Association of Nepali Agricultural Journalists - ANAJ

Association of Nepali Agricultural Journalists - ANAJ Association of Nepali Agricultural Journalists (ANAJ)

Association of Nepali Agricultural Journalists (ANAJ) is a not-for-profit professional association of agricultural journalists. ANAJ was formed in April 2020 with an aim of uniting the country’s journalists working in the areas of agriculture, food, flower, livestock, and forest science. One of the major objectives of ANAJ is to develop the skill and knowledge of agricultural journalists. Embracin

g the code of ethics, values, and principles of journalism, ANAJ will play a role to make agriculture journalism and journalists impartial, accountable, and responsible towards society.

23/06/2026

काठमाडौँ । नेपालबाट भारततर्फ हुने चिया निर्यातमा लामो समयदेखि देखिएका विभिन्न प्राविधिक तथा व्यापारिक समस्याह....

23/06/2026

९ असार, काठमाडौं । पछिल्लो एक दशकमा राज्यको ढुकुटीबाट कृषि विकास र विस्तार गर्न भन्दै अनुदानका नाममा करिब २ खर्ब र...

22/06/2026

काठमाडौं। सीताराम गोकुल मिल्कले दुई नयाँ उत्पादन बजारमा ल्याएको छ। कम्पनीले आफ्नो ३१औं वार्षिकोत्सवका अवसरमा ब...

18/06/2026

अनुसन्धान परियोजना प्रस्ताव लेखन र गुणात्मक तथ्याङ्क विश्लेषण तालिम सम्पन्न
राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान, खुमलटारको आयोजनामा “Proposal Development Training” र आयोजनामा “Qualitative Data Analysis Training” सम्पन्न भएको छ l अनुसन्धान प्रस्ताव लेखन, प्रतिस्पर्धी अनुसन्धान परियोजना विकास तथा गुणस्तरीय अनुसन्धान व्यवस्थापन क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले आयोजित पशुपन्छी तथा मत्स्य अनुसन्धानका निर्देशक डा. नीना अमात्य गोर्खालीको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको थियो l
कार्यक्रममा राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठानका निर्देशक श्री पूर्ण भद्र चापागाईंको अध्यक्षता रहेको थियो भने पशु प्रजनन तथा आनुवंशिकी विज्ञ डा. श्रीराम न्यौपाने विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान (NASRI) अन्तर्गत केन्द्रका प्रमुख, राष्ट्रिय अनुसन्धान कार्यक्रम संयोजक, योजना तथा अनुगमन–मूल्याङ्कन महाशाखाका प्रतिनिधि, वरिष्ठ वैज्ञानिक, वैज्ञानिक, प्राविधिक तथा प्रशासनिक कर्मचारीहरूको सहभागिता रहेको थियो।
विशेष अतिथि डा. श्रीराम न्यौपानेले अनुसन्धानको सफलता प्रभावकारी प्रस्ताव विकासबाट नै सुरु हुने उल्लेख गर्दै अनुसन्धान समस्या पहिचान, उद्देश्य निर्धारण, कार्यविधि छनोट तथा बजेट निर्माणका पक्षमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो।
प्रमुख अतिथि डा. नीना अमात्य गोर्खालीले अनुसन्धान संस्थाहरूको क्षमता अभिवृद्धिका लागि यस्ता तालिमहरू अत्यन्त उपयोगी रहेको उल्लेख गर्दै वैज्ञानिकहरूले राष्ट्रिय कृषि तथा पशुपन्छी क्षेत्रका समस्याको समाधानमुखी अनुसन्धान प्रस्ताव तयार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले अनुसन्धानको गुणस्तर, स्रोत परिचालन तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तारमा प्रस्ताव विकास सीपले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।तालिममा वरिष्ठ पशु प्रजनन तथा आनुवंशिकी विज्ञ डा. श्रीराम न्यौपाने र नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिक डा.विवेक सापकोटाले प्रशिक्षण गर्नु भएको थियो l कार्यक्रममा पशु पन्छी तथा मत्स्य अनुसन्धानमा कार्यरत २३ जना पुरुष र ४ जना महिला अनुसन्धानकर्ताहरु सहभागीहरु थिए l -
मन्तव्यका क्रममा कार्यक्रमका सभापति तथा राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठानका निर्देशक श्री पूर्ण भद्र चापागाईंले अनुसन्धानलाई थप प्रभावकारी, परिणाममुखी तथा अन्तर्राष्ट्रिय स्तरको बनाउन प्रस्ताव विकास सम्बन्धी ज्ञान र सीप आवश्यक रहेको बताउनुभयो। उहाँले तालिमबाट सहभागीहरूले व्यवहारिक ज्ञान हासिल गरी आगामी अनुसन्धान गतिविधिमा उपयोग गर्ने अपेक्षा व्यक्त गर्नुभयो।
तालिम अवधिभर गुणात्मक अनुसन्धानका आधारभूत अवधारणा, अनुसन्धान दर्शन (Research Paradigms), Ethnography, Case Study, Phenomenology, Narrative Inquiry, Grounded Theory, Discourse Analysis, Action Research, गुणात्मक तथ्य सङ्कलन विधि, कोडिङ, विषयवस्तु (Thematic) विश्लेषण तथा गुणात्मक अनुसन्धान प्रतिवेदन लेखन सम्बन्धी विषयमा विशेषज्ञहरूद्वारा प्रशिक्षण प्रदान गरिएको थियो l कार्यक्रमको समापान मिति २०८३ /०३ /३ गते राष्ट्री पशु आहारा अनुसन्धान केन्द्रका प्रमुख डा.लुमानिधि पाण्डेको विशेष आतिथ्यतामा भएको थियो l आफ्नो मन्तव्य राख्ने क्रममा डा. पाण्डेले अनुसन्धानमा संख्यात्मक तथ्याङ्कसँगै गुणात्मक तथ्याङ्कको महत्व दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्नुभयो। उहाँले किसान, पशुपालक, उपभोक्ता तथा अन्य सरोकारवालाहरूका अनुभव, धारणा, व्यवहार र सामाजिक पक्षहरूको गहिरो अध्ययन गर्न गुणात्मक अनुसन्धान अपरिहार्य रहेको बताउनुभयो। साथै, तथ्यमा आधारित नीति निर्माण तथा अनुसन्धानका नतिजाहरूको प्रभावकारी व्याख्याका लागि गुणात्मक तथ्याङ्क विश्लेषणको ज्ञान आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
प्रशिक्षकहरुको तर्फवाट डा. विवेक सापकोटाले तालिममा पुर्वज्ञानको स्तर र तालिम पछिको ज्ञानको स्तरको मूल्यांकन प्रस्तुत गर्नुभएको थियो l तालिममा सहभागीको तर्फवाट डा.उद्दव पनेरुले सिकाइ अनुभव सुनाउनुभएको थियो l अनुसन्धान परियोजना प्रस्ताव लेखन तालिम गुणात्मक तथ्याङ्क विश्लेषण तालिम सम्पन्न

18/06/2026

अरबिका कफी खेती प्रविधि: यो वर्षादमा खेती गर्नुहोस् ☕🌱
१. कफीको परिचय
कफी रुबिएसी (Rubiaceae) परिवार अन्तर्गत पर्ने बहुवर्षीय बाली हो। यसको वैज्ञानिक नाम Coffea arabica हो। अरबिका जात विश्वकै उच्च गुणस्तरको कफी मानिन्छ। नेपालमा मुख्य रूपमा अरबिका जातकै खेती गरिन्छ किनकि नेपालको हावापानी यसको लागि उपयुक्त छ।
अरबिका कफीका विशेषताहरू:
* स्वाद मिठो तथा सुगन्धित हुने
* क्याफिन कम हुने
* अन्तर्राष्ट्रिय बजारमा उच्च माग हुने
* पहाडी क्षेत्रमा राम्रो उत्पादन हुने
२. उपयुक्त हावापानी तथा माटो
अरबिका कफी खेतीका लागि मध्यम तापक्रम, पर्याप्त वर्षा तथा हल्का छायाँ भएको वातावरण आवश्यक पर्छ। नेपालका ८०० देखि १६०० मिटर उचाइसम्मका क्षेत्र उपयुक्त मानिन्छ।
तापक्रम
* १५°C–२५°C उपयुक्त
* अत्यधिक गर्मी वा तुसारो हानिकारक
वर्षा
* वार्षिक १२००–२००० मि.मि.
* पानी जम्ने अवस्था हुनु हुँदैन
माटो
* दोमट तथा पानी नजम्ने
* प्राङ्गारिक पदार्थ प्रशस्त भएको
* pH ५.५–६.५ उपयुक्त
३. प्रमुख जातहरू
नेपालमा प्रचलित अरबिका कफीका जातहरू:
* कटिमोर (Catimor)
* टिपिका (Typica)
* बोरबोन (Bourbon)
* कातुरा (Caturra)
कटिमोर जात रोग प्रतिरोधी तथा उत्पादन राम्रो हुने भएकाले लोकप्रिय मानिन्छ।
४. बिरुवा उत्पादन तथा नर्सरी व्यवस्थापन
बीउ छनोट
* स्वस्थ तथा बढी उत्पादन दिने बोटबाट बीउ छनोट गर्ने
* पूर्ण रूपमा पाकेको रातो फल प्रयोग गर्ने
बीउ तयारी
* फलको बोक्रा हटाउने
* सफा पानीले धुने
* छायाँमा सुकाउने
नर्सरी तयारी
* छायाँयुक्त स्थान छनोट गर्ने
* माटो, बालुवा र गोबर मल मिसाई बेड तयार गर्ने
बीउ रोपाइँ
* २–३ से.मी. गहिराइमा रोप्ने
* हल्का पानी दिने
अंकुरण
* ४५–६० दिनमा बीउ उम्रिन्छ
पोलीब्यागमा सार्ने
* २–३ पात आएपछि पोलीब्यागमा सार्ने
* ६–८ महिनापछि खेतमा रोप्न योग्य हुन्छ
५. जग्गा तयारी तथा रोपाइँ
जग्गा छनोट
* भिरालो तथा पानी नजम्ने स्थान
* हल्का छायाँ भएको क्षेत्र
खाल्डो तयारी
* ६० × ६० × ६० से.मी. खाल्डो बनाउने
* गोबर मल तथा माथिल्लो माटो मिसाएर भर्ने
बिरुवा दूरी
* २ × २ मिटर
वा
* २.५ × २.५ मिटर
रोप्ने समय
* असार–साउन उपयुक्त
रोपिसकेपछि बिरुवाको वरिपरि हल्का थिचेर तुरुन्त सिँचाइ गर्नुपर्छ।
६. छायाँ व्यवस्थापन
अरबिका कफीलाई मध्यम छायाँ आवश्यक पर्छ।
छायाँका लागि प्रयोग हुने बोट
* उत्तिस
* इपिल–इपिल
* कटुस
* फलफूलका बोट
छायाँ व्यवस्थापनका फाइदा
* चिस्यान कायम हुन्छ
* घामको असर कम हुन्छ
* माटो संरक्षण हुन्छ
अत्यधिक छायाँले उत्पादन घटाउन सक्छ।
७. मलखाद व्यवस्थापन
कफी बोटलाई प्राङ्गारिक मल बढी आवश्यक पर्छ।
प्राङ्गारिक मल
* प्रति बोट १०–२० के.जी. गोबर मल
* कम्पोस्ट मल
रासायनिक मल
आवश्यकताअनुसार:
* नाइट्रोजन
* फस्फोरस
* पोटास
मल वर्षमा दुई पटक दिनु राम्रो मानिन्छ।
८. सिँचाइ तथा मल्चिङ
सिँचाइ
* लामो खडेरीमा सिँचाइ आवश्यक
* फूल फुल्ने समयमा चिस्यान कमी हुन दिनु हुँदैन
मल्चिङ
घाँस, पराल तथा पात प्रयोग गरेर मल्चिङ गर्दा:
* चिस्यान जोगिन्छ
* झार कम हुन्छ
* माटोको उर्वराशक्ति बढ्छ
९. गोडमेल तथा काँटछाँट
गोडमेल
* वर्षमा २–३ पटक झार हटाउने
* माटो खुकुलो बनाउने
काँटछाँट
हटाउनुपर्ने हाँगा:
* सुक्खा
* रोगी
* बाक्ला
* भुइँतिर झुकेका
यसले बोटमा घाम तथा हावा प्रवेश
११. फल लाग्ने समय तथा उत्पादन
* रोपेको ३–४ वर्षपछि फल लाग्न सुरु हुन्छ
* ५–६ वर्षपछि राम्रो उत्पादन हुन्छ
उचित व्यवस्थापन गर्न सके राम्रो आम्दानी लिन सकिन्छ। नेपालमा उत्पादित कफीको माग आन्तरिक तथा बाह्य बजारमा बढिरहेको छ।
१२. फल टिपाइ तथा प्रशोधन
फल टिपाइ
* पूर्ण रूपमा रातो पाकेको फल मात्र टिप्ने
* पटक–पटक टिपाइ गर्ने
प्रशोधन विधि
(क) सुक्खा विधि
* फल घाममा सुकाउने
* बोक्रा हटाउने
(ख) भिजाउने विधि
* पल्प हटाउने
* किण्वन गर्ने
* धुने र सुकाउने
भिजाउने विधिबाट गुणस्तर राम्रो हुने मानिन्छ।
१३. कफी खेतीका फाइदाहरू
* नगदे बाली भएकाले राम्रो आम्दानी
* भिरालो जमिनको सदुपयोग
* माटो कटान कम हुने
* निर्यातको राम्रो सम्भावना
* वातावरण संरक्षणमा सहयोग

18/06/2026

शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी
पाटन (ललितपुर), ४ असारः कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कानुन संशोधन गरी राष्ट्रिय दुग्ध विकास बोर्डलाई अझ शक्तिशाली र आत्मनिर्भर बनाई किसानमैत्री नीति तथा कार्यक्रम ल्याइने बताउनुभएको छ ।

आज ललितपुरस्थित राष्ट्रिय दुग्ध विकास बोर्डमा दुग्ध व्यवसायीहरुसँग भएको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले दूधको उत्पादन, लागत र बजारलाई दृष्टिगत गरी समयसमयमा मूल्य निर्धारण गर्ने, दुग्धजन्य पदार्थ नकिन्ने र समयमा भुक्तानी नदिने व्यवसायीलाई कारबाही गर्ने पक्षमा सरकार रहेको बताउनुभएको हो ।

दुग्ध विकास बोर्ड तथा संस्थानमा राजनीति हाबी भएको, विचौलियाको चलखेल हुने गरेको तथा व्यवस्थापनपक्ष कमजोर देखिएको उल्लेख गर्दै उहाँले विद्युत्लगायत अत्यावश्यक क्षेत्रमा सहुलियतको व्यवस्था गरी दुग्ध व्यवसायमा संलग्न किसानसहित दुग्ध उद्योग र संस्थानका पक्षमा मन्त्रालय रहेको स्पष्ट गर्नुभयो ।

बोर्डका निमित्त कार्यकारी निर्देशक डा बालक चौधरीले बोर्डलाई नियमन, प्रवद्र्धन र अनुगमनसहितको अधिकार दिनुपर्नेमा जोड दिँदै खाद्य ऐनले व्यवस्था गरेकोभन्दा कम गुणस्तरको दूध बिक्री वितरण भइरहेको भन्ने सन्दर्भमा यथासक्य चाँडो अनुगमन गरी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दुग्ध विकास संस्थानका महाप्रबन्धक डा शरणकुमार पाण्डेले दुग्ध किसान र उद्योगी प्रोत्साहित हुनेगरी किसानमुखी कार्यक्रम ल्याइएको उल्लेख गर्दै गैरव्यावसायिक र असन्तुलित तरिकाबाट उद्योग व्यवसाय सञ्चालन हुँदा किसान मारमा परेको यथार्थलाई सम्बोधन गर्नेगरी संस्थानमा काम भइरहेको जानकारी दिनुभयो ।

केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अमर कुँवरले बोर्डलाई पुनःसंरचना गरेर सशक्त र सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाल डेरी साइन्स एसोसियसनका अध्यक्ष शियारामप्रसाद सिंहले दुग्धजन्य पदार्थको दूधको ‘फ्याट’ तीन प्रतिशत र ‘एसएनएफ’ आठ आठ प्रतिशतको मापदण्ड हुनुपर्ने व्यवस्थालाई परिमार्जन गरी ‘फ्याट’ चार दशमलव पाँच प्रतिशत र ‘एसएनएफ’ नौ प्रतिशत कायम गर्नुपर्ने भनी सम्बन्धित निकायको ध्यानाकर्षण गर्नुभयो ।

नेपाल डेरी एसोसियसनका अध्यक्ष प्रह्लाद दाहाल, डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहाल र केन्द्रीय पशुपन्छी तथा मत्स्य सहकारी सङ्घका अध्यक्ष बाबुराम अधिकारीले चिया, अलैँची, कफी तथा पशुपन्छी क्षेत्रलाई समेटेर नियमन, प्रवद्र्धन र अनुगमनको अधिकारसहित राष्ट्रिय दुग्ध विकास बोर्डको पुनःसंरचना गर्नुपर्ने, दुग्धजन्य पदार्थ र चियाकफी, पशपन्छी व्यवसायमा संलग्न किसान तथा उद्योगीलाई सहुलियत दरमा ऋणको व्यवस्था हुनुपर्ने र स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

18/06/2026

भारतबाट ठूलो परिमाणमा आयात हुने, नेपालमा व्यावसायिक उत्पादन लगभग शून्य रहेको जिराको खेती गरी आर्थिक समृद्धितर्फ अघि बढौं।

🌱🌱🌱जिरा (Cumin) एक महत्वपूर्ण मसला बाली हो। यसको वैज्ञानिक नाम Cuminum cyminum हो र यो Apiaceae परिवार अन्तर्गत पर्दछ। जिराको उत्पत्ति मध्यपूर्व तथा इजिप्ट क्षेत्रमा भएको मानिन्छ। नेपालमा जिराको खेती सीमित मात्रामा भए पनि यसको माग उच्च छ र ठूलो परिमाणमा भारतबाट आयात गरिन्छ।

उपयोगिता

जिरा दैनिक भोजनमा व्यापक रूपमा प्रयोग गरिन्छ।

* तरकारी, दाल, मासु, माछा, अचार तथा विभिन्न परिकारमा मसलाको रूपमा प्रयोग।
* खानाको स्वाद र सुगन्ध बढाउँछ।
* पाचन प्रणाली सुधार गर्न सहयोगी।
* परम्परागत रूपमा पेट दुख्ने, अपच तथा रुघाखोकीमा पनि प्रयोग गरिन्छ।
* जिरामा पाइने सुगन्धित तेललाई क्युमिनाल्डिहाइड (Cuminaldehyde) भनिन्छ।

हावापानी र माटो

उपयुक्त हावापानी

* जिरा उष्ण तथा उपोष्ण क्षेत्रको बाली हो।
* सुख्खा र चिस्यान कम भएको मौसम उपयुक्त हुन्छ।
* फूल फुल्ने र दाना लाग्ने समयमा सुख्खा मौसम आवश्यक हुन्छ।
* अत्यधिक वर्षा, तुषारो तथा बढी आर्द्रता भएको स्थान उपयुक्त हुँदैन।

उपयुक्त माटो

* पानी नजम्ने राम्रो निकास भएको दोमट माटो उपयुक्त।
* माटोको pH 6–7 उपयुक्त।
* समुद्री सतहदेखि करिब 1,000 मिटर उचाइसम्म सफल खेती गर्न सकिन्छ।

सिफारिस गरिएका जातहरू

* आर.एस.–१ (Rajasthan Selection-1)
* आर.जे.–१९ (Rajasthan Jeera-19)
* Topolska
* GC–43
* GC–2
* GC–3
* YC–198

यी जातहरू सामान्यतया 110–115 दिनमा तयार हुन्छन्।

खेती गर्ने समय

* कार्तिकदेखि मंसिर महिनासम्म रोप्न उपयुक्त।
* विशेषगरी मंसिर १–२५ सम्मको अवधि राम्रो मानिन्छ।

बीउ दर

* प्रति रोपनी 600–700 ग्राम बीउ आवश्यक।
* बीउ रोप्नुअघि फफूंदनाशकद्वारा उपचार गर्नुपर्छ।
* बीउ ८ घण्टा भिजाएर छरेमा छिटो अंकुरण हुन्छ।

रोपाइँ विधि

लाइनमा रोप्दा

* लाइनदेखि लाइन दूरी: 30 से.मी.
* बोटदेखि बोट दूरी: 15 से.मी.
* बीउ 1–2 से.मी. गहिराइमा रोप्ने।

लाइनमा रोप्दा:

* सिँचाइ सजिलो हुन्छ।
* गोडमेल सहज हुन्छ।
* रोग तथा कीरा व्यवस्थापन प्रभावकारी हुन्छ।

जग्गा तयारी

* २–३ पटक जोताइ गरी माटो भुरभुरे बनाउने।
* पुराना बालीका अवशेष हटाउने।
* साना साना ब्याड तयार गर्ने।
* पानी निकासको उचित व्यवस्था गर्ने।

मलखाद व्यवस्थापन

प्रति रोपनी:

* गोठेमल वा कम्पोष्ट: 40–50 डोको
* डीएपी: 1.5 के.जी.
* युरिया: 1.5 के.जी.

युरियाको आधा भाग जग्गा तयारीमा र बाँकी आधा भाग बाली उम्रेको करिब १ महिनापछि टप ड्रेसिङ गर्नुपर्छ।

गोडमेल तथा झार नियन्त्रण

* २–३ पटक झारपात हटाउनुपर्छ।
* पहिलो गोडमेल बाली उम्रिएपछि।
* दोस्रो गोडमेल 30–40 दिनपछि।
* आवश्यकता अनुसार झारनाशक प्रयोग गर्न सकिन्छ।

सिँचाइ व्यवस्थापन

* बीउ छरेपछि तुरुन्त हल्का सिँचाइ।
* दोस्रो सिँचाइ 8–10 दिनपछि।
* त्यसपछि 30, 45, 65 र 80 दिनमा आवश्यकताअनुसार सिँचाइ।
* फूल फुल्ने तथा दाना लाग्ने समयमा सिँचाइ अनिवार्य।
* बाली पाक्न थालेपछि सिँचाइ बन्द गर्नुपर्छ।

18/06/2026

सिताराम डेरीको नयां परोडक्ट लन्च भयो
आइसक्रिम र मोही
अनाजका अध्यक्ष Kiran Acharya र सिताराम डेरीका प्रमुख सुमित केडियाले संयुक्तरूपमा प्रडोक्ट लन्च गर्नुहुँदै ।

18/06/2026

ल्वाङ (Clove) खेती प्रविधि – नेपालको सन्दर्भमा विस्तृत जानकारी 🌱🌱

उपयोगी भाग: नफुलेका फूलका कोपिला (Flower buds), जसलाई सुकाएर ल्वाङ बनाइन्छ। नेपालमा ल्वाङको व्यावसायिक खेती सीमित भए पनि उपयुक्त उष्ण तथा उपोष्ण क्षेत्रमा सम्भावना रहेको मसला बाली मानिन्छ।

१. उपयुक्त हावापानी

* तापक्रम: २०–३०°से.
* वार्षिक वर्षा: १,५००–२,५०० मि.मि.
* उच्च आर्द्रता र पानीको राम्रो निकास भएको क्षेत्र उपयुक्त हुन्छ।
* लामो समय खडेरी वा पानी जम्ने स्थान उपयुक्त हुँदैन।
* समुद्री सतहदेखि करिब ०–१,००० मिटर उचाइसम्म राम्रो उत्पादन हुन सक्छ।

२. माटो

* गहिरो, जैविक पदार्थयुक्त दोमट वा बलौटे दोमट माटो उपयुक्त हुन्छ।
* pH करिब ५.५–६.५ राम्रो मानिन्छ।
* पानी जम्ने भारी माटोबाट जोगिनुपर्छ।

३. बिरुवा उत्पादन

* प्रायः ताजा बीउबाट बिरुवा उत्पादन गरिन्छ।
* पाकेका बीउ धेरै दिन राख्दा अंकुरण क्षमता घट्ने भएकाले संकलनपछि छिट्टै रोप्नुपर्छ।
* नर्सरीमा हल्का छायाँको व्यवस्था गरी नियमित सिँचाइ गर्नुपर्छ।
* १२–१८ महिनाको स्वस्थ बिरुवा स्थायी ठाउँमा सार्न सकिन्छ।

४. जग्गा तयारी र रोपाइँ

* वर्षायाम सुरु हुनुअघि खाडल तयार गर्ने।
* ६ × ६ मिटरदेखि ८ × ८ मिटर दूरीमा रोप्दा राम्रो हुन्छ।
* प्रत्येक खाडलमा कुहिएको गोबर मल, कम्पोस्ट र माथिल्लो माटो मिसाएर भर्ने।
* रोपेपछि आवश्यक परे अस्थायी छायाँको व्यवस्था गर्नु लाभदायक हुन्छ।

५. मल व्यवस्थापन

* प्रत्येक वर्ष राम्रोसँग कुहिएको गोबर वा कम्पोस्ट मल प्रयोग गर्ने।
* बिरुवाको उमेरअनुसार नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा क्रमशः बढाउँदै लैजान सकिन्छ।
* वर्षामा मल हाल्दा माटोसँग राम्ररी मिसाउनु राम्रो हुन्छ।

६. सिँचाइ

* साना बिरुवालाई नियमित चिस्यान आवश्यक हुन्छ।
* सुख्खा मौसममा आवश्यकताअनुसार सिँचाइ गर्ने।
* पानी जम्न नदिने, किनकि जरामा क्षति पुग्न सक्छ।

७. गोडमेल र झारपात व्यवस्थापन

* वर्षमा २–३ पटक गोडमेल गर्ने।
* बिरुवाको वरिपरि झारपात हटाउने।
* पराल वा जैविक मल्च प्रयोग गर्दा चिस्यान जोगाउन मद्दत हुन्छ।

८. रोग तथा कीरा व्यवस्थापन

* पानी जम्दा जरासम्बन्धी रोगको जोखिम बढ्न सक्छ।
* हावा चल्ने र राम्रो निकास भएको स्थान छनोट गर्नुपर्छ।
* रोग लागेको हाँगा हटाउने र बगैंचालाई सफा राख्ने।
* आवश्यक परे स्थानीय कृषि प्राविधिकको सल्लाहअनुसार मात्र विषादी प्रयोग गर्ने।

९. उत्पादन सुरु हुने समय

* सामान्यतया ६–८ वर्षपछि उत्पादन सुरु हुन्छ।
* १५–२० वर्षपछि रूख पूर्ण उत्पादन क्षमतामा पुग्न सक्छ।
* राम्रो व्यवस्थापन भएमा धेरै दशकसम्म उत्पादन दिन सक्छ।

१०. टिपाइ र प्रशोधन

* फूलका कोपिला हरियोबाट हल्का गुलाबी हुने अवस्थामा टिप्नु उत्तम हुन्छ।
* हातैले सावधानीपूर्वक टिपेर सफा ठाउँमा घाममा वा नियन्त्रित तापमा सुकाइन्छ।
* राम्रोसँग सुकाएपछि गाढा खैरो र कडा बनेका कोपिलाहरू नै बजारमा बिक्री हुने ल्वाङ हुन्।

११. नेपालको सम्भावना
नेपालमा ल्वाङको खेती अझै व्यापक नभए पनि उपयुक्त उष्ण–उपोष्ण जलवायु भएका केही क्षेत्रहरूमा परीक्षण तथा व्यावसायिक विस्तारको सम्भावना देखिन्छ। नेपालका मसला बाली विकाससम्बन्धी निकायहरूले पनि उच्च मूल्यका मसला बालीहरूको प्रवर्द्धनमा जोड दिएका छन्।

सिताराम डेरी उद्योग अवलोकन गर्ने क्रममा कृषि पत्रकार ।सिताराम डेरीले ३१ वर्ष पूरा गरि ३२ औ वर्षमा प्रवेश गरेको छ । हार्द...
18/06/2026

सिताराम डेरी उद्योग अवलोकन गर्ने क्रममा कृषि पत्रकार ।
सिताराम डेरीले ३१ वर्ष पूरा गरि ३२ औ वर्षमा प्रवेश गरेको छ । हार्दिक बधाई तथा शुभकामना ।

Address

Anamnagar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Association of Nepali Agricultural Journalists - ANAJ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Association of Nepali Agricultural Journalists - ANAJ:

Share