05/01/2026
२२ औ वार्षिक उपशाखा सभा सम्पन्न
उपशाखाको २२ औं उपशाखा सभा मिति २०८२ पौष १९ गते शनिबारका दिन नेपाल आदर्श मा.वि मा सम्पन्न भएको छ । उपशाखा सभापतिको सभा अध्यक्षतामा भएको उक्त सभामा नेरेसो काठमाडौं जिल्ला शाखाका मन्त्री वृद्धि मान शाक्य, श्री नेपाल अदर्श माध्यमिक विध्यालयका प्रधानाध्यापक करुणा प्रधान, ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) को पुर्व अध्यक्ष सानुवाबु प्रजापति, नेरेसो केन्द्रिय रक्त सञ्चार सेवाका निर्देशक पवन कुमार गुप्ता र नेरेसो केन्द्रिय रक्तसञ्चार सेवाका पुर्व निर्देशक तथा स्टार अस्पतालका वरिष्ठ कन्सल्टेन्ट डा. मनिता राजकर्निकार अतिथि थिए। साथै नेरेसो स्वयम्भु उपशाखाका सभापति राजेन्द्र श्रेष्ठ, उप-सभापति मन्जु पण्डे र नेरेसो बालाजु उपशाखाका सभापति लभ राज श्रेष्ठ पनि उपस्थित रहेको थियो ।
उक्त सभामा नयाँ आजिवन सदस्यता प्राप्त गर्नु भएका महानुभावहरुलाई सदस्यता प्रमाण पत्र र परिचय पत्र वितरण कार्यक्रम रहेको थियो भने सो सभाबाट सचीव तेज नारायण मानन्धरद्वारा प्रस्तुत बार्षिक प्रगति प्रतिवेदन र उप-सचीव भक्त चन्दन बाराहीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरिएको थियो । उपशाखाका कार्यसमिति, सल्लाहकारहरू, आजीवन सदस्यहरु लगायत विद्यालयका शिक्षकहरुको उपस्थितिमा सभा सम्पन्न भएको थियो।
जानकारी : भक्त चन्दन बाराही (उप-सचिव)
फोटो : सुदर्शन मन सी (सल्लाहकार)