शेर्पा संघ बागमती Sherpa Association Bagmati

  • Home
  • Nepal
  • Kathmandu
  • शेर्पा संघ बागमती Sherpa Association Bagmati

शेर्पा संघ बागमती Sherpa Association Bagmati Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from शेर्पा संघ बागमती Sherpa Association Bagmati, Community Organization, Kathmandu.

19/03/2026
16/03/2026

समानुपातिकतर्फबाट प्रतिनिधि सभामा १ जना शेर्पा प्रतिनिधि चयन

गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट प्रत्यक्षतर्फ कुनै पनि शेर्पा उम्मेदवार निर्वाचित हुन नसकेको अवस्थामा समानुपातिकतर्फबाट भने १ जना शेर्पा प्रतिनिधि संसदमा प्रवेश गर्न सफल भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) को समानुपातिक सूचीबाट पर्वतारोही मिङ्मा शेर्पा (डेभिड) प्रतिनिधि सभामा चयन भएका हुन्।

समानुपातिकतर्फको यो प्रतिनिधित्वलाई शेर्पा समुदायका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यसले संघीय संसदमा हिमाली तथा आदिवासी जनजाति समुदायको आवाज उठाउने अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

नवनिर्वाचित सदस्य शेर्पाले संसदमा समावेशी प्रतिनिधित्व, सुशासन, सामाजिक न्याय तथा देशको समग्र हितका विषयमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ। विशेषगरी हिमाली क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा भाषा–संस्कृति संरक्षणका मुद्दा प्रभावकारी रूपमा उठ्ने विश्वास व्यक्त गरिएको छ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when शेर्पा संघ बागमती Sherpa Association Bagmati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share