26/08/2026
प्रेस विज्ञप्ति
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्ष पदमा श्री मदनकृष्ण शर्मा पुनः निर्वाचित
काठमाडौं, २०८३ भदौ १० गते
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको ३१औँ वार्षिक साधारणसभा आज काठमाडौंमा सम्पन्न भएको छ। साधारणसभाले संस्थाको अध्यक्ष पदमा श्री मदनकृष्ण शर्मालाई पुनः निर्वाचित गरेको छ । वरिष्ठ चार्टर्ड एकाउण्डेन्ट शर्मा यस संस्थामा अध्यक्ष पदमा एक कार्यकाल सफलतापूर्वक सम्पन्न गरि दोश्रो कार्यकालको लागि पूनः निर्वाचित हुनुभएको छ । वहाँ विगत १३ वर्षदेखि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसँग निरन्तर आबद्ध रहँदै आउनुभएको छ। उहाँले यसअघि संस्थामा पूर्व महासचिवको रूपमा समेत संलग्न भईसक्नुभएको छ।
त्यसैगरी, कार्यसमिति सदस्य पदमा राष्ट्रिय व्यावसायिक पहल (प्रतिनिधि: श्री सुरेन्द्रवीर मालाकार), श्री सरोजप्रसाद पाण्डे, श्री शरदचन्द्र न्यौपाने, श्री सुष्मा कर्ण, श्री चन्द्रकिरण श्रेष्ठ (जोशी), श्री दीपकराज जोशी, श्री सुरेश प्रधान र डा. प्रकाशचन्द्र भट्टराई निर्वाचित हुनुभएको छ।
निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले निर्वाचित अध्यक्ष तथा कार्यसमिति सदस्यहरूलाई पदको शपथ ग्रहण गराउनुभएको छ ।
साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ । प्रस्तुत प्रगति प्रतिवेदनअनुसार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सुशासन, सदाचार, पारदर्शिता तथा जवाफदेहिता प्रवर्द्धनका लागि जनचेतनामूलक, अनुसन्धानात्मक, नीतिगत तथा संस्थागत कार्यहरू सम्पन्न गरेको छ। वित्तीय प्रतिवेदनमा संस्थाको आय–व्ययको विवरण प्रस्तुत गर्नुका साथै आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित कार्यक्रमहरू तथा आवश्यक बजेटसमेत समावेश गरिएको छ ।
साधारणसभामा सहभागी सदस्यहरूले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा संस्थाले आफ्ना अभियान, कार्यक्रम तथा वकालतजन्य गतिविधिहरूलाई अझ प्रभावकारी, परिणाममुखी र व्यापक बनाउँदै लैजानुपर्नेमा जोड दिनुभएको छ ।
धन्यवाद।
आशिष थापा
कार्यकारी निर्देशक
(Unofficial English Version)
Press Release
Mr. Madan Krishna Sharma re-elected as the President of Transparency International Nepal
Kathmandu, Bhadra 10, 2083
The 31st Annual General Meeting of Transparency International Nepal was held in Kathmandu today. The general meeting has re-elected Mr. Madan Krishna Sharma as the President of the organization. Senior Chartered Accountant Sharma has been re-elected for a second term after successfully completing one term as the President of the organization. He has been continuously associated with Transparency International Nepal for the past 13 years. He has also been involved in the organization as a former General Secretary.
Similarly, National Business Initiative (Representative: Mr. Surendrabir Malakar), Mr. Saroj Prasad Pandey, Mr. Sharad Chandra Neupane, Ms. Sushma Karna, Ms. Chandrakiran Shrestha (Joshi), Mr. Deepak Raj Joshi, Mr. Suresh Pradhan and Dr. Prakash Chandra Bhattarai have been elected as members of the Executive Committee.
Election Officer Senior Advocate Shri Krishna Prasad Bhandari administered the oath of office to the elected chairperson and working committee members.
The Annual General Meeting passed the annual progress report, auditor's report and financial report for the fiscal year 2082/83. According to the presented progress report, Transparency International Nepal has conducted public awareness, research, policy and programs to promote good governance, ethics, transparency and accountability. The financial report presents the details of the organization's income and expenditure, as well as the proposed programs and necessary budget for the upcoming fiscal year 2083/084.
The members participating in the general assembly emphasized that in the current challenging situation, the organization should continue to make its campaigns, programs and advocacy activities more effective, result-oriented and comprehensive.
Thank you.
Ashish Thapa
Executive Director