02/10/2026
महिनावारी बिदा होइन, मर्यादित महिनावारीमैत्री कार्यस्थल निर्माण गरौँ!
के महिनावारी बिदा मात्रै महिनावारी हुने व्यक्तिहरूको मर्यादा, समानता र अधिकार सुनिश्चित गर्ने समाधान हो?
महिनावारीका कारण छुट्टै बिदाको व्यवस्था गर्नुभन्दा कार्यस्थललाई नै मर्यादित महिनावारीमैत्री (Dignified Menstruation-Friendly Workplace) बनाउनु आवश्यक छ। महिनावारीलाई आधार बनाएर छुट्टै बिदा दिने व्यवस्थाले मात्र कार्यस्थलमा विद्यमान विभेद, असमानता र संरचनागत समस्याहरू समाधान गर्दैन।
त्यसैले, महिनावारी बिदामा मात्र केन्द्रित नभई कार्यस्थलमा निम्न चारवटा पक्ष सुनिश्चित गरौँ।
🔴 DEFINE (परिभाषित गरौँ): महिनावारी र रजोनिवृत्तिबारे आधारभूत ज्ञान, खुला छलफल र विभेदरहित बुझाइ विकास गरौँ।
🔴 DISMANTLE (महिनावारी विभेद हटाऔँ): महिनावारी तथा रजोनिवृत्तिसँग सम्बन्धित सबै प्रकारका विभेद अन्त्य गरौँ। मर्यादित महिनावारी मैत्री सामग्री, ३पी (Person, Planet, Pocket) र, मर्यादित महिनावारी मैत्री WASH सुविधाको सुनिश्चितता गरौँ।
🔴 DETECT (समस्या पहिचान गरौँ): महिनावारी तथा रजोनिवृत्तिसँग सम्बन्धित स्वास्थ्य समस्याहरू पहिचान गरी आवश्यक स्वास्थ्य सेवा, सहयोग र सुविधामा पहुँच सुनिश्चित गरौँ।
🔴 DECLARE (प्रतिबद्धता जनाऔँ): कार्यस्थलको नीतिमा मर्यादित महिनावारीमैत्री वातावरण, विश्राम कक्ष, शौचालय, पानी, महिनावारी सामग्री, परामर्श तथा गुनासो सुनुवाइ संयन्त्र समावेश गरौँ।
महिनावारीका कारण छुट्टै बिदा लिनुपर्ने अवस्था सिर्जना गर्ने होइन, बरु महिनावारी हुने र नहुने सबै व्यक्तिले समान रूपमा मर्यादित, सुरक्षित र विभेदरहित वातावरणमा काम गर्न सक्ने कार्यस्थल निर्माण गरिनु पर्छ।
महिनावारी बिदाभन्दा माथि उठौँ; मर्यादित महिनावारीमैत्री कार्यस्थल निर्माण गरौँ!
मर्यादित महिनावारीमैत्री कार्यस्थल निर्माणमा एक्यबद्धता जनाउन: 👉 https://c.org/zWQTTSSTp5
महिनावारी विदा होईन, मर्यादित महिनावारी मैत्री कार्यक्षेत्र आवश्यक