YakkhaRen - Nepal Indigenous peoples' Yakkha Organization - NIYO

YakkhaRen - Nepal Indigenous peoples' Yakkha Organization - NIYO Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from YakkhaRen - Nepal Indigenous peoples' Yakkha Organization - NIYO, Nonprofit Organization, Kathmandu.

नेपाल आदिवासी याक्खा संघ (NIYO), याक्खा जाति, याक्खा भाषा, लिपी, संस्कृतिको संरक्षण, सम्बर्द्धन र बिकासका लागि (बि.स.२०५७/११/१० अर्थात फेब्रुअरी २१, २००१ मा स्थापना) आधिकारिक, अविछिन्न, उत्तराधिकारवाला, स्वतन्त्र, स्वशासित एवं संगठित सामाजिक संस्था हो ।

https://www.facebook.com/share/p/1ABWsveZy3/
22/02/2025

https://www.facebook.com/share/p/1ABWsveZy3/

संखुवासभा । “नेपाल आदिवासी याक्खा संघको चाहना,याक्खारेन संरक्षित स्वायत्त क्षेत्रको स्थापना” भन्ने मूल नाराका ...

**** हार्दिक शुभकामना ****आज २१ फेब्रुअरी २०२५ (बि.स.२०८१ साल फागुन ९ गते) नेपाल आदिवासी याक्खा संघको स्थापना उत्सव एवं ...
21/02/2025

**** हार्दिक शुभकामना ****
आज २१ फेब्रुअरी २०२५ (बि.स.२०८१ साल फागुन ९ गते) नेपाल आदिवासी याक्खा संघको स्थापना उत्सव एवं "रजत जयन्ती"को अवसरमा स्वदेश तथा बिदेशमा बसोबास गर्नु हुने याक्खा जाति, याक्खा भाषी, याक्खा संस्कार संस्कृतिका अनुयायी लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

बहुजाति, बहुभाषी, बहुसंस्कृति, बहुधर्मी बसोबास भएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भित्रका अल्पसंख्यक रुपमा रहेका आदिवासी याक्खा जातिको पहिचान स्थापनाका लागि याक्खा भाषा, संस्कृतिको संरक्षण सम्बर्द्धन गर्न बि. स. २०५७ सालमा स्थापना भएको नेपाल आदिवासी याक्खा संघ आज २४औ बर्ष पूरा गरी २५औ बर्षमा प्रवेश गरेको छ |

याक्खा संघको स्थापना संगसंगै नेपाल सरकार आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ को अनुसूचिमा याक्खाजातिलाई सूचिकृत गराउन प्रमुख भूमिका निर्वाह गर्नुहुने संस्थाका संस्थापक केन्द्रीय अध्यक्षज्यू एवं संस्थापकज्यूहरू, राष्ट्रिय जनगणना २०५८, २०६८ र २०७८ मा आफ्नो जाति/भाषाको महलमा याक्खा उल्लेख गराउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरू, याक्खा भाषाको संरक्षण सम्बर्द्धन र बिकासका लागि सहयोग गर्ने नेपाल सरकार शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्र, जिल्ला शिक्षा अधिकारीज्यूहरू, बिद्यालय ब्यबस्थापन समितिहरू, शिक्षक/शिक्षिकाहरू लगायत याक्खा भाषाको संरक्षण, सम्बर्द्धनका लागि Indigenous Telivision, I TV नेपाल र गोरखापत्र संस्थान लगायत सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद सहित आभार ब्यक्त गर्दछु |

यसको साथसाथै आगामी दिनमा पनि यहाँहरूको साथ, समर्थन र सहयोगको निरन्तर अपेक्षा राख्दै याक्खा पहिचानलाई स्थापित गर्ने अभियानमा सम्पूर्ण याक्खा जाति/याक्खा भाषीहरूको एक्यबद्दता हुने कुरामा पूर्ण विश्वास लिएको छु।

अन्तमा : आज २१ फेब्रुअरी अन्तराष्ट्रिय मातृ भाषा दिवसको अवसरमा सम्पूर्ण भाषा प्रेमिहरूमा आफ्नो पुर्खौली पितृ/मातृ भाषाको प्रयोग (बोल-चाल) गर्नमा प्रेरणा प्राप्त होस् भन्ने पनि हार्दिक शुभकामना ब्यक्त गर्दछु | धन्यवाद ।

जितेन्द्र देवान कोङरेन
अध्यक्ष- नेपाल आदिवासी याक्खा संघ, केन्द्रीय कार्यालय काठमाडौ |

20/02/2025

***** हार्दिक निमन्त्रणा *****
"नेपाल आदिवासी याक्खा संघको चाहना ।
याक्खारेन संरक्षित स्वायत्त क्षेत्रको स्थापना ।।"
भन्ने मूल नाराका साथ यही २०८१ फागुन ९ र १० गते नेपाल आदिवासी याक्खा संघको २५ औं स्थापना दिवस एवं "रजत जयन्ती" आदिवासी याक्खा जातिको उदगमस्थल मूलथलो ऐतिहासिक दशलिम्बुवान सत्रथुम मध्येको दशमझिया थुम हालको धर्मदेबि नगरपालिका वडा न• ३ मुडेशनिसरे(चापे) बजारको सामुदायिक भवनमा समय बिहान १०.०० बजे उद्घाटन समारोह कार्यक्रमको आयोजना गरिएकोले सम्पूर्ण याक्खावा/याक्खामा दाजुभाइ तथा दिदिबहिनीहरू लगायत शुभेच्छुक सबैलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।

बिमला राई कोङरेन
महासचिव

कार्यक्रमको तालिका-
१. २०८१ फागुन ९ गते शुक्रवार बिहान १०.०० बजे सामुदायिक भवनमा उद्घाटन एवं सम्मान कार्यक्रम ।

२. २०८१ फागुन १० गते शनिबार बिहान १०.०० बजे याक्खारेन स्वायत्त क्षेत्रको बारेमा कार्यपत्र प्रस्तूत एवं छ्लफल, याक्खा भाषाको बिकासमा देखिएका चुनौति बिषयमा अन्तरक्रियात्मक छलफल, याक्खा संस्कार र संस्कृति बिषयमा अन्तरक्रियात्मक छलफल आदि ।

२०८१ भदौ २८ गते शुक्रबार गोरखापत्रमा याक्खा भाषा, संस्कार, संस्कृतिको संरक्षण, सम्बर्द्धन र बिकासका लागि प्रकाशित समाचार...
15/09/2024

२०८१ भदौ २८ गते शुक्रबार गोरखापत्रमा याक्खा भाषा, संस्कार, संस्कृतिको संरक्षण, सम्बर्द्धन र बिकासका लागि प्रकाशित समाचार ।

Address

Kathmandu
44600

Telephone

+97714246780

Website

Alerts

Be the first to know and let us send you an email when YakkhaRen - Nepal Indigenous peoples' Yakkha Organization - NIYO posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to YakkhaRen - Nepal Indigenous peoples' Yakkha Organization - NIYO:

Share