिति २०८२ मंसिर २८ गते वडा कार्यालय प्राङ्गणमा नागरिकबाट लिइएको गुनासो तथा सुझावको सम्बन्धमा छलफल सम्पन्न गरेको छ । सो अवसरमा नगरपालिका सहित वडा नं ६, ७, ८, इलाका प्रशासन कार्यालय, विद्युत प्राधिकरण, स्वास्थ्य, खानेपानी लगायतका सरोकारवाला तथा गुनासो कर्ताहरुको उपस्थितिमा छलफल भएको थियो । उक्त छलफलमा नगरपालिकाको भवन निर्माण, खानेपानी वितरण, स्वास्थ्य चौकीमा औषधि वितरण, विद्युत प्राधिकरण सम्बन्धी समस्या आदी विषयका सम्बन्धमा छलफल गरिएको थियो ।

Address

Baneshwor
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Transparency International Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Transparency International Nepal:

Share