Kathmandu Animal Save

Kathmandu Animal Save Animal Advocacy Organization: Bringing Suffering of Farmed Animals to Public. Not a Rescue Group.
(1)

जनावरहरूका लागि आयोजित अनलाइन कला प्रतियोगिताको फारम आधिकारिक रूपमा बन्द भएको छ! 🚨तपाईंको कला (Artwork) पठाउने अन्तिम मि...
15/08/2026

जनावरहरूका लागि आयोजित अनलाइन कला प्रतियोगिताको फारम आधिकारिक रूपमा बन्द भएको छ! 🚨

तपाईंको कला (Artwork) पठाउने अन्तिम मिति भदौ १६ (सेप्टेम्बर १)सम्म मात्र रहेको कुरा स्मरण गराउन चाहन्छौँ। यदि हाम्रो समूहको कुनै सदस्यले अहिलेसम्म तपाईंसँग सम्पर्क गर्नुभएको छैन भने, कृपया हामीलाई DM गर्नुहोस्!

सहभागिताका लागि सबैलाई हार्दिक धन्यवाद! हामी तपाईंको चित्रकलाको प्रतीक्षामा छौँ!✨

‘पशु नैतिकता’ (Animal Ethics) प्रस्तुतिबाट विद्यार्थीहरूका विचार! ✨हिजो हामीले हिमशिला बोर्डिङ स्कुलका ५२ जना विद्यार्थी...
14/08/2026

‘पशु नैतिकता’ (Animal Ethics) प्रस्तुतिबाट विद्यार्थीहरूका विचार! ✨

हिजो हामीले हिमशिला बोर्डिङ स्कुलका ५२ जना विद्यार्थीहरू माझ विद्यालय स्तरको प्रस्तुति सम्पन्न गर्यौँ। कार्यक्रम पश्चात् विद्यार्थीहरूबाट प्राप्त विचार र प्रतिक्रियाहरू एकदमै अर्थपूर्ण र प्रेरणादायी थिए! उनीहरूले दिएका प्रतिक्रियाहरूमध्ये हामीलाई असाध्यै मन परेका केही उत्कृष्ट उत्तरहरू यहाँ प्रस्तुत गरेका छौँ।

हिमशिला बोर्डिङ स्कुलमा विद्यालय स्तरको सचेतना कार्यक्रम! ✨आज हामीले हिमशिला बोर्डिङ स्कुल पुगेर कक्षा ८ देखि १० सम्मका ...
13/08/2026

हिमशिला बोर्डिङ स्कुलमा विद्यालय स्तरको सचेतना कार्यक्रम! ✨

आज हामीले हिमशिला बोर्डिङ स्कुल पुगेर कक्षा ८ देखि १० सम्मका ५२ विद्यार्थीहरू माझ ‘पशु नैतिकता’ (Animal Ethics) विषयमा एक अन्तरक्रियात्मक प्रस्तुति सम्पन्न गर्‍यौ।

छलफलका क्रममा विद्यार्थीहरूको उत्साह देख्न पाउँदा र उनीहरूका महत्त्वपूर्ण अनुभव तथा प्रतिक्रियाहरू पढ्न पाउँदा हामी ज्यादै उत्साहित भएका छौँ। कार्यक्रम पश्चात् विद्यार्थीहरूलाई Vegan Food and Beverage Production House द्वारा तयार पारिएको सेईटन (Seitan) को स्वाद चखाउँदै वनस्पति-आधारित भोजनको प्रत्यक्ष अनुभव पनि गराइयो।

हामीलाई यो अवसर प्रदान गर्नुभएकोमा हिमशिला बोर्डिङ स्कुलका प्रिन्सिपल राजकुमार बोगटीज्यू, शिक्षक-शिक्षिका, कर्मचारी वर्ग तथा सम्पूर्ण उत्साही विद्यार्थीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ! 🙏

विद्यार्थीहरूको प्रस्तुतीबाट सिकेका केही reviews भोलि share गर्नेछौँ।

11/08/2026

🎨 कलाकार साथीहरू, चित्रकला बुझाउने अन्तिम मिति नजिकिँदै छ है!

यदि तपाईंले Online Art Competition for Animals मा दर्ता गर्नु भएको छ भने, आफ्नो जनावरहरूप्रतिको माया कलामार्फत प्रस्तुत गर्ने यो मौकालाई रमाइलोसँग अघि बढाइरहनुभएको होला भन्ने आशा छ। 🐾❤️

आफ्नो चित्रकला तयार भएपछि यहाँ बुझाउन सक्नुहुन्छ:
📍 Vegan House Cafe & Restaurant, Jhamshikhel, Lalitpur
🗓️ अन्तिम मिति: सेप्टेम्बर १, २०२६ (भाद्र १६, २०८३)

तपाईंको हरेक चित्रकला जनावरहरूका लागि अझ दयालु संसार निर्माण गर्ने एउटा सानो कदम हो। 🐄🐕🐖🐐

यस वर्ष, आफ्नो कलामार्फत जनावरहरूको कथा सुनाएर उनीहरूप्रतिको माया देखाउनुहोस्। ❤️गत वर्ष, धेरै प्रतिभाशाली कलाकारहरूले आ...
05/08/2026

यस वर्ष, आफ्नो कलामार्फत जनावरहरूको कथा सुनाएर उनीहरूप्रतिको माया देखाउनुहोस्। ❤️

गत वर्ष, धेरै प्रतिभाशाली कलाकारहरूले आफ्नो सिर्जनशीलता प्रयोग गरेर जनावरको आवाज बने। उनीहरूको करुणा, प्रतिभा र समर्थनप्रति हामी अत्यन्त आभारी छौं। यहाँ उनीहरूले बनाएका प्रेरणादायी कलाकृतिहरू छन्:

👉 No Longer in a Cage by Dixya Sharma Poudel
👉 Resistance Story of a Sea Turtle by Prajita Maharjan
👉 Circle of Exploitation by Sneha Karki
👉 Silent Tears of the Rhino by Roja Prajapati
👉 Bound Majesty by Snigdha Chaudhary
👉 The Sacred and the Silenced by Reeta Sharma
👉 Millions Suffer in Silence by Abishek Thapa
👉 The Price of Taste by Rupa Suwal
👉 Fallen from Freedom by Pranisha Maharjan
👉 Silent Suffering by Pooja Rai
👉 Commodity of Suffering by Raj Maharjan
👉 Withering by Rujul Shakya
👉 Beyond the Bars by Sanjita Bhusal
👉 A World Without Fear by Manoj Shrestha
👉 Trapped Grace by Ashmita Baniya
👉 In the Name of Peace by Suhana Rana
👉 World of Liberation of Animals by Barsha Maharjan
👉 A Silent Cry by Asmita Shah
👉 Echoes of a Fading Earth by Sumi Baniya
👉 Too Much Extraction by Supriya Rai

अब तपाईंको पालो।
हाम्रो अनलाइन आर्ट प्रतियोगितामा सहभागी हुनुहोस् र आफ्नो कलामार्फत करुणा फैलाउँदै जनावरहरूको लागि अझ करूणामय संसार बनाउनुहोस्।

🗓️ दर्ता बन्द हुने मिति: साउन ३०
🎨 कलाकृति बुझाउने अन्तिम मिति: भदै १६

📲 हाम्रो यो लिंक मार्फत दर्ता फारम भर्नुहोस्।
https://docs.google.com/forms/d/e/1FAIpQLSerw0tGOcLPN8eWuXAhGNbZFDUW_eiBBqBbi8KTB2KNaBqseQ/viewform?usp=header

Registration for the Kindness Bhanchha Challenge is closed! 🚫A massive thank you to everyone who signed up to embrace tr...
01/08/2026

Registration for the Kindness Bhanchha Challenge is closed! 🚫

A massive thank you to everyone who signed up to embrace true Ahimsa and go plant-based this Shrawan! We are amazed by your incredible response and enthusiasm. 💚
You can still follow along with the movement. Keep an eye on our stories daily to get inspired by the mouth-watering, cruelty-free creations our participants are sharing! 🍽️

Let’s keep cooking with love and spreading compassion together!

श्रावण १५ को हार्दिक शुभकामना! 💚तपाईंहरूमध्ये धेरैलाई लाग्न सक्छ: पूर्ण शाकाहारी (Vegans) हरूले गाई वा भैँसीको दूध किन ख...
31/07/2026

श्रावण १५ को हार्दिक शुभकामना! 💚

तपाईंहरूमध्ये धेरैलाई लाग्न सक्छ: पूर्ण शाकाहारी (Vegans) हरूले गाई वा भैँसीको दूध किन खाँदैनन्? आखिर दूधमा हिंसा नै के छ र? यो सबै हामीले दूधलाई हेर्ने दृष्टिकोणमा भर पर्छ। दूधका लागि गाई-भैँसीको प्रयोग गर्नु भनेको उनीहरूको शरीरलाई दूध उत्पादन गर्ने मेसिन सरह मान्नु हो। गाई र भैँसीहरू पनि चेतना भएका जीव हुन्। उनीहरूले पनि माया, पीडा र दुःख महसुस गर्छन्। उनीहरूले उत्पादन गर्ने दूध उनीहरूका बालबच्चाको पोषणको लागि हो, हाम्रा लागि होइन। त्यसैले, अर्को प्रजातिको दूध हामीले किन पिउने? जबकी हामीसँग स्वादिष्ट र पौष्टिक वनस्पतिमा आधारित (Plant-based) धेरै विकल्पहरू उपलब्ध छन्!

👉 यस विषयलाई अझ गहिराइबाट बुझ्नका लागि, हामी युट्युबमा उपलब्ध हिन्दी वृत्तचित्र "माँ का दूध" (Maa Ka Doodh) https://youtu.be/XhTOLeevtQw?si=NF7RCT0syJo2UG3e हेर्न सिफारिस गर्दछौँ।

भोलि यतातिर है त!
30/07/2026

भोलि यतातिर है त!

Reading all your kind comments, messages, and well-wishes for Loving Heart has deeply warmed our hearts. Your overwhelming love and support only deepens our resolve to come back stronger than ever! Thank you from the bottom of our hearts! 💚

As a small token of our gratitude, we want to celebrate Shrawan 15 (this Friday) with all of you! We will be offering 20% OFF on our entire menu for the whole day!

Since it's also 'खिर खाने दिन' Come by, share a warm bowl of Kheer, enjoy your favorite plant-based comfort dishes made with love.

🗓️ When: Friday, Shrawan 15
📍 Where: Loving Heart Vegan Restaurant
🎁 Special: 20% OFF All Menu Items

29/07/2026

Keshu र म सँगै करुणामय यात्रामा लाग्नुहोस्! ❤️

हामीले पकाउने र खाने कुराले कुनै पनि प्राणीलाई हानि नपुगोस्। केसु जस्तै हरेक जनावर माया र सुरक्षाका हकदार छन्, हैन र? त्यसैले आफ्नो भान्सामा साँचो अहिंसा भित्र्याउन आजै 'काइंडनेस भान्छा च्यालेन्ज' मा दर्ता गर्नुहोस्। दर्ता प्रक्रिया आउँदो साउन १५ (July 31) मा बन्द हुँदैछ! ⏳

👉 अहिले नै दर्ता गर्नुहोस्: https://forms.gle/1vAQtJDqPSz4MHs4A!

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Kathmandu Animal Save posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Kathmandu Animal Save:

Shortcuts

Share