Khyala Bagal makes Documentaries, Films, Dramas, Music Videos, and Radio Programs. It organizes the Academic Discussion Program locally and nationally. Khyala Bagal creates critical masses for the betterment of tomorrow. Furthermore, we are planning to prepare a radio drama about education and reproductive health.
ख्याल बगाल समाज र राष्ट्रमा सकारात्मक परिवर्तन चाहने युवाहरुको समुहले बनेको संस्था ह
ो। यो संस्था नेपालमा केन्द्रित रहेर सिमान्तक्रित एवम् आदिवासी जनजातिहरुको हक अधिकार, कला,संस्कृति, सामाजिक मूल्य मान्यताहरुको संरक्षण र सम्वर्धन, रुढिवादि परम्पराहरुको निर्मुलिकरण र सामाजिक, आर्थिक, संस्कृतिक, राजनैतिक, वैचारिक उत्थानका कार्यहरुमा सक्रिय रहेको छ। यस संस्थाले सामाजिक रुपान्तरणका लागि विभिन्न क्षेत्रमा र विभिन्न माध्यमबाट काम गर्दै आइरहेको छ। यस संस्थाले विभिन्न सिमान्तक्रित एवम् आदिवासी जनजातिहरुसंग सम्बन्धित विभिन्न मुद्दा र विषयहरुमा बौद्धिक बहसहरु गर्ने,लेखहरु लेख्ने र विभिन्न पत्रपत्रिका मार्फत प्रकाशन गर्दै आइरहेको छ। सिमान्तक्रित एवम् आदिवासी जनजातिहरु मै केन्द्रित रहेर विभिन्न चलचित्र, शर्त फिल्म, डकुमेन्टरी, गित संगित, भिडियो, रेडियो कार्यक्रमहरु, नाटक आदिहरुको निर्माण गर्दै आइरहेको छ र जनजागरण एवम् वौद्धिक फोरमको बिकासमा सक्रिय रहेको छ। यो संस्था अन्य संघसंस्थाहरुसँगको सहकार्यमा पनि कार्यक्रम गर्दै आइरहेको छ। सामाजिक सञ्जालमा निकै सक्रिय रहेको यस संस्थाको लुज फोरमहरु नेपालको तराइ क्षेत्रको २३ जिल्लामा र पहाडका केहि जिल्लामा सक्रिय रहेका छन्। अहिले यो संस्था आदिवासी जनजातीको क्षेत्र र सामाजिक कार्यमा सक्रिय रहेको छ।