16/02/2026
ॐ आदरणीय
सादर नमन
चेम्वरको माध्यम बाट नेपाल भारत ब्यापार महाेत्सवको आयोजन गरी मुख्य रूपमा 4 एजेण्डामा काम भैरहेको अवस्था छ।
1. पर्यटन प्रवर्द्धन: नेपालका 5* , 4* होटलहरू लाई बोलाएर भारतका ट्रेवल एजेंसी, टूर अपरेटर हरुको वीचमा प्लेनरी सेसन र बेकवर्किङ डिनरको आयोजन गराउँदै छौ। यसले वार्षिक 1 लाखको हाराहारी मात्रै टुरिष्ट नेपाल गएर 1 लाखको लगभग मात्र खर्च गरे भने पनि 10 अरबको आसपास पुग्दो रहेछ। यो नेपालको अर्थिक उन्नतीको लागि ठुलो योगदान हुन सक्छ, र नेपाल भारत सम्बन्धमा सुधारमा ठूलो कडी हुन सक्छ।
2. नेपाली उत्पाद ( मुख्य रूपमा जडिबुटी, गलैँचा, हस्तकला, शिल्पकला, मसला, अदुवा , बेसार, कोदो, फापर, अलैँची, चिया, नेपाली कपडा इत्यादि) को लागि प्रदर्शनी, प्रचार प्रसार एवम व्यापार प्रवर्दन गर्दै ती सामान बेच्ने स्टोरहरु भारतका विभिन्न मुख्य सहरमा खोल्न पहल गर्दैछ।
3. नेपालको जलविद्युतको उत्पादन भएरपनि बेच्ने बाजार भारत नै हो, त्यस दिशामा आज सम्मका पहल त्यति प्रभावकारी हुन सकेका छैनन्। यस महोस्तवमा वार्षिक क्यालेण्डर अनुशार वर्ष भरिको अनुभव र सुझावको आधारमा आवश्यक ऊर्जा उत्पादक, ऊर्जा व्यापारी, ऊर्जा क्षेत्रका लगानीकर्ता, सरकारी निकाय इत्यादिको संवादको लागि सहजीकरण गर्न पलेनरी सेसन गरिँदैछ।
4. नेपाल भारतको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन जि टु जी, जी टू बि, जि टू सी, बि टू बि, बि टू सी एवम पीपुल टू पिपुल समन्वयको लागी एक स्थायी प्लेटफर्म बनाउने प्रयास छ। भारत नेपालको मन्त्री स्तरिय सहभागिताको साथ गतवर्ष 20 हजार जातिको सहभागिताले यस क्षेत्रमा आशा जगाएको छ।
यसलाई बलियो बनाउन आवश्यक छ। जसको लागि नेपाली राजदूत, नेपाली दुतावास, TEPC Nepal ( ट्रेड एण्ड एक्जिबिसन प्रोमोसन सेन्टर) र नेपाल टुरजम बोर्डको सहयोग छ। टाटा, महिन्द्रा, मारुति, हिरो, अशोक लेलेण्ड, आईटीसी, डावर र केही फार्मा कम्पनी हरुसँग संवाद गरेर वार्षिक एंकोर स्पोन्सर बनाउन भरसक प्रयास गर्दैछौ।
सादर।
🙏
डा मोहन कार्की
महासचिव, एभरेष्ट चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिज
फोन+91-9911316600