18/04/2026
सनातन धर्मको संरक्षण, धार्मिक चेतनाको जागरण तथा दाजुभाइ साथीबीच भ्रातृत्व, मित्रता र एकताको भावना सुदृढ गर्ने पवित्र उद्देश्यका साथ MRR ग्रुपले देशका विभिन्न स्थानहरूमा भजन कीर्तन कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ।
यस पुण्य अवसरमा जहाँ जहाँ कार्यक्रम आयोजना हुँदैछ, त्यहाँ उपस्थित भई भजन कीर्तनको दिव्य रसास्वादन गर्दै आत्मिक शान्ति र आनन्द प्राप्त गर्नुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौं।
आज (शनिबार) MRR द्वारा आयोजना गरिएका भजन–कीर्तन कार्यक्रमहरू निम्न स्थानहरूमा सम्पन्न हुँदैछन्:
* जिल्ला : काठमाडौँ
स्थान : श्री हनुमान मन्दिर, शंखमूल
* जिल्ला : कास्की
स्थान : श्री कात्यायनी दुर्गा मन्दिर, पोखरा–१३
* जिल्ला : चितवन
स्थान : श्री शिव पञ्चेश्वर महादेव मन्दिर, भरतपुर–७, तेह्रसाल चोक
* जिल्ला : बागलुङ
स्थान : कालिका भगवती मन्दिर, बागलुङ नगरपालिका–१
* जिल्ला : तनहुँ
स्थान : श्री दुर्गा मन्दिर, रिसिङ पाटन, भीमाद–५
* जिल्ला : रुपन्देही (बुटवल)
स्थान : सिद्धेश्वर ग्राउण्ड, दिपनगर–७
* जिल्ला : झापा
स्थान : श्री पशुपति मन्दिर, दमक
* जिल्ला : सुनसरी (इटहरी/धरान क्षेत्र)
स्थान : बुढीगंगा मुक्तिधाट धाम
* जिल्ला : सुर्खत स्थान : गणेश मन्दिर, चिसापानी
*जिल्ला : लम्जुङ्ग
स्थान : सुन्दरबजार नगरपालिका, श्री शिब मन्दिर पाउदी
*जिल्ला : नवलपुर कावासोती वडा नं. ८, तरुवा टोल स्थित श्री सिद्धेश्वर राधा कृष्ण पञ्चाङ्ग मन्दिर
❤️राधे राधे❤️
यी कार्यक्रमहरू आज शनिबार सञ्चालन हुँदै छन् भने, देशका विभिन्न स्थानहरूमा अन्य दिनहरूमा पनि भजन कीर्तन निरन्तर रूपमा आयोजना हुँदै आएको छ।
MRR का विभिन्न टीमहरूद्वारा स्वदेश तथा विदेशका अनेक स्थानहरूमा यस्ता आध्यात्मिक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्, जसले धर्म, संस्कार र आपसी एकताको सन्देश फैलाउँदै आएको छ।
जय MRR!
जय होस्, कल्याण होस्!