Nepal Scouts Progressive Struggle Committee

Nepal Scouts Progressive Struggle Committee Nepal Scouts is an official Scouting and guiding organization in Nepal. Affiliated with WOSM and WAGGGS.

03/04/2025

ल यस्तो आएछ ।

23/03/2025

काठमाडौं । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय परिसरमा विगत केही समय यता नेपाल स्काउटका सन्दर्भमा भएका अस्व.....

विज्ञप्तीनेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय परिसरमा विगत केही समय यता नेपाल स्काउटका सन्दर्भमा भएका अस्वभावीक गतिविध...
22/03/2025

विज्ञप्ती
नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय परिसरमा विगत केही समय यता नेपाल स्काउटका सन्दर्भमा भएका अस्वभावीक गतिविधि प्रति गम्भीर ध्यानार्कषण भएको छ । प्रधान कार्यालय परिसरमा आन्दोलनको नाममा भइरहेका यस्ता गतिबिधिले दैनिक कार्यसंचालन र चालु आवका कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गर्न नसकिएको साथै राष्ट्रिय कार्यसमितिका पदाधिकारी र कर्मचारीहरुमा उच्च मनोबलका साथ काम गर्ने वातावरण नरहेको तथ्यप्रति आन्दोलनरत पक्ष समेत जानकार रहेकै बिषय हो।
नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय समक्ष आधिकारीक जानकारी र मागका बिषय पेश नगरीकन दैनिक रुपमा भएको अवरोध र गतिविधि प्रति गम्भीर रहँदै नेपाल स्काउटको आधिकारीक पदाधिकारीले अनौपचारीक रुपमा आन्दोलनरत पक्षसँग पटक पटक संवाद मार्फत समाधानको पहल भएता पनि त्यस्ता गतिविधि जारी रहीरहनु चिन्ताको विषय हो, तसर्थ अनौपचारीक तवरबाट भएका संवादलाई औपचारीक रुप दिनका लागि नेपाल स्काउटको राष्ट्रिय कार्यकारी समितिको मिति २०८१।१२।०६ गते बसेको बैठकले आयुक्त सन्तोष कुमार थापाको संयोजकत्वमा सहजीकरण समिति बनाउने निर्णय भएबमोजिम उक्त समितिले आन्दोलनरत पक्षसंग संवादका लागि पहल गरिरहेको छ। औपचारीक रुपमा आफ्ना कार्यक्रम र बिषय प्रधान कार्यालयमा पेश नगरी एकोहोरो रुपमा भइरहेको यस्तो आन्दोलनले नेपाल स्काउटको छवि धमिल्याउने तर्फ सबै जाना सचेत र सजग रहनुपर्छ।
संवाद मार्फत समस्याको निकास र सहजिकरणका लागि नेपाल स्काउटको नेतृत्व, राष्ट्रिय कार्यकारी समिति मात्रै होइन प्रमुख स्काउट एवं माननीय युवा तथा खेलकुद मन्त्री श्री तेजु लाल चौधरीज्यु स्वयम् पनि गम्भिर रहेको तथ्य भुल्न मिल्दैन। आन्दोलनरत पक्षकै माग बमोजिम प्रमुख स्काउटको अगुवाईमा मिति २०८१।१२।०८ गते शुक्रबार उहाँकै कार्यकक्षमा आन्दोलनरत समुहको व्यक्तिहरु छलफलमा बसेको र छलफलका क्रममा प्रमुख स्काउटले देखाउनुभएको चासो र निकासका लागि देखाउनु भएको मार्गदर्शनलाई आन्दोलनरत पक्षले सहजै स्वीकार गरी अगाडि बढ्नु नै समाधानको प्रारम्भीक बिन्दु हो। अनौपचारीक रुपमा प्राप्त, आन्दोलनरत पक्षबाट उठाइएका बिषयलाई सरसर्ती हेर्दा संस्थागत विषय भन्दा पनि कुनै एक व्यक्तीप्रतिको पुर्वाग्रह मात्र हो भन्दा फरक पर्दैन, यद्धपी धेरै बिषय विभिन्न आधिकारीक निकायमार्फत् संबोधन भइसकेको र वाँकी जायज विषयलाई संवादकै माध्यमबाट समाधान निकाल्नुपर्छ भन्ने मान्यतालाई हामी सबैले स्वीकार गर्नु आवश्यक छ ।
यसै सन्दर्भमा सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।१०।०९ (मुद्दा नं. ०८१– WO–०८२०) र मिति २०८१।११।१५ (मुद्दा नं. ०८१–WO–०९५७) मा पुर्व प्रमुख आयुक्त महेन्द्र राज रंजितले दायर गरेको रिटमा उठाइएको बिषय र हाल आन्दोलनरत पक्षले उठाएका अधिकांश माग एउटै देखिन्छन् । ति दुवै रिटको अन्तिम किनारा लाग्ने प्रक्रियामानै रहेको र सम्मानित अदालतमा विचाराधिन विषयमा अन्यत्र प्रश्न उठाउन नपाईने तथ्यलाई सबैले स्वीकार गर्नुको विकल्प छैन ।
त्यसैगरी यसै बिषयमा नेपाल स्काउटका संरक्षक सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्युसमक्ष उजुरी पेश भएको र सचिवालय मार्फत युवा तथा खेलकुद मन्त्रालयलाई समेत प्राप्त भएको जानकारी समेत गराउन चाहान्छु । नेपाल सरकार राष्ट्रिय सर्तकता केन्द्रबाट मिति २०८१।११।२८ गते श्री युवा तथा खेलकुद मन्त्रालयलाई रायका लागि प्राप्त पत्रमा समेत आन्दोलनमा उठाइएका माग बमोजिमनै बेनामी उजुरी परी सो उपर छानविन भइरहेको तथ्यप्रति सरोकारवालाले जानकारी राख्नु आवश्यक छ। सम्मानित सर्वोच्च अदालत, नेपाल सरकार राष्ट्रिय सर्तकता केन्द्र, नेपाल स्काउटका संरक्षक सम्माननीय प्रधानमन्त्रीको सचिवालय,श्री युवा तथा खेलकुद मन्त्रालय, प्रमुख स्काउट जस्ता संवैधानिक र उच्च आधिकारीक तहबाटै आन्दोलनरत पक्षले लिखित रुपमा तत्तत्निकायमा पेश र दर्ता गरिएका बिषयका बारेमा कानुनी र प्रशासनिक परीक्षण र कारवाही भइरहेका छन्। संवैधानिक सरकारी परिक्षण भइरहेका बिषयका अलाबा अन्य बिषय भए संवाद मार्फत टुंग्याउन सहजीकरण समिति सक्रिय रहने नै छ। आफ्नो अधिकार माग गर्दा आफ्नो कर्तव्य कसैले पनि भूल्न हुदैन भन्ने मान्यताका आधारमा सबैले आआफ्नो तहबाट स्काउट गतिबिधि लाई अगाडी बढाउन शान्तिपुर्ण गतिबिधि र प्रभावकारी भुमिका खेल्नेतर्फ सबै सरोकारवाला पक्ष अगाडि बढ्नु आजको आवश्यकता र दायित्व हो। असन्तुष्टिहरुलाई संवादको माध्यमबाटै निकास निकाल्न जरुरी छ।
समस्याको पहिलो र अन्तिम समाधान केवल संवाद मात्र हो भन्ने समितिको ठहर छ। नेपाल स्काउटको विगतको इतिहाँस जती गौरववान्वीत छ, वर्तमान र भविष्य पनि उत्तिकै गौरवमय बनाउनका लागि आम स्काउटहरुवीच सहकार्य र एकता आवश्यक छ साथै असन्तुष्टीलाई संवादमार्फत सहमतिमा पुर्याउनको लागि अहिलेको नेपाल स्काउटको नेतृत्व र सहजीकरण समिति सदैव तयार रहेको समेत जानकारी गराउँदै आन्दोलनरत पक्षलाई व्यक्तीगत चरित्रहत्या, अनर्गल मिडियावजी र अवाञ्छीत गतिविधि त्यागी अविलम्व संवादमा आउन आग्रह गर्दछु ।
जय स्काउट ।
सन्तोष कुमार थापा
संयोजक, सहजीकरण समिति
(आयुक्त नेपाल स्काउट)

19/03/2025

‘राष्ट्रपति ब्याज’ कार्यान्वयनमा आउनु पर्छ ।

18/03/2025

प्रमुख आयुक्तले वार्तामा आउन आग्रह गरेका रहेछन। वार्तामा गएर समस्या समाधान गर्दा के होला ? यसरी संस्थालाई धमालेरा कहिले सम्म राख्ने ?

17/03/2025

पछिल्लो समय नेपाल स्काउटमा के भएको हो ? दोधारमा हुनु हुन्छ ? यो भिडियो पुरा हेर्नु होश ।

15/03/2025

यो भिडीयोमा देखिएका पात्र भन्दा पनि यिनीहरुलाई परिचालन गर्नेहरुको अनुहार सम्झेर दया लागेको छ ।

माघ १० गते न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले अन्तरिम आदेश दिनुपर्ने नपर्ने छलफलका लागि माघ २३ गते पेशी तोकेको थियो । ...
11/02/2025

माघ १० गते न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले अन्तरिम आदेश दिनुपर्ने नपर्ने छलफलका लागि माघ २३ गते पेशी तोकेको थियो । माघ २३ गते सर्वोच्चको डिभिजन बेन्चले रंजितको माग अनुसार अन्तरिम आदेश जारी गरेन ।

काठमाडौं । नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रंजित एक महिनादेखि कार्यालयमा अनुपस्थित रहँदैआएका छन् ।का....

11/02/2025

२८ माघ, काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘श्री ५ को सरकार’ लेखेर हस्ताक्षर गरेको नियमावली सच्या...

11/02/2025

युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीले नेपाल स्काउटको कर्मचारी नेपाल सेवा नियमावाली २०५२ लाई संसोधन गर्ने क्र....

उनले नेपाल स्काउटलाई पत्र लेख्दै, “मिति २०८१ स्काउट राष्ट्रिय परिषद्को बैठक २०८१ कार्तिक १० बाट संसोधीत, नेपाल स्काउट कर...
11/02/2025

उनले नेपाल स्काउटलाई पत्र लेख्दै, “मिति २०८१ स्काउट राष्ट्रिय परिषद्को बैठक २०८१ कार्तिक १० बाट संसोधीत, नेपाल स्काउट कर्मचारी सेवा नियमावाली २०५२ संशोधन २०८१ को अनुसुची ४ (क) को १ र ऐ. ४ (ख) को ४ मा टाइपमा त्रुटी भई नेपाल सरकार लेखिनुपर्नेमा श्री ५ को सरकार लेखिन गएकाले उक्त श्री ५ को सरकार शब्दावली नेपालको संविधान २०७२ भाग–१ धारा–१ मा “यो संविधान नेपालको मूल कानुन हो, यस संविधानसँग बाँझिने कानुन बाँझिएको हदसम्म अमान्य हुनेछ” भन्ने व्यवस्था विपरीत रहेको पाइएकाले उक्त त्रुटी सच्चयाइ नियमावलीमा उल्लेखीत श्री ५ को सरकार लेखिएको शब्दावलीको सट्टा नेपाल सरकार शब्दावली राखी प्रमाणीकरण गरि कार्यान्वयनका लागि पठाइएको” जानकारी गराएका छन् ।

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीले नेपाल स्काउटको कर्मचारी नेपाल सेवा नियमावाली २०५२ लाई संसोध....

10/02/2025

युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीले त्रुटी सच्याए🚨

नेपाल स्काउटको कर्मचारी सेवा नियमावली २०५२ संशोधन गर्दा मन्त्री तेजु लाल चौधरीले "श्री ५ को सरकार" लेखिएको कागजातमा हस्ताक्षर गरेको भन्दै विवाद उठेको थियो। तर, मन्त्री चौधरीले यो टाइप त्रुटी मात्र भएको बताउँदै तत्काल सच्याएका छन्। उनले नेपाल स्काउटलाई पत्र लेखी "नेपाल सरकार" लेखिनुपर्नेमा "श्री ५ को सरकार" लेखिएको त्रुटी सच्याइएको जानकारी दिएका छन्।

📜 के भयो त?

मन्त्रीले हस्ताक्षर गरेको कागजातमा "श्री ५ को सरकार" लेखिएको थियो, जुन संविधान २०७२ को धारा १ बाट बाँझिएको छ।

यो त्रुटी पत्ता लागेपछि मन्त्रीले तुरुन्तै सच्याएर "नेपाल सरकार" लेखिएको नयाँ कागजात प्रमाणित गरेका छन्।

💥 विवादको अर्को पाटो:
मन्त्री चौधरीले नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्र राज रंजितमाथि आरोप लगाएका छन् कि उनले यस त्रुटीलाई जानीजानी अतिरंजित गरेर मन्त्रीको चरित्र हत्या गर्न खोजेका थिए। मन्त्रीले भने, "मलाई नै बैठकको माइन्युटमा हस्ताक्षर गराएका थिए, त्रुटी सच्याउनु पर्नेमा उल्टो मै बिरुद्ध प्रयोग गर्न खोजिएको दुखःद छ।"

🔍 के छ अघि?
मन्त्रीले प्रमुख आयुक्त रंजितको असक्षमताको कारणले नै विगत केही समयदेखि नेपाल स्काउटमा विवाद बढेको बताएका छन्। यसले स्काउट संस्थामा पारदर्शिता र जवाफदेहिताको माग बढाएको छ।

👉 तपाईंको के विचार छ?
के यो मात्र टाइप त्रुटी हो वा केही गहिरो समस्या छ? कमेन्टमा आफ्नो विचार राख्नुहोस्!

#नेपाल #युवा_तथा_खेलकुद_मन्त्री #तेजु_लाल_चौधरी #नेपाल_स्काउट #त्रुटी_सच्याइ #विवाद #सरकार #संविधान_२०७२

Address

Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Nepal Scouts Progressive Struggle Committee posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Scouts Progressive Struggle Committee:

Share