04/04/2026
रोकिँएन बालेन सरकारको रफ्तार !
भ्रष्ट र माफियाहरूमाथि डण्डा बर्साउने क्रममा जम्मा ७ दिनमै ८ जना 'ठूला माछा' पक्राउ परिसकेका छन्।
यसै आक्रामक अपरेसन अन्तर्गत आज कर्पोरेट क्षेत्रलाई अर्को ठूलो झट्का लागेको छ। सम्पत्ति शुद्धीकरणको गम्भीर कसुरमा नेपालकै ठूलो व्यापारिक घराना 'शंकर ग्रुप'का अध्यक्ष शंकरलाल अग्रवाललाई सीआईबीले काठमाडौँबाटै हत्कडी लगाएको छ !
गृहमन्त्री सुधन गुरुङले नै पुष्टि गरेको यो 'हाई-प्रोफाइल' गिरफ्तारीपछि अनुसन्धानको यो छुरा अब कसको गर्धनसम्म पुग्ला ?